ब्रिटिस आर्मीमा नयाँ आबेदन नलिने , पोहोरकैलाई अवसर (पत्र-सहित)

लण्डन । ब्रिटिस आर्मीमा नयाँ युवाले यो वर्ष भिड्न नपाउने भएका छन् । कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट इन्टेक २०२१’ का निम्ति नयाँ दर्ता र क्षेत्रीय छनोट रद्द गरेको बेलायतको ब्रिटिस आर्मी मुख्यालयले जनाएको छ । मुख्यालयले आफ्नो वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै यसपटक असहज परिस्थितिका कारण नयाँलाई अवसर दिन सम्भव नभएको जनाएको छ । यसपटक पोहोरको अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकाहरूले नै मौका पाउने बताइएको छ ।

प्रतिस्पर्धाका निम्ति तयारी रहेका नेपाली युवाहरूले मुख्यालयले आफ्नो निर्णय सच्याउने अपेक्षा गरेका छन् । मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमान्डर रिचार्ड गुडम्यानले भनेका छन्,‘कोभिड–१९ महामारीका कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ’मा हुन आएको फेरबदल स्वागतयोग्य छैन । अहिलेको समयमा भर्नाका गतिविधि सञ्चालन गर्न सम्भव छैन।

रजिस्ट्रेसन र क्षेत्रीय छनोट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं ।’ छनोट सम्भव नभएका कारण यो नयाँ आवेदकहरूको मूल्यांकन गर्न नपाइएको उनले बताएका छन् । ‘परिस्थिति अनुकूल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रीय छनोट सञ्चालन गर्नेछौं । यद्यपि जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सीमित गर्नुपर्नेछ,’ उनले भनेका छन् ।

सामान्य अवस्थामा छनोटका निम्ति धरान र पोखरामा फाराम भराउने गरिएको थियो । हरेक वर्ष धरान र पोखरामा क्षेत्रीय छनोट हुने गरेको छ । क्षेत्रीय छनोटमा परेकाहरूलाई पोखरामा अन्तिम छनोटमा प्रतिस्पर्धा गराइन्छ । यसपटक गत वर्षको इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएका युवालाई अवसर दिइने मुख्यालयले जनाएको छ ।

‘प्रत्येक समस्यासँग समाधान पनि हुन्छ, त्यसैले पर्याप्त समाधान खोज्नुहोस्,’ उक्त विज्ञप्तिलाई लिएर अनुप सुनुवारले ब्रिटिस गोर्खा नेपालको फेसबुक पेजमा लेखेका छन्, ‘यो निर्णय नयाँ रेक्रुट हुन चाहने युवाहरूका निम्ति बाधक देखिन्छ ।’ त्यसैगरी सृजल रेग्मीले पहिलोपटक ब्रिटिस आर्मी बन्न चाहनेलाई निराश नबनाउन भनेका छन् ।

‘निःशुल्क, निष्पक्ष र पारदर्शी’ हुनुपर्छ, त्यसैले सबैलाई बराबरी अधिकार चाहिन्छ,’ विशाल स्याङ्तान तामाङले भनेका छन्, ‘हामी गरिबको लाहुरेबाहेक अर्को विकल्प छैन । न त सिप न त राम्रो पढाइ, ट्रेनिङकै सिलसिलामा पढाइ पनि बिग्रेको छ । के हामी गरिब अब मर्ने रु’ यसैगरी धेरै युवाले आफ्नो उमेर हद नाघ्न लागेकाले जसरी पनि अवसर दिन भनेका छन् ।

ब्रिटिस गोर्खा सैनिकको इतिहास २०६ वर्ष लामो छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । ‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा भर्ती भएर बेलायतमा तालिमरत छन् । बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गर्थ्यो । गत वर्ष ४ सय जना भर्ती लियो । अहिले ब्रिटिस गोर्खामा फर्स्टरोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र छन् । सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्‍ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाउन थालेको हो ।इकान्तिपुर

RECRUITMENT

Dear Potential Recruits

Thank-you for your feedback.  I am acutely aware that the changes to the recruiting system this year, directly  caused by COVID-19,  are unwelcome – to both first-time Potential Recruits and to British Gurkhas Nepal.  Please allow me to provide some context.

COVID-19 is the single biggest global crisis of our lifetime.  Its effects are being felt in every country and in every activity conducted.  Normal ways of working are simply not possible and potentially unsafe.  All elements of normal life are being affected and almost every organisation is having to change as a result.

This includes the British Army and British Gurkhas Nepal, who must take measures to protect individuals, their families and their communities.  It would be hugely irresponsible to try to carry on as normal and take no action.  At present it is not possible to conduct any recruiting activity and British Gurkhas Nepal will not stray from the direction the Government of Nepal has rightly taken to control the virus.  In cancelling Registration and Regional Selection, we are supporting the people of Nepal to contain the spread of the virus and keep individuals, families and communities protected.

We continue to hope for the best, but we must plan for the worst.  Should conditions allow, we will hold Central Selection later in the year.  However, we will have to reduce risk by limiting the number of people involved, and conducting the activity in a way that is safe for individuals and protects the wider population.

With no normal Registration or Regional Selection possible we are unable to assess new applicants this year.  Hopefully, we will have a better understanding of the situation in September, and at that time, will update you on how Central Selection will be conducted if it is safe to do so.

Richard Goodman
Colonel
Commander British Gurkhas Nepal

Dear Potential Recruits

Due to the Coronavirus outbreak, British Gurkhas Nepal is unable to safely conduct Registration and Regional Selection for Recruit Intake 21.

We are hoping that the situation will improve to allow us to conduct Central Selection. If it does, we will call forward the Potential Recruits who performed the best in Recruit Intake 2020 Regional and Central Selection.  Therefore, we will not be taking Potential Recruits on their first attempt this year.

We will up-date our website and call individuals when it is confirmed that Central Selection can take place. This may take a number of months. We will up-date you on 1st of September 2020.

Stay safe and please follow the Government of Nepal’s advice and guidance.

Thank you.

 

प्यारा सम्भावित रेक्रुट भाईहरू,

तपाईहरूको प्रतिक्रियाको लागि धन्यवाद | म गम्भीर रूपमा सचेत छु की कोभिड-१९ महामारीको कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ्ग’ मा हुन आएको फेरबदल स्वागतयोग्य छैन – पहिलो पटक भिड्न तयार सम्भावित रेक्रुट र ब्रिटिश गोर्खा नेपाल दुवैलाई | कृपया यस बारे मलाई केही सन्दर्भ जोड्न दिनुहोस् |

कोभिड-१९ हाम्रो जीवनकालको सबैभन्दा ठूलो पृथक विश्वव्यापी संकट हो | यसको असर सबै देश र सबै गतिविधिमा पर्न गइरहेको छ | सामान्य तरिकामा काम गर्न बिलकुल सम्भव छैन र सम्भाव्यत: असुरक्षित छ | साधारण दैनिकीको सबै पक्ष प्रभावित भएका छन् र फल स्वरूप लगभग हरेक संस्थाले समायोजन गर्नुपरेको छ |

यसमा ब्रिटिश आर्मी र ब्रिटिश गोर्खा नेपाल पनि समावेश छन्, जसले व्यक्ति, परिवार र समुदायहरूको सुरक्षाको लागि उपायहरू अपनाउनुपर्छ | सामान्य तरिकामा काम गर्न खोज्नु र यस अवस्थाबारे केही नगर्नु धेरै अजिम्मेवार हुनेछ | अहिलेको समयमा रेक्रुटिङ्गको कुनै पनि गतिविधि संचालन गर्न सम्भव छैन र यस भाइरसलाई नियन्त्रण गर्न सही तरिकामा नेपाल सरकारले लिएको बाटोबाट ब्रिटिश गोर्खा नेपाल अलग हुँदैन | रेजिष्ट्रेशन र क्षेत्रीय छनौंट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न र मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं |

उत्तम अवस्थाको आशा गर्दागर्दै हामीले खराब अवस्थाको लागि तयार रहनुपर्छ | परिस्थिति अनुकुल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रिय छनौंट संचालन गर्नेछौं | यधपी, जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सिमित गर्नुपर्नेछ र हरेक व्यक्ति र बृहत जनसंख्या सुरक्षित रहनेगरी गतिविधिहरू संचालन गर्नुपर्नेछ |  

रेजिष्ट्रेशन र क्षेत्रीय छनौंट सम्भव नभएका कारण यस वर्ष हामीले नयाँ आवेदकहरूको मुल्यांङ्कन गर्न पाउनेछैनौं | सेप्टेम्बर महिनासम्ममा यस परिस्थतीबारे हाम्रो बुझाइ राम्रो हुनसक्छ, र सुरक्षित तरिकामा संचालन गर्न सम्भव भए केन्द्रिय छनौंटबारे हामी तपाईहरूलाई त्यही समयमा अपडेट गर्नेछौं |

रिचर्ड गुडम्यान
महासेनानी
कमाण्डर ब्रिटिश गोर्खा नेपाल

प्यारा सम्भावित रेक्रुट भाईहरू,

कोरोना भाइरसको महामारीले गर्दा, ब्रिटिश गोर्खा नेपालले रेक्रुट इन्टेक २१ को रेजिश्टे्शन तथा रिजनल सेलेक्शन सुरछित ढंगले गर्न नसक्ने जानकारी गराउदछौं ।

आशा गर्दछौं कि अवस्थामा सुधार आउनेछ अनि सेन्ट्रल सेलेक्शन संचालन हुनेछ ।  येदि सेन्ट्रल सेलेक्शन हुने भयो भने, हामीले रेक्रुट इन्टेक २० को रिजनल तथा सेन्ट्रल सेलेक्शनमा उत्तम नतिजा ल्याएका भाइहरुलाई मात्र बोलाउनेछौं।  यसको मतलब, यो बर्ष पहिलो पल्ट फारम भर्ने भाइहरुले मौका पाउने छैनन्।

येदि सेन्ट्रल सेलेक्शन हुने भयो भने, हामीले भाइहरुको नामावली हाम्रो वेबसाइटमा प्रकासित गर्नेछौं, तथा सबै भाइहरुलाइ फोन मार्फत शूचित् गराउनेछौं। यो कुरा निर्णय हुन केहि महिना लाग्न सक्छ। हामी यो कुराको निर्णय २०२० सेप्टेम्बर महिनाको १ तारिक  हाम्रो वेबसाइट द्वारा अगवत गराउनेछौं।

सुरछित रहनुहोस् अनि नेपाल सरकारको सल्लाह तथा मार्गदर्शन पालना गर्नुहोस।

धन्यबाद

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com