आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

– लक्ष्मी खतिवडा

धरान उपमहानगरपालिका वडा नम्बर- ६, साबिक पाॅचकन्या गाबिस वडा नम्बर-३ मा एउटा सामान्य मध्यमवर्गीय परिवारमा जन्मेको हुँ म। ६ दिदीबहिनी र एक दाजु मध्येको सन्तानमा ६ नम्बर। गाँउले परिवेश खेतिपाती र बस्तुभाउ। गाउकै प्रस्तावित माध्यामिक बिध्यालयबाट एसएलसी सकेर ।कानूनमा स्नातक अनि राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर। केटाकेटीदेखि नै राजनितीक चेत र चस्का पसेको थियो। समाजसेबा भनेको के हो ? थाहा थिएन।

गाउँमा कृषिकर्मका निम्ति पशुपालन अनिवार्य थियो। त्यो बेला गाॅउमा पानीको अभाव थियो । गाउँमा हुने झगडाको मुख्य जड नै पानीका निम्ति थारा या पधेरामा हुन्थ्यो। मान्छेका निम्ति त्यत्ति अभाव हुने पानी पशुका निम्ति त झन कठिन हुने नै भो।बस्तुभाउलाइ पानी खुबाउन साना तिना आहालहरू थिएँ अनि एउटा साघुरो टप ( शायद टब अपभ्रंश भएर टप भएको थियो) थियो गर्मीले धाॅपिएर आएका पशु टपको बरिपरीको हिलो र ढुङ्गामा परेर घाइते पनि हुने गर्थे ।त्यो सबै देखेर मेरो आमाको मन के ले छोयो होला, हामी गोबरले लिपेको भान्छामा भात खान्थ्यौ तर बहाॅले आफ्नै ब्यक्तिगत खर्चमा लिम्बुचौरी भन्ने ठाउँमा गोलाकार ठुलो टप बनाउनु भयो गोलाकार किन भने सबै तिरबाट पशुहरूले पानी खान पाउन जेरमा धापिएर आएका पशुहरूको एकआपसको ठेलमठेलले अर्को दुर्घटना नहोस भन्ने सोच थियो आमाको।

साल याद छैन मलाइ, त्यतिबेला यो कुरालाइ त्यति धेरै गम्भिरताका साथ लिएकी पनि थिईन मैले। गाउँमा अर्मपर्म खाॅचोगार्हो टार्ने चलन थियो कतिले बिना तमसुक साधारण ब्याजमा सापटी ऋण पनि लिन्थे र अभर परेका कैयौंको ब्याज र कतिको साबाॅ नै पनि मिनाहा गर्नु हुन्थ्यो आमाले,यो सबैको हेक्का चै मलाइ किन भो भने लेनदेनको बहिखाताको हिसाब मै राख्थे । आमा अलिक कडा बोल्ने र न्याय अन्याय छुट्याएर बोल्ने मान्छे हुनुहुन्यो। आमा भन्नु हुन्थ्यो – “एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस, गोप्य दान महादान हो।”

आमामा प्रचुर रहेको सामाजिक भावना र मानविय सहयोगको त्यो पाटोले मलाइ पनि बेला न कुबेला चिमोटी रहन्छ। मसगॅ दिन या सहयोग गर्न त केहि छैन, तर मसगॅ जे छ त्यो सकेसम्म बाँड्नु पर्छ भन्ने भावना राम्रैसगॅ गढेको छ हृदयमा। त्यसैले त साथी भाइका सुख दुखमा साथ रहने यत्न गर्छु। गर्व पनि गर्छु, अरुबेला नसम्झनेहरूले पनि अफ्ठ्यारो पर्दा मलाइ नै सम्झन्छन।के कति गरे या गर्न सके थाहा छैन, तर दुखमा खोजिन पाउँदा भने ऑफुलाइ धन्य ठान्छु।

सामाजिक अभियानको मेरो हुटहुटीमा मलाइ सॅधै साथ दिने डा सरिता पाण्डे, मेरो प्यारी दिदी बिष्णु कुमारी गुरुङ ,अर्की प्यारी दिदी सुस्मा राइ ,प्यारी साथी सुस्मा भट्ट , सबिता सिलवाल ,प्यारी बहिनीहरू सिता भट्ट, गिरि उष्म , ममता तामांग योन्जन, राधिका कटुवाल, माया तामांग, जयन्ती पाठक, संगीता पाण्डे, प्यारा भाइहरू हरि सिंह धामी, सुदिप , जिबन राउत , हिमाल खवास ,प्रवेश लामिछाने ,प्रकाश बर्तौला ,आर बी श्रेष्ठ सहित सबै भाइहरू र बहिनीहरूलाइ धेरै धेरै धन्यबाद। बिशेष धन्यबाद वकिलका नेता प्रिय भ्राता सुनिल पोखरेल ज्युलाइ।

यो महामारीमा मेरो खोजी गर्ने मलाइ माया गर्ने साथीहरूले मलाइ गरेको सहयोग मैले ऑफुसगॅ मात्रै राखिन, मेरो नजरमा परेकाहरूसगॅ शेयर गरे। ढिलो छिटो यो अफ्ठ्यारोबाट त हामी पार पाउनेछौ।तर मान्छे चिन्ने यो मौका जुन हामीलाइ नियतीले दिएको छ त्यसलाइ अबसरको रूपमा पनि उपयोग गर्नेछौ। याद गरौ आज हाम्रो हात माथि होला त्यसैले हामी फोटो खिच्दै छौ तर के हामी त्यतिबेला पनि फोटो खिच्ने छौ जतिबेला हाम्रो हात तल हुनेछ? त्यसैले फोटो खिच्ने जिम्मा र कस कसलाइ सहयोग गर्यौ भन्ने कुराको जिम्मा उही उपरबालेलाइ छोड्दै सॅधैको साथको निम्ति प्रिय मन्दिरा सिलवालजी लाइ अनेकानेक धन्यबाद दिन्छु। सबैमा माया र शुभेच्छा।

(महिला तथा तरुण नेत्री खतिवडा नेपाली कांग्रेस महासमिति सदस्य समेत हुनुहुन्छ)

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com