रुकुम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ । नेपालको रुकुम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीमा जातीय विभेदलाई लिएर ज्यानै जानेगरी भएको घटनाको छानबिनगरी दोषीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा प्रकाशित एक विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र यस्ता आपराधिक घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानार्कषण गराइएको उल्लेख छ ।

देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भइ जातीय विभेद र छुवाछूत अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा यस्ता घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादति र मानवताविरुद्धको जघन्य अपराध भएको भन्दै मानव सभ्यतालाई नै कलंकित बनाउने र कानुनी शासनको धज्जी उडाउनुका साथै समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको महासंघले जनाएको छ ।

विज्ञप्तिमा महासङ्घले जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाका विषयमा भ्रामक समाचार सामग्री सम्प्रेषण नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्री मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकलाई अपिलसमेत गरेको छ ।

महासंघले घटनाका विषयमा भ्रामक समाचार सामग्री र सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि आग्रह गरेको छ । विज्ञप्तिको पूर्णपाठ :

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com