नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई निर्वाचित भएका छन्। नेपालका तर्फबाट राष्ट्रसङ्घका स्थायी प्रतिनिधि राई सो पदमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्।

संयुक्त राष्ट्रसङ्घस्थित नेपाली नियाेगले जारी गरेको बिज्ञप्ति अनुसार राष्ट्रसङ्घको अमेरिकाकाे न्यूयोर्कमा जारी महासभाको ७५ औँ सत्रअन्तर्गत भएको निर्वाचनमा आर्थिक तथा वित्तीय समितिको अध्यक्ष पदमा राई निर्वाचित भएका हुन्। बिहीबार भएको निर्वाचनमा सर्वसम्मत रुपमा निर्वाचित भएको उल्लेख छ। राष्ट्रसङ्घका छ वटा समितिमध्येको यो एक भएकाले यसको भूमिका महत्वपूर्ण हुने र यसको कार्यकाल एक वर्ष हुने बताइएको छ। यो समिति संयुक्त राष्ट्रसङ्घको ६ वटा मुख्य समितिमध्ये एक हो । त्यसमध्ये दोस्रो समितिमा नेपालले नेतृत्वको मौका पाएको हो । यसले विशेष गरी विश्वको समग्र अन्तर्राष्ट्रिय विकाससँग जोडिएका विविध गतिविधिसँग सम्बन्धित रहेर काम गर्छ ।

बिज्ञप्तिमा यस समितिले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि आर्थिक सहयोग, भूमण्डलीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि आईसीटी, मौसम परिवर्तन, प्रकोपजस्ता वैश्विक वित्तीय र आर्थिक मामिलासम्बन्धी काम गर्छ । विकासशील, अतिकम विकसित तथा साना टापु राष्ट्रजस्ता देशहहरूले सामना गरिरहेका विकासका विभिन्न मुद्दाहरूमा पनि यसले काम गर्छ । यो अवसर नेपालको लागि पहिलो पटक हो । पछिल्ला वर्षहरूमा नेपाल विभिन्न बहुपक्षीय मञ्च तथा विभिन्न जिम्मेवारीहरू सहितको प्रक्रियामा सक्रिय रहेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको काममा थप योगदान पुर्याएर नेपालले आफ्नो सकारात्मक भूमिकालाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने महत्वपूर्ण अवसर रहेको विज्ञप्तिमा जनाएको छ । साथै एसिया प्यासिफिक समूह (एपीजी) का सदस्यहरूले नेपालका स्थायी प्रतिनिधि राईलाई समर्थन गरेकोमा र सबै सदस्य राष्ट्रहरूप्रति नेपालमा उनीहरूको विश्वास र विश्वास पुनःस्थापना गरेकोमा नेपाल कृतज्ञ रहेको राष्ट्रका लागि नेपाली नियोगले विज्ञप्तमिा उल्लेख गरेको छ ।

राई मार्च २०१९ देखि नेपालको स्थायी प्रतिनिधिको रूपमा न्युयोर्कमा कार्यरत छन् । यसभन्दा पहिले दक्षिण अफ्रिकामा नेपालका राजदूत र नेपालको विदेश मन्त्रालयका सहसचिवको रूपमा कार्यरत थिए । संयुक्त राष्ट्रसङ्घको ६ वटा समितिमध्ये पाँचौ समितिमा सन् २०१४ मा नेपालका दुर्गा भट्टराईले नेतृत्व गरेका थिए। त्यस अघि पररास्ट्र मन्त्रालयका पूर्व सचिब एबम संयुक्त राष्ट्रसङ्घको लागि नेपालको स्थायी प्रतिनिधि मुरारीराज शर्माले पनि एक समितिको नेतृत्व गरेका थिए। पछि बेलायतका लागि नेपाली राजदुत समेत भएका शर्माको केहि महिना पहिले बेलायतमै निधन भएको थियो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com