४५ वर्षपछि भारत र चीनको सीमामा भिडन्त: २० भारतीय सैनिकको मृत्यु

बिदाका गोर्खा सैनिकलाई काममा बोलाइयो

नयाँ दिल्ली। भारतीय र चिनियाँ विदेश मन्त्रीले सीमा क्षेत्रमा दुबै देशका सेनाबीच भएको भिडन्तको घटनामा एक अर्काको विरोध जनाएका छन् । सोमबार साँझ लद्दाखसँग जोडिएको गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको थियो । उक्त भिडन्तमा ज्यान गुमाउनेमा भारतीय सेनाको गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत कोही पनि नेपाली नरहेको जनाइएको छ।

बीबीसीका अनुसार टेलिफोन सम्वादको क्रममा भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले आफ्ना चिनियाँ समकक्षी समक्ष चीनले भारतीय भूमिमा पूर्बाधार निर्माण गरेको दाबी गरे। चिनियाँ विदेशमन्त्री याङ यीले भारतीय सेनाले पहिले आक्रमण गरेको दाबी गरे। तर दुबैजनाले भने स्थितिलाई अझै तनाबमय बनाउन नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विवादित सीमा क्षेत्रमा पछिल्लो ४५ वर्षमा सैन्य क्षति नै हुनेगरी यो पहिलो भिडन्त हो । सैन्य हतियार बन्दूक प्रयोग नगरिएपनि भिडन्तको क्रममा लठी र धातुजन्य हतियारको प्रयोग गरिएको थियो । चीनले क्षतिको बिवरण खुलाएको छैन्। तर अर्कोतिर अझै केही भारतीय सेना हराइरहेको भारतीय पक्षले बताएको छ।

बुधबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनाको निधन ब्यर्थ नजाने बताएका छन्। टेलिभिजन सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले भारत शान्ती चाहेको तर उक्साइए जस्तोसुकै परिस्थितिमा सही जवाब फर्काउन सक्षम रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, “हामीले सधैँ मतभेद विवाद नबनोस् भनेर प्रयास गर्‍यौँ। हामी कहिल्यै पनि कसैलाई उक्साउँदैनौँ। तर हामी आफ्नो देशको अखण्डता र सम्प्रभुतासँग सम्झौता पनि गर्न सक्दैनौँ। समय आएको बेला हामीले देशको अखण्डता र सम्प्रभुता रक्षा गर्नका लागि आफ्नो शक्तिको प्रदर्शन गरेका छौँ।”

दुई विदेशमन्त्रीबीचको टेलिफोन सम्वादपछि जारी गरिएको भारत सरकारको वक्तब्यमा चिनियाँ सेना भारतीय भूमिमा पूर्बाधार निर्माण गरेको दाबी गरेको छ । उसले चिनियाँ पक्षले योजना बनाएर नै भिडन्त गरेको दाबी गर्नुका साथै चीनलाई सही कदम चाल्न जोड दिएको छ । वक्तब्यमा दुबैजनाले तनाब बढाउने कुनै कार्य गर्न नहुने निचोड निस्केको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भने सम्वाद्को क्रममा घटनाको छानबीन गरी दोषी भारतीय सेनामाथि कारबाहीको माँग गरिएको बताए । उनले उक्साउने कुनै पनि गतिबिधि नगर्न पनि जोड दिएका छन् ।

बिदामा रहेका गोर्खा सैनिकलाई तत्काल काममा बोलाइयो

यसैबीच भारतले नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई तत्काल हाजिर हुन बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा लद्दाकमा चीनसंग विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई हाजिर हुने बोलाएको हो ।

भारतले नेपालमा रहेको गोर्खा रेजिमेन्टका सैनिकहरुलाई हाजिर हुन आदेश गरेपछि सोमबार रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार केही दिनयता भारतीय सेनामा भर्ती भएका नेपालीहरु भारत जाने क्रम बढेको छ । दुई दिनदेखि गोर्खाली सेना नेपालबाट भारत प्रवेश गर्न थालेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन् । नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ भएको थियो ।

भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा अत्याधिक मात्रामा कार्यरत छन्

भर्खरै

Archives

छुटाउनुभयो कि?

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

Mobile Sliding Menu

Himalayamail.com