पब्लिक हेल्थ इंग्ल्याण्ड नेपाली भाषामा सूचनाहरु उपलब्ध गराउन सकारात्मक

लण्डन। पब्लिक हेल्थ इंग्ल्याण्डलाई नेपाली भाषामा सूचनाहरु उपलब्ध गराउन आग्रह गर्दै पठाएको पत्रको सकारात्मक जवाफ आएको छ।
यस अभियानका संयोजक एवम् एनआरएनए यूकेउपाध्यक्ष नारायण कँडेलले गत अप्रिल २० तारिखमा पठाएको पत्रको जवाफस्वरुप मे २२ मा लेखिएको पत्र बुधबार आइपुगेको हो ।

कानुनविद समेत रहेका कँडेलका अनुसार नेपाली भाषामा सूचना उपलब्ध गराउनका लागि गरिएको आग्रहबारे आवश्यक निर्णय लिन बेलायत सरकारको केन्द्रीय सञ्चार समुह ( सेन्ट्रल कम्युनिकेसन टीम ) मा पठाइएको जानकारी पब्लिक हेल्थ इंग्ल्याण्डले गराएको छ । यससम्बन्धी कुनै पनि निर्णयका विषयमा उक्त समुहबाट सिधै खबर गरिने बताइएको छ । पत्रमा बेलायतको लागि गोर्खाहरुले गरेको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुको स्वास्थ्य सुरक्षालाई महत्वका साथ लिइने उल्लेख गरिएको छ ।

बेलायतमा भूतपूर्व गोर्खासहित धेरै नेपालीलाई अंग्रेजी भाषा नबुझेका कारण समस्या भएपछि कँडेलले आवश्यक सूचना नेपालीमै उपलब्ध गराउने पहल थालेका थिए। एनआरएनए यूकेको तर्फबाट कँडेलले अभियानको संयोजन समेत गरिरहेका छन्।

पब्लिक हेल्थ इंग्ल्याण्डले अंग्रेजीका साथै हिन्दि लगायत केहि भारतीय क्षेत्रीय भाषा र युरोपियन भाषाहरुमा समेत सूचना र जानकारीहरु प्रकाशित गर्दै आइरहेको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com