यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

-अप्सरा खुलाल

कोभिड-१९ को महामारीले विश्वको ध्यान आकर्षण गरिरहेका बेला कोरोनाद्वारा आफै संक्रमित हुन पुगेकोले मेरो चाही कोरोना भाइरससंग आफ्नै र आफ्नो परिवारको जीवन रक्षाका लागि संघर्ष चलिरहेको थियो | यो संघर्षबाट मैले आफु र आफ्नो परिवारलाई कसरी रक्षा गर्न सके भन्ने बारे बाहिर ल्याएका लेख हिमालयमेल डट कम र भिडिओ लन्डननेपाल न्यूज बाट प्रसारित भएको बारे यहाहरु बिदितै हुनुहुन्छ | मेरो र मेरो परिवारको अनुभव यसरी बाहिर मेडियामा ल्याउनुको उद्देश्य आजको मेडिकल साइन्सले कोरोना बिरुद्दको खोप तथा औषधि केहि पनि पत्ता नलाईसकेको यो अवस्थामा हाम्रो अनुभव सबै आफन्त र साथी-भाइलाई काम लाग्न सकोस र केहि गरी यहाहरुलाई पनि कोरोना संक्रमित हुन पुगेको अवस्थामा यो अनुभवले आफ्नो जीवन रक्षा गर्न सक्नुहोस भन्ने नै हो | मेरो लेख पढेर वा भिडिओ हेरेर धेरै आफन्त र साथीहरुले मलाइ वहाहरुका शुभकामना तथा शुभेच्छा पठाउनु भएको छ, जसका लागि म र मेरो परिवार हृदयदेखि नै आभार ब्यक्त गर्दछौ | जनहितको लागि मेरो अनुभूतिलाई मेडियामा ल्याइदिनु हुने पत्रकारहरु बिपिन निरौला र शिब भण्डारी तथा बहिनी शुष्मा लाइ धन्यवाद दिदै आभार पनि ब्यक्त गर्दछु |

कतिपय शुभचिन्तकहरुले चाही थप जिज्ञाशा पनि राख्नु भएको रहेछ | कतिपयले त मलाइ फोनमा मेसेज गरेर पनि आफ्नो जिज्ञासा छोडेको पाएँ | वहाहरुले सोध्नु भएको रहेछ: तपाइँ यो पाशुपत शिद्ध महयोगको यात्रामा कसरी सामेल हुन पुग्नु भयो ? लेखमा क्रिया भन्नु भएको रहेछ, यसबारे अलि बिस्तृत रुपमा बुझाउन मिल्ला ? अनि कसरी यी स्वचालित अनुभूतिले हाम्रो मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन भनेको ? के हाम्रो शरीरमा भएको रोग पनि यो साधना गर्दा बिसेक हुन्छ र ? अनि गुरु-कृपा, गुरु-कृपारुपी शक्ति पनि भन्नु भएको रहेछ, के हो यो गुरु-कृपारुपी शक्ति भनेको ? यसबारे जानकारी दिन सक्नुहुन्छ भनेर | व्यक्तिगत रुपमा सम्पर्क गरेर धेरैलाई त्यहि कुरा दोहोर्याईरहनु भन्दा बरु एउटा छोटो लेख लेखेर वहाहरुको जिज्ञाशाको उत्तर दिन्छु भन्ने सोच विकास भएकोले यो लेख लेख्ने काम गरेकी छु | मैले भन्नै पर्छ, यहाहरुका जिज्ञाशाले मेरो आफ्नै जीवनको भोगाइलाई पुनरावृत्ति गरेकाले मेरो आफ्नो भोगाईभित्रैवाट यहाहरुका जिज्ञाशाको उत्तर दिने प्रयास गर्नेछु|

नेपालका हस्पिटलमा स्टाफ नर्सको रुपमा १० बर्षको अनुभव संगालिसके पछि यु.के.का लागि मेरो यात्रा तय भएको थियो | यहाँ आएर एनएचएस अन्तर्गतको अस्पतालमा स्टाफ नर्सको रुपमा काम गर्दै आएको आज १४ बर्ष बितिसकेको छ |

आफ्नै जीवनका उकाली र ओरालीहरुबाट थकित भैसकेकी, कठिन परिस्थितिजन्य भोगाईहरुले गलिसकेकी, आफ्नो मात्र नभई काममा बिरामीका अनन्त दु:ख र पिडामा मल्हम लगाइदिने जिम्मेबारी काँधमा बोकेर हिडेकाले समस्यै समस्याले थिलो-थिलो भएकी म, जीवनको आधा उमेर पुग्दा नपुग्दै लामो बिश्रामको महसुस गरिरहेकी थिएँ | यस्तो महसुस भैरहेकै अवस्थामा, सन् २०१८ को सेप्टेम्बर २५ का दिन एक्कासी देब्रे हर केहि लाटो हुन गइ झम्झमाइरहेको अनुभब हुन पुग्यो | जसले गर्दा हिड्न पनि सहज भएन । यो अवस्था करिब १४-१५ घण्टा सम्म निरन्तर रही रह्यो । परिवार, र साथीहरुको सल्लाह अनुसार इमर्जेन्सी-अस्पताल गइयो । परिक्षण पछाडी डाक्टरले इमर्जेन्सी-स्ट्रोक क्लिनिकमा रिफर गरिदिनु भयो । अनि त्यहाँ सी.टी. स्क्यान गरियो । सी.टी. स्क्यानको रिजल्ट र न्युरोलोजिष्ट (डाक्टर) को परिक्षणबाट मेरो दिमागमा रक्त-संचार गरिरहने एउटा नसा कुनै कारणले च्यापिन गई दिमागको अगाडीपट्टिको भागमा राम्रोसंग रक्तसंचार हुन नसकेकोले सुक्दै गएको भेटियो । डाक्टरले सहानुभूति प्रकट गर्दै चाडो एम. आर. आइ. गरि उपचार सुरु गरिहाल्ने आस्वासन दिनुभयो । साथै एम. आर. आइ लाइ कुर्दा पनि एकदम होसियारीका साथ् रक्त चाप हेर्दै रहने सल्लाह दिनुभयो । बेलायतको उपचार पद्दतिमा छिटो एम. आर. आइको डेट पाइयो भन्दा पनि ३-४ हप्ता कुर्नु पर्दछ | मेरो सन्दर्भमा पनि त्यहि भयो |

जब मैले मलाई के भएको रहेछ भन्ने कुरा थाहा पाएँ, मेरो सिथिल शरीर मरणासन्न हुन पुग्यो | दिमागमा केवल दुइटा साना छोरीहरु मात्र दौडीरहे | श्रीमानको अवस्था के होला भन्ने सम्झेर मन पीरो भईरह्यो | नौ महिना अघि मात्र बुबाको परलोकसंगै वियोगमा छटपटाइ रहेकी बृद्ध अनि कम्जोर आमाको सम्झना आयो । उहाको आलो घाउमा नून-चुक थपिने डरले उहालाई मेरो समस्या नसुनाउने निधो गरें। यता मलाइ धेरै दु:ख र संघर्षले बनाइएको मेरो सानो संसार प्रतिको चिन्ताले सताई नै रह्यो | हाम्रो परिवाररुपी सानो रथ,अनि यसका दुई पांग्रा हामी,अब एउटा पाँग्रा राम्ररी नचलेपछि रथको के स्थिति होला ? श्रीमान मौन हुनुहुन्थ्यो, तर उहाका आँखाहरुले भने धेरै बोलिरहेका थिए । अनि म आफु दिन प्रतिदिन झनै गल्दै गएको महसुश हुन्थ्यो । काममा बिरामी बिदा पाएकी थिएँ | तर डाक्टरले ड्राइभिङ्ग गर्न मनाही गरेकाले हिडेर बच्चालाई स्कूल पुर्याउन र लिएर आउन पनि मलाइ धौ धौ परिरहेको थियो । बनको बाघले खाओस नखाओस मनको बाघले भने मलाइ खान थालिसकेको थियो । यही मनलाइ शान्ति दिनको लागि मलाई एउटा राम्रो मेडिटेसन गर्न पाए हुन्थ्यो भन्ने भाव पैदा भैरहेको थियो |

परमात्माको कृपा पनि अचम्मको हुँदोरहेछ, भगवानले तिमी म तिर एक पाइला बढाऊ, म हजार पाइला तिम्रो नजिक आउने छु भन्नु हुञ्छ भनेझै यहाँ पाशुपत सिद्ध महायोग साधना सिकाउन नेपालबाट गोबिन्द तिवारी दाई आउनुभएको रहेछ | पर्सि देखिनै तिन-दिनको साधनाको प्रशिक्षण हुँदै छ भन्ने कुरा सुनिता बहिनी र गोबिन्द घिमिरे दाई मार्फत थाहा पाए पछि म सन् २०१८ को अक्टोबर १५ का दिन बेलुका लण्डन स्थित साउथहल हिन्दु मन्दिरमा साधना सिक्नको लागि गएँ । गुरुदेवको फोटो देखाएर तिवारी दाईले भन्नु भयो, “तिमीहरुको गुरुदेव उहा नै हो | अहिले दसैँ भएकोले वाहा समाधिमा हुनुहुन्छ | समाधि जानु अगाडि तिमीहरुलाई धेरै आसिर्बाद भनिबक्स्या छ” । तर कानो गोरुलाई औसी न पुर्णिमा भनेझै न मलाई गुरु भनेको के हो भन्ने थाहा थियो, न त समाधि बारेमा नै | जसले साधना सिकाउनु भो उहा नै गुरु होला भनेर तिवारी दाइलाइ नै म लगाएत सबैले गुरु गुरु भन्दै थियौ | तर उहाले भने म तिमीहरुको गुरु हैन, गुरुदाइ भन्नु भनेर सिकाउनु भयो | मैले त फोटोमा केवल गुरुदेवको अनुहार हेरें | कस्तो करुणामई अनुहार होला भन्ने भाव मनमा आयो, केवल यतिमात्रै ।

त्यहि फोटो देखाएर प्रार्थना गर्दै, सुदर्सन क्रिया पछि ४८ मिनेट्को ध्यान गर्न सिकाउनु भयो दाईले । साधनाको पहिलो दिनमा नै आनौठो अनुभब भयो । मेरो टाउको, घाँटी आफै चल्न थाल्यो । म त सारै अचम्ममा परें | म अरु १०/१५ जना साथीहरुसंग पंक्तिबद्ध भै आफ्नो ध्यानको पोजिसनमा बसेकी छु | गुरुदाई हर्मोनियेम बजाएर किर्तन गर्दै अगाडी बस्नु भएको छ | मेरो टाउको घाटी आफसे आफ चल्न थाल्छ। ध्यान सकिए पछि महसुश गर्यौ हैन त ? यही हो गुरु-कृपा भनेको भन्नु भयो । म लगाएत अरु थुप्रै साथीहरुले पनि अनुभब गर्नु भएको कुरा गुरुदाइले बताउनु भयो । म खुसीले गद गद हुदै घर गएँ र सबै परिवार तथा साथीहरुलाई आफ्नो अनुभब सुनाएँ । दोस्रो दिन आफसे-आफ विभिन्न पोजिसनका आसनहरु बन्न लागे | पछि आफुले त्यस्तै पोजिसन बनाउछु भनेर प्रयास गर्दा कुनै हालतमा पनि नसकिने | तर साधनामा बसेको बेला आफै हुने | बिचित्र ! गुरुदाइले घडी हेर्नु भएको रहेछ, म त त्यो एउटा जटिल पोजिसनमा १४ मिनेट सम्म बसेछु | मैले सोचें, यहा गुरु दाइ भएको कारणले यस्तो भएको होला | आफै गर्दा त कहाँ हुञ्छ होला र ?

बिहान घरमा पनि आफुले प्राक्टिस गर्नु भन्ने गुरुदाइको सल्लाह थियो। अनि अर्को दिन बिहान घरमा जानी नजानी आफै गरें | अर्को अचम्म १ घण्टा सम्म अनबरत रुपमा बिभिन्न क्रियाहरु भैरहे | मेरा हातहरु आफै पंखा जस्तै घुम्न थाले | खुट्टाहरु ट्रेडमिलमा हिडे जत्तिकै चल्न थाले | कहिले टाउको घुम्ने, कहिले सुत्ने, कहिले उठ्ने भईरह्यो । रोक्ने कसरी हो, तरिका पनि थाहा थिएन | तर एक घण्टा जति पछि आफै रोकियो | मुखबाट आफै भजन आयो | हातले ताली पनि आफै पिटियो |अनि टाउकोले आफै भुईमा झुकेर दर्शन गर्यो । अनि त्यसपछि जिउ त यति हलुका भयो कि, हात गोडा सबै मेसिन जस्तै चल्न थाले । यी र यस्तै अनुभूतिका साथ साधनाको तेश्रो तथा अन्तिम दिन पनि पूरा भयो | यसरी म यो पाशुपत शिद्ध महयोगको यात्रामा सामेल हुन पुगेकी थिए |

बिरामी बिदामा भएका कारण घरमा प्रसस्त समय थियो | अनि भैरहेका क्रियाहरु तथा अनुभूतिले अब मलाइ निको हुन्छ भन्ने आशा पनि जाग्न थालेकाले दिनमा दुई पटक साधना गर्न थालें । मैले न्युरोथेरापी , फिजिओथेरापि, अकुप्रेसेर थेरापी सबै आफै हुन थालेको पाएँ, र कहिले कहिँ त रेक्की थेरापी समेत आफै हुन थाले । स्वचालित एउटा पूर्ण स्वास्थ रहने प्याकेज,अनि प्रत्येक दिन फरक फरक अनुभूति । अति नौलो, आफैलाई अपत्यारिलो लाग्ने आफ्नै अनुभूतिको फरक फरक स्वरुप ! तर अति दिव्य अनुभूति भैरहेको थियो | हाम्रो शरीरको मुलाधार चक्रमा रहेको स्वयम्भु लिंगलाई ३ फन्का बेरेर उधो पृथ्वीतिर मुख फर्काएर बसेकी कुण्डलिनी शक्तिको गति सिद्ध सद्गुरुदेवको कृपाले त्यसको उल्टो अर्थात् उभो आकाशतिर फर्काउन सफल हुँदो रहेछ | यसरी कुण्डलिनीको मुख उभोतिर फर्के पछि हाम्रो आन्तरिक (अध्यात्मिक-आत्मासंग सम्बन्धित) यात्रा सुरु हुँदो रहेछ | यसको अर्थ कुण्डलिनी शक्तिका प्रभावले हामीलाई स्वचालित रुपमा शरीर आफै हल्लने, आसन, प्राणायाम, मुद्रा जस्ता गतिहरु अटोमेटिक रुपमा आफै पैदा हुँदा रहेछन | मैले अनुभव गर्नपुगेका यस्तै धेरै खाले अनुभूतिहरुलाई क्रिया भनिएको हो|

मैले प्राचिन कालका शिद्ध योगीहरुको बारे सुनेकी थिए | तर के लाग्थ्यो भने त्यस्तो त पुरानो समयमा मात्र हुने कुरा हो | अहिलेको बर्तमान समयमा त सबका-सब ढोंगी | यो हाम्रो समयमा त शिद्ध योगी कहाँ पाइन्छ र ? हुन पनि हामीले भेट्ने गरेका सबका-सब महात्माहरु मध्ये धेरैले परमात्माका बारे शाश्त्रका कुरा सैद्धान्तिक रुपमा गर्ने गरेको मात्र देखिन्छ | कुरा सुन्यो, के भनेको हो बुझिएन भन्दै हिड्नु पर्ने अवस्था आएको छ कति पटक | अनि धेरै त छदम-भेषी भएको कुरा बारम्बार चर्चामा आइरहने गर्दथ्यो | तर गुरुदेवका बारे भिडीयोहरु, बिशेष गरि समाधिको भिडिओ देखेपछि पो बल्ल मलाई थाहा भयो, गुरुदेव त यो युगको एक समाधिसिद्ध महापुरुष पो हुनुहुँदो रहेछ | वहासंग मानवलाइ आफ्नो जीवन सफल बनाउन बर्तमानका लागि आबस्यक भोग ऐश्वर्य र परलोकका लागि शास्त्रले भन्ने गरेको मुक्ति प्राप्त गराउन सक्ने पाशुपत सिद्ध महायोग महाबिध्या दिन सक्ने क्षमता पनि रहेछ | मैले त ढुंगा खोज्दा शाक्षात भगवान नै पो पाएकि रहेछु । यति अज्ञान, यति अन्जान हुँदा हुदै पनि त्यस्तो गुरुदेवको म माथि यति ठुलो कृपा भएको रहेछ | ऋषिमुनिहरुले बर्षौ वर्ष तपस्या गरेर प्राप्त गर्न नसक्ने भगवत-कृपा कृपा-निधान गुरुदेवले हामीमाथि त्यत्तिकै बर्साईदिनु भएको रहेछ | मलाइ भैरहेको प्रत्यक्ष अनुभूति त त्यहि महाबिध्याको कारण गुरु-कृपाले गर्दा पो आएको रहेछ | अनि ती स्वचालित अनुभूतिहरु त हामी भित्र हामी आफैले गरेका कर्मका आधारमा बनेका संस्कार र ति संस्कारका कारण हामीमा देखा पर्ने मानसिक तनाब र शाररिक रोगलाई हिलिङ्ग गर्न पो घटेका रहेछन् | त्यसैले साधना गरि सके पछि मेरो शरीर र मन दुवै चंगा भएको र बडो आनन्दको अनुभव भएको रहेछ |

गुरुदेवका धेरै प्रबचनहरु युट्युबमा हेरी-सुनिसके पछि यी कुरा मलाइ छर्लंग भयो | गुरुदेवको कृपाले आफै भित्रको शक्तिले काम गर्दा यी यस्ता हिलिङ्ग हुने अनुभूति स्वतः हुँदा रहेछन, यसैलाई गुरु-कृपा रुपी शक्तिको प्रभाव भनिएको रहेछ | मेरो अध्ययन, महायोगका अग्रज मित्रहरुको सहयोग, अनि आफैले गरेको साधना अनुभूतिको बलमा जब यी तथ्य बारे जानकारी भयो, म हर्षले गद गद हुन पुगे | अनि म संसारका अति भाग्यमानी व्यक्ति मध्ये आफु पनि एक भएको महसुश भयो । यसबेला सम्म आइपुग्दा मलाई गुरुदेवको कृपाबाट भैरहेको उपचारले मेरो टाउकोमा रहेको समस्या पक्कै पनि निको हुने छ भन्ने कुरामा बिश्वास जागिसकेको थियो | नभन्दै भयो पनि त्यस्तै | तिन हप्ता पछि एम. आर. आइ. गर्दा अचम्मको रीजल्ट आयो । मेरो दिमागमा कुनै पनि समस्या नरहेको र पूर्ण रुपमा नर्मल भएको भन्ने रिजल्टले देखायो । मेरो हर्षको सिमा रहेन | म मरिसकेकि मानिस गुरुक्रिपाद्वारा जीबनदान पाएँ भनेर हर्षित हुदै प्रत्यक्ष रुपमा आफुले कहिल्यै नदेखेको गुरुदेवलाई पटक पटक कोटी कोटी प्रणाम गरे । छोरीहरुलाई अंगालो हाल्दै बहाएका हर्षका आँसु त कति बगे कति ? साँधी नै छैन |

यसरी मृत्यु सैयामा पुग्न लागिसकेकी म गुरुक्रिपाले गर्दा ३ महिनाको लामो बिरामी बिदा पछि आफ्नो ड्युटी सुरु गर्न थाले | साथै ड्राइभिङ्गको प्रतिबन्ध पनि हट्यो र मेरो नर्मल जीबनयापन सुरु भयो । जीबनमा पुन: स्फूर्ति भरियो | बैसाखे पालुवा पलाउन थाले । अनि प्रत्येक पलमा गुरुदेवलाई कृतज्ञता व्यक्त गर्न थालें । त्यस्पछि मेरा आफन्त साथीभाई सबैलाई मेरो जस्तै आनन्दको आनुभुति होस् भन्ने हेतुले यो साधना सिक्न उत्प्रेरित गर्न थालें । कति आफन्त र साथीहरुले सिकेर म जस्तै हर्षित हुनुभएको छ । कस्तो अचम्मको सक्ति होला, गुरुदेव कता होइसिञ्छ कता, तर वाहाको सक्ति म यहाँ सात समुन्द्र पारि बसेर बिना भेटघाट र बिना जान-पहिचान नै महसुश गरिरहेकि छु, अनि मानसिक र शरिरीक लाभ प्राप्त गरिरहेकि छु ।

मेरा सारा समस्याका आधा हिस्सेदार, र ममा घटित हुन पुगेका तमाम घटनाको प्रत्यक्षदर्शी मेरा श्रीमान पनि यो गुरुक्रिपारुपी साधनाबाट धेरै नै प्रभावित हुनु भयो | नेपाल गएको अवसर पारेर वहाले आफै काठमान्डौको नानक मठमा गइ महायोग साधना सिकेर, चतरा पुगी केहि दिन बसेर गुरुदेवलाई भेटेर पनि आउनुभयो । त्यसपछि वहा पनि निरन्तर साधनामा जुट्न थाल्नु भयो । यो हामी दुबैका लागि गुरुदेवको ठुलो र दुर्लभ उपहार थियो | त्यस पछि त हाम्रो घर नै राममय हुन पुग्यो । यसको लागि हामी दुबैको तर्फबाट म अर्को बिसेष कृतज्ञता गुरुदेव प्रति व्यक्त गर्न चाहान्छु।

पछी गुरुदेवद्वारा तारक ब्रम्हयज्ञ आयोजना भएको रहेछ | सहभागिताको लागि मैले पनि निमंत्रणा पाएँ । बिदाको पूर्व योजना नभएको अनि बच्चाको स्कूल चलिरहेकोले समय मिलाउन केहि कठिन भयो | तर पनि यसको अद्भुत महत्व भएको र फेरी फेरी देख्न नपाइने बास्तबिकता बुझेर हामी परिवार नै जाने सोच बनायौ | भगवानले तँ चिता म पुर्याउछु भन्छन भने जस्तै जानको लागि सबैतिरबाट मिल्यो पनि। मेरो आमा, भाइ र दुइ छोरी लिएर म यज्ञमा पुगें । पछि सोभा बहिनीले पनि हाम्रो यात्रामा साथ् दिईन ।अभुत्पुर्ब यज्ञ थियो त्यो | त्यहाँ पुगे पछि आफु त सत्य युगमै पुगेको अनुभूति हुन्थ्यो | यज्ञ गर्ने सबै देवता ऋषिमुनिहरू जस्तो देखिनु हुन्थ्यो । निरन्तर जप र होमले पुरै चतरा गुन्जयामान थियो | सधै भरि त्यस्तै हेरिरहुँ देखिरहू जस्तो । आहा ! अहिले पनि त्यो अवस्था सम्झिदा आफुलाई अत्यन्तै भाग्यमानी महसुस हुन्छ । बराहक्षेत्रको दर्सन, चतराधामको दर्सन अनि यज्ञभूमिको परिक्रमा गरियो । तर अलि दिन बस्न मलाइ मेरो अर्को समस्या (पेट सम्बन्धि)ले साथ दिएन | बडो नमिठो अनूभूति गर्दै बिना गुरुदेवको दर्सन-भेट म काठमाडौँ फर्किए |

स्त्री रोग बिशेसज्ञलाइ नजचाई हुँदै भएन | भाग्यबस मेरी आफ्नै आमाजू स्त्रीरोग बिशेसज्ञ भएको हुनाले वहाले नै परिक्षण गरिदिनु भयो | पाठेघरमा केहि समस्या भएको थाहा भयो । उहाले केहि औषधि पनि दिनु भयो | अस्थायी रुपमा काठमाडौँ बसुन्जेल त निको भयो तर २ हप्ता पछि लण्डन आइ-पुग्दा नपुग्दै त्यो समस्या झनै बढेर आयो | इमर्जेन्सीमा गएर भिडियो एक्सरे गर्दा थाह भयो, पाठेघरमा फ्राईब्रोईड्स पो भै सकेको रहेछ | डाक्टरले समस्या कम नभएमा र अझै बढेमा थप उपचार लागि आउनु भन्दै केहि औसधि दिनु भएको थियो | तर मैले मेरो साधनालाइ निरन्तरता दिइ नै रहें | पक्कै यो साधनाले सहयोग गर्छ भन्ने आशा र बिश्वास राखेर साधना गर्दै जाँदा बिस्तारै समस्या कम हुँदै पनि गयो । हाल मलाइ सबै कुरा नर्मल भएको छ । यस्मा पनि मलाई गुरुदेवको कृपाले मद्दत गरेको भन्ने बिसयमा कुनै दुइ मत छैन । यो मेरो मात्र अन्तर-आत्मालाई थाह छ | सुन्दा पत्याउनै नसकिने समस्या यो गुरू-क्रिपारुपी साधनाले एक पछि अर्को गर्दै समाधान गर्दै गएको देख्दा म आफू छक्क त छु नै, त्यतिकै हर्षले गद गद पनि |

फेरी पछि २०१९ को जुन १४ का दिन म आफैले चलाइरहेको गाडी नराम्रोसंग एक्सिडेन्टमा पर्यो । अर्को गाडीले आएर साइडबाट हानिदियो । गाडी नराम्रोसंग बिग्रियो तर मलाइ भने देखिने गरि बाहिरी चोट पटक त लागेन, तर छाती भने नराम्रो संग दुख्यो । जाच्दा थाह भयो छातीको मासु र कुरकुरे हड्डीका साथै दिमागमा पनि अलि असर परेको रहेछ | यसपछि छातीको असह्य पिडाका साथ जोडले दुख्ने टाउको , संगै हुने बान्ताले केहि दिन सम्म सताई नै रह्यो | डाक्टरले मेरो दुखाइको समस्या सम्भवत: ६ महिना देखि २ वर्ष सम्म रहने, अझ कसै कसैलाई त जिन्दगिभर पनि रहन सक्ने जानकारी दिनुभयो | समस्याको गम्भीरतालाई हेरेर न्युरोलोजिस्ट डाक्टरले ४ महिना सम्म काममा जान पनि दिनु भएन |

आफू घरमै भएकोले सकी नसकी साधना चाही निरन्तर गरि नै रहें | साधनामा बस्दा स्वचालित रुपमा कहिले रेकी, कहिले फिजियोथेराफि, कहिले अकुप्रेसर जस्ता थेरफि आफै भैरहन्थे | परिणामत: मेरो दुखाइ दिनै पिच्छे गुणात्मक रुपमा घटिरहेको थियो | यसै क्रमले म २-३ महिनामै करिब करिब नर्मल जस्तै भैसकेकी थिए | मेरो सुधार देखेर मेरो डाक्टर धेरै खुसि हुनुभयो र मैले गरिरहेको साधनालाइ निरन्तरता दिन सुझाब दिनु भयो । मेरो स्वास्थ्यमा आएको सुधार देखेर डाक्टरले काम सुरु गरे हुन्छ भन्ने सुझाब पनि दिनुभयो | अनि मैले काम सुरु गरे | औषधिको सेवन गेरको ५ महिना पछि मेरो औषधि डाक्टरले छुटाईदिनु भयो। हाल मलाई टाउको सम्बन्धि कुनै पनि समस्या बाँकि छैन ।

अर्को तिर याहाको बाताबरण र हावापानीले गर्दा बेला बेलामा आफ्नो रगत जाच्दा कहिले भिटामिन डी को कमि, कहिले आइरनको कमि भै रहने गर्थ्यो | कति माछा, मासु खादा पनि बढ्दैनथ्यो । अनि विभिन्न औषधिहरुको सेवन गरिरहनु पर्थ्यो | तर अहिले कुनै औषधिको सेवन बिना साकाहारी खानपिनबाट पनि रगतको रिपोर्ट नर्मल भैरहन्छ । स्वाश प्रस्वाशको वार्डमा काम गर्ने भएकाले विभिन्न किसिमका फ्लु भएका बिरामी हेर्नु पर्दा जान अन्जानमा आफुलाई नसर्ने भन्ने हुन्न | तर उस्तै फ्लु हुँदा साथीहरु २-३ हप्ता सम्म दु:ख पाएको कुरा गर्छन, तर आफुलाई भने २-३ दिनमै निको भैरहेको हुन्छ । यसरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गुरु-कृपाले मेरो जीवन सहज र सुरक्षित बनाइरहेको छ भन्ने कुरामा मलाई कुनै सन्देह छैन ।

आफ्नो प्रारब्धका कारण आफैले बिगत देखि बनाएको कर्म संस्कारले दिएको फल त भोग्नु नै पर्ने रहेछ। त्यसैले एक पछि अर्को समस्या आएको आयै गर्ने रहेछ । जस्तो परे पनि लड्दै अगाडी बढ्नु पर्दो रहेछ | तर माने पनि नमाने पनि परम-आत्माले देखाएको बाटोले मात्र सहजता ल्याउदो रहेछ | आजसम्म प्रत्यक्ष दर्शन भेट कहिल्यै नभएको भए पनि गुरुदेवको कृपाले मलाइ परेको असरलाई हेरेर मेरो आँट र साहस यति धेरै बढेको छ कि मलाई मेरो गुरुदेवको कृपामा पूर्ण बिश्वास छ | भाग्यले मलाइ गुरुदेवको सरन/चरण मिलेको छ | अब जे जस्तो परे पनि मलाई केहि हुने छैन र मलाई निरन्तर भगवत सेवा गर्ने अवसर मिलि नै रहनेछ भन्ने बिस्वास जागेको छ ।

हामी नेपाली सधै बिकास र सभ्यताबाट पीछ्डीनु र दुखको भुमरीमा रुमल्लिनु परेता पनि, हामी भगवानका लागि भने धेरै प्यारा रहेछौ । पटक पटक महामानवहरु हाम्रै भूमिमा जन्मिरहनु भएको छ | सीता, भृकुटी, गौतम बुद्ध जस्तै अहिले सद्गुरुदेव । विश्वलाई नियालेर आज सबैले सोच्नुपर्ने कुरा के छ भने आज सारा संसारलाई तहसनहस पार्दै सुक्ष्म सेनारुपी कोरोना नेपालमा पनि आइ पुगेका छन् | जहा हामीले संजिवानिको पहाडलाई फलामे बार भित्र ताल्चा लगाई राखेर आफ्नै दाजु भाइ दिदि बहिनीलाई मृत्युको मुखमा धकेलीरहेका छौ । मेरो आफ्नो ब्यक्तिगत अनुभबमा गुरुदेवले कोरोनाको बिरामीलाई छोएकै भरमा पनि २-३ दिनमा नै निको बनाइदिन सक्ने शक्ति राख्नु हुन्छ | त्यसमा कुनै सन्देह छैन । त्यती टाढाबाट वहाको एक झिल्को प्रकाश प्राप्त गर्ने शौभाग्य पाएकी म एक तुच्छ ब्यक्तिले त येत्ति धेरै रोगहरुलाइ परास्त गरेर कोरोनाबाट समेत बाच्न सकें भने उहा त आफै सिंगो सूर्य ।

आज संसारका शक्तिसाली राष्ट्रहरु तहस नहस भएको अवस्थामा नेपालमा कोरोनाको गति यहि रफ्तारले बढ्ने हो भने नेपालको श्रोत र साधनले कोरोनाको महामारीलाई धान्न सक्ला भनेर कल्पना गर्न सक्ने कहिँ पनि आधार छैन । सधै भरि अरुसंग दया र भिक् माग्दै चलेको हाम्रो देश आज सबै दाता देशहरु आफै रॊइरहेको बेलामा हामीलाई बचाउन को आउछ ? अनि फेरी कतैबाट केहि पाई हाले पनि हामीहरु धेरैमा कात्रोमा समेत गोजी सिउने प्रचलन छँदै छ | अनि पुकु पुकु मर्नु सिबाय अरु उपाय के होला र ? यो घडीमा हामी सबैले गम्भीर भएर सोच्नु पर्ने भएको छ । म आफुले आफ्नो ब्यक्तिगत जीवनलाई यहाहरु सामु छताछुल्ल बनाउन त्यत्तिकै खोजेकी होइन | मलाइ आफ्नो देश र देशबासी मेरो प्राण भन्दा पनि प्यारा छन् | त्यहा लागेको चोट र ब्यथाले यहा हाम्रो आँसु झर्छ । त्यसैले हामी सबैले आत्मालाई साक्षि राखेर विचार गरौ र बेलैमा सजग बनौ | श्रीखण्डलाइ खुर्पाको बीड नबनाऊ | घरभरि अन्नका भकारी लुकाएर आफ्ना सन्तानलाई भोकभोकै मर्न बाध्य नबनाऔ । नेपाल र नेपालीले जगदगुरु महायोगी सिद्धबाबा जस्तो व्यक्ति अहिलेको यस समयमा पाउन अति दुर्लव छ | हाम्रो समस्याको समाधान वहासंग छ|सबैको ध्यान जावस |

मलाइ आशा छ, मलाई आ-आफ्नो जिज्ञाशा राख्ने मेरा मित्रहरुको उत्तर यहि मेरो महायोग साधना र यसले पारेको प्रभाव बारेको चर्चावाट प्रष्ट हुने नै छ|कोभिड – १९ वाट सुरक्षित रहन सबैलाई सदगुरुदेव महायोगी सिद्धबाबाको आशिर्बाद प्राप्त हुनसकोस र सबैको जय होस् |

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com