बेलायतवासी समाजसेवी भण्डारीद्वयको पहलमा गुल्मीमा स्वास्थ्य चौकी बन्ने

लण्डन । “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” अर्थात् जन्मदिने आमा र आफु जन्मेको स्थान स्वर्ग भन्दा पनि प्यारो हुन्छ। बेलायतमा रहेका केहि अग्रज समाजसेवीहरुको यस्तै भाबना र सपना अब साकार हुने भएको छ। समाजसेविहरु एनआरएनए यूकेका सल्लाहकार समेत रहेका गुल्मी जिल्ला समाजका संस्थापक उपाध्यक्ष एबम सल्लाहकार मोति भण्डारी र एनआरएन यूकेका पूर्व सचिब एबम गुल्मी जिल्ला समाजका उपाध्यक्ष तारानाथ भण्डारीको जन्मथलोमा स्वास्थ्य चौकी बनाउने योजना सफल हुने भएको छ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ७ रुपाकोट, म्यालपोखरामा बन्ने उक्त स्वास्थ्य चौकी निर्माणको लागि नेपाल सरकारले समेत १ करोड २० लाख रुपियाको बजेट बिनियोजन गरिदिएको छ। हालै प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम सो स्वास्थ्य चौकीको लागि विनियोजन भएको जनाइएको छ।

समाजसेवी भण्डारीद्वयले स्वास्थ्य चौकी निर्माणको लागि चाहिने जग्गा खरिदका लागि आर्थिक सहयोग यस अघिनै प्रदान गरेका थिए । स्थानीय जिल्ला र गाउँवासीहरुको आग्रहमा स्वास्थ्य चौकीको जग्गा खरिद गर्न उनीहरुले ७ लाख रुपैयाँको सहायता रकम प्रदान गरेका थिए ।

जग्गा खरिद गर्दाको समयको स्मरण गर्दै मोती भण्डारीले भने – झण्डै दुई वर्ष अघि गुल्मी जिल्ला समाज यूकेका तर्फबाट सहयोग हस्तान्तरण गर्न हामी गुल्मी पुगेका थियौं । तारा भण्डारी र मैले क्रमश साढे ३ / साढे ३ लाख हालेर जम्मा ७ लाख रुपैयाँ दिएका थियौ । त्यसको १५ दिनभित्र स्वास्थ्य चौकीको नाममा जग्गा आयो । भवन निर्माणका लागि जग्गा उपलब्ध भएपछि सरकारले बजेट विनियोजन गर्नुपर्ने प्रावधान रहेछ । आर्थिक वर्ष २०७६/७७ को वजेट भाषणमा उक्त स्वास्थ्य चौकीका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन भएछ । यही साउन महिनादेखि काम हुँदैछ । निर्माण समिति गठन, नक्सा पास र ठेक्का दिने काम पहिलो चरणमा हुन्छ।”

स्वास्थ्य चौकीको जग्गा खरिदपछि स्थानीय चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्री, वडा नम्बर ७ रुपकोटका अध्यक्ष लक्ष्मी भण्डारी लगायतको विशेष पहलमा सरकारबाटै बजेट छुट्टिएको भन्दै भण्डारीले सबैको सहयोगका लागि धन्यवाद दिए । उनका अनुसार आउँदो श्रावण महिनादेखि नै स्वास्थ्य चौकी निर्माणको काम शुरु हुनेछ । एक वर्षभित्र भवन निर्माण पूरा गर्ने छ । स्वास्थ्य केन्द्र विस्तारको लागि अर्को वर्ष थप बजेट प्राप्त हुने अपेक्षा गरिएको छ ।

आफ्नो बिगत लाइ सम्झिदै भण्डारीले भने – “पहिलो पटक म बेलायत घुम्ने हिसाबले आएको थिएँ, बेलायतमा औषधि विज्ञान नै पढेर डाक्टर बनेर नेपाल फर्किने मेरो योजना थियो । तर नेपालमा माओवादी द्वन्द्वकालको सुरुवात,ले गर्दा नेपाल फर्किन सकिनँ । गुल्मीमा हुँदा म वामी, मजुवा र तम्घासमा स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक भएर काम गरे ।”

भबन बन्नेवित्तिकै हामीहरु मिलेर स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराउन सकियो भने त्यो ठाउँमा अहिले घना बस्ती भइरहेको छ, मान्छेले अकालमा ज्यान गुमाउनबाट बचाउन सकिन्छ । भण्डारी पुन थप्छन – “त्यत्तिबेला हामी नगएको भए यो काम हुँदैन थियो । जग्गा उपलब्ध नभए  स्वास्थ्य चौकी बन्ने काम हुँदैन थियो । त्यस्तो सेन्टर ठाउँमा जग्गा कसैले उपलब्ध गराउँदैन थिए ।अप्ठ्यारो प-यो भने मात्र गुल्मी जिल्ला समाजलाई सहयोग मागौंला।” कोरोनाको कहरको यो विषम परिस्थितिमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ७ रुपाकोट, म्यालपोखराका गाउबासिहरुमा यो खबरले खुसियाली छाएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com