चलचित्र कलाकार संघ युकेको साथ र सहयोगका लागि अनुरोध

लण्डन। नेपाल चलचित्र कलाकार संघ (फान) युकेले बेलायतमा रहनु भएका चलचित्रकर्मी र शुभेच्छुकहरुलाई साथ र सहयोगका लागि अनुरोध गरेको छ। फान युके अध्यक्ष रोमियन लिम्बू केसीका अनुसार फान केन्द्रिय कार्यलयको अनुरोधमा यो विषम परिस्थिति लाई मध्यनजर गर्दै कलाकारहरुको लागि सहयोग गर्न लागिएको हो।

लक डाउनका कारण महिनौ देखि नेपाली चलचित्र क्षेत्रका कुनै पनि कार्य नभएको दु:खद अवस्थामा श्रमजीवी चलचित्रकर्मीहरु प्राविधिक ,कलाकार, नृत्यकार, सङीतकर्मी लगायत दैनिक जिवनयापनका लागि सार्है नै अप्ठ्यारोमा परेका छन्। फान युकेअध्यक्ष लिम्बूले भनिन- “सवै चलचित्रकर्मीको लागि राहत सहयोग का लागि बेलायतवासी नेपाली तथा विभिन्न देशमा रहनुहुने चलचित्रकर्मी, सहयोगी मित्रहरूलाई सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछु।” यसका लागि फान युकेका सम्पूर्ण पदाधिकारी र सदस्यहरु सक्रिय रुपमा लागिरहेको र सहयोग रकम पनि प्राप्त भैरहेको उनले बताइन।

आफुले व्यक्तिगत रुपमा सधैनै सामाजिक कार्यहरुको लागि सहयोग गरेको बताउदै उनले फान युकेले एनआरएनए केन्द्रिय उपाध्यक्ष रबिना थापा मार्फत “एक एनसीसी एक प्रोजेक्ट” को लागि समेत संस्थागत सहयोग गरेको समेत बताइन। हाल कोरोनाको यो महामारीमा फान युके मार्फत सहयोग गर्न सबै चलचित्र र चलचित्रकर्मीहरुलाई माया गर्ने मनहरुलाई सहयोग गरिदिन बिनम्र अनुरोध गरेकी छिन। सहयोग रकम निम्न बैंक खातामा ट्रान्सफर गर्न सकिने समेत फान युकेले अनुरोध गरेको छ।

AC No : 18112260   /     S Code :  30-84-79

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com