फान यूकेद्वारा एक लाख सहयोग , सबैलाई धन्यबाद

लण्डन। नेपाल चलचित्र कलाकार संघ (फान) यूकेले कोरोना र लकडाउनका कारण नेपालमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको छ। फान यूकेले एक बिज्ञप्ति मार्फत करिब १ लाख भन्दा बढी आर्थिक सहयोग फानको नेपालस्थित केन्द्रिय कार्यालयमा पठाएको र केन्द्रिय अध्यक्ष कलाकार रबिन्द्र खड्काले समेत यूके शाखालाई धन्यबाद ज्ञापन गरेको जनाएको छ।

फान युके अध्यक्ष रोमियन लिम्बू केसीद्वारा जारि बिज्ञप्तिमा भनिएको छ – “सधै सल्लाह सुझाब अनि साथ दिनु हुने चलचित्र कलाकार संघ युकेका सम्पुर्ण पदाधिकारीहरुमा म आफू अध्यक्ष भएको नाताले हृदय बाटै धन्यवाद दिन चहान्छु। अहिले सन्सार भरी नै कोभिड-१९ को कारण महामारी भएको अवस्थामा केन्द्रमा चलचित्र कलाकार संघ युकेका पदाधिकारीहरु बाट मात्र सहयोग गर्ने उदेश्य राखेको थीयौ तर यसमा अझ विभिन्न सस्थाका पदाधिकारीहरुले पनि हामीलाई साथ दिई एक लाख पाँच हजार सात सय अर्तिस रुपैयाँ जम्मा गर्न मदत उत्त्साह दिनु भएको छ ,वहाहरु सम्पूर्णमा नेपाल चलचित्र कलाकार संघ युके हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।”

सहयोग गर्नेहरुमा सल्लाहकारहरु काउन्सिलर -प्रबेश केशी ,ब्यवसायी -प्रशान्त थापा , नेपाल प्रेस युनियनका यूके अध्यक्ष- बिपिन निरौला , किरात याक्थुङ चुम्लुङ युके सल्लाहकार -नर कुमारी वनेम ,नेपाल पत्रकार महासंघ युके महासचिव -सन्जय कन्डेल ,मंगेना चुम्लुङ युके अध्यक्ष -कमला लिम्बू ,गुल्मी समाजका सल्लाहकार- गोकर्ण बस्नेत ,मोना युके का सद्स्य रबिन मगर र तारा गर्बुजा तथा लन्डननेपालन्युजका निर्देशक एबम पत्रकार महासंघ युके सचिव शिव भन्डारी।

साथै चलचित्र कलाकार संघ युके का पधादिकारीहरु उपाध्यक्ष – सुरेश राज पाठक र ध्रुब दत्त ,महासचिव – रितेस चाम्स ,सचिब – सृजना निङ्लेकु लिम्बू कोषाध्यक्ष – इन्दु लिम्बू ,सह-कोषअध्यक्ष -सन्त कुमार राई , कृयसिल सदस्यहरु : प्रशान्त खड्का ,क्षमता ढकाल ,सन्तोश राई प्रतिमा राजदुत, मनसुधन थापा मगर,ओम लिम्बू।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com