घ्याल्सुम्दो सेवा संस्था अमेरिकाद्वारा राहत वितरण

– मुकुन्द सुबेदी

न्युयोर्क ।  घ्याल्सुम्दो सेवा संस्था अमेरिकाद्वारा राहत सामाग्री वितरण गरिएको छ । कोरोना महामारीमा अमेरिकाको न्युयोर्क ईपिसेन्टरको रूपमा रहेको छ । यसैबीच यहास्थित घ्याल्सुम्दो सेवा संस्थाले आफ्नो सदस्यहरूलाई समयमा नै कोरोना बिरूद्ध सचेतना र सहयोग गर्ने उद्देश्यले संस्थाको निर्णय अनुसार घ्याल्सुम्दो कोभिड टाक्सफोर्स गठन गरी राहत वितरण गरेको हो ।

राहत बितरण कार्य संस्थाका अध्यक्ष निमा ल्हमोबाट शुरू गरेर कार्यक्रम थालनी भएको थियो । कार्यक्रममा फिप्नाका अध्यक्ष लोक चेम्जोङ,किरांत राई अर्गनाइजेसन अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष केशवराम राई,जिपीके फाउन्डेसन अमेरिकाका केन्द्रीय सदस्य,फिप्नाका कोषाध्यक्ष छिन्जोम लामा संस्थाका बर्तमान कार्य समितिका पदाधिकारीहरूको उपस्थिति थियो।

टाक्सफोर्सले बिभिन्न स्रोत र निकायबाट प्राप्त साथ र सहयोगले संस्थाका प्रत्येक परिवारमा न्युनतम आवसश्यकीय सामाग्रीहरू मास्क,ग्लब्स,सेनिटाईजर आदि ईत्यादी०बितरण गर्ने कार्य सम्पन्न भएको छ। र साथै संस्थाका सम्पूर्ण सदस्यहरूमा कोरोनाबाट कसरी वच्न र रोकथाम गर्न सकिन्छ भन्ने सम्बन्धि सचेतना गराउन विभिन्न विस्वासीलो र भरपर्दो मध्यामबाट सुचना दिने काम गरेको छ।

अबका दिनमा स्थिति साह्रै सामान्य नभए पनि हिजोका दिनजस्तो भयानक डरलाग्दोबाट भने केहि सामान्य रूपमा आए जस्तो महशुस भने पक्कै भएको छ। यसको मनसाय यो होइन कि अब कोरोना भाईरसबाट हामी मुक्त भयौं भन्ने चाहिँ होइन।अझै पनि हामीहरूले सुरक्षित र सचेत रहनु जरूर छ,जवसम्म कोरोना भाइरसको भ्याक्सिन सरल र सुलभ रूपमा उपलब्ध हुँदैन ।

त्यसैले सबै घ्याल्सुम्दोबासी दाजुभाइ तथा दिदीबहिनीहरू लगायत अन्य समुदायलाई पनि सुरक्षित रहन घ्याल्सुम्दो सेवा संस्था अमेरिका तथा कोभिड टाक्सफोर्स टिमले बिशेष अनुरोध गरेको छ । घ्याल्सुम्दो सेवा संस्था अमेरिकाले मेमोरियल डेको अवसर पारी न्युयोर्क वरिपरि रहनुहुने नेपाली लगायत अन्य समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई थोरै भए पनि केही राहत सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले संस्थाको तर्फबाट मेडिकल साथैआलु तथा तयारी खाना संस्थाको कार्यलय भवन अगाडि बाट सार्बजनिक रूपले बितरण गरेको हो ।

यस राहतको लागि आवश्यक सामाग्री हरू नेपाल आदिवासी जनजाति महासघं अमेरिका,जिपीके फाउन्डेसन अमेरिका,शेर्पा किदुग अमेरिका,नेपाली जन सम्पर्क समिति अमेरिकाको श्रोत परिचालन समिति समिति न्युयोर्क टाक्सफोर्सबाट सहयोग उपलब्ध भएको हो । यस संस्था तथा टाक्सफोर्सलाई बिशेष मानवीय सहयोग गर्नु हुने सम्पूर्ण सहायोगी हातहरूलाई घ्याल्सुम्दो सेवा संस्था र टाक्सफोर्सको तर्फबाट हार्दिक धन्यवाद र आभार ब्यक्त गरिएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com