मेरो घर बिशाल थियोे!

बालकृष्ण दाहाल

उहिले,
हात्तिसार पढ्दा,
बिजयपुर, धरानमा,
मैले सानो घर किनेको थिएँ,
रु ३०० मा!

मेरो घर विशाल थियो,
ठूलो थियो त्यो,
घर एक कोठाको थियो,
तर,
बैठक कोठा छुट्टै थियोे,
डाइनिंग छुट्टै थियो,
किचन छुट्टै थियोे,
पाहुना घर छुट्टै थियो!
मेरो घर बिशाल थियो,
मैले सिरकलाई पट्ट्याएर,
खाटलाई सोफा बनाउँथें!
पत्रीका ओछ्याएर टेबल बनाउँथें,
चखटीलाई तानेर,
कुर्सी बनाउँथें!

एक कुनामा ठूलो किचन थियोे मेरो,
सुनको चुला थियो–पितलको स्टाेभ,
चाँदिको र्याग थियोे–बिस्कुटको कार्टुन,
त्यो किचन,
आजको भन्दा बिशाल थियो!

पाहुना सुताउँने,
छुट्टै कोठा थियो मेरो,
मायाले ओतप्रोत भएर,
पाहुना म सँग सुत्थे,
म पाहुना सँग सुत्थें,
तन्नालाई गलैंचा बनाएर,
भुइँमा !
मेरो घर विशाल थियो,

म महिनै पिछछे,
त्यो घर किन्थें,
म त्यो बेला धनी थिएँ,
त्यो एक कोठाको घर,
आजको भन्दा बिराट थियोे, सुन्दर थियो र अग्लो थियो!

उहिले,
हात्तिसार पढ्दा,
बिजयपुर, धरानमा,
मैले सानो घर किनेको थिएँ,
रु ३०० मा!

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com