पोर्चुगलका २५ नेपाली संघ-संस्थाद्वारा भारतीय अतिक्रमणको विरोध

– राजकुमार थापा

लिस्बन, पोर्चुगल । भारतले कालापानी क्षेत्रमा नेपाली सीमा र भू-भाग अतिक्रमण गरेको बिरोधमा युरोपेलीमुलुक पोर्चुगलका २५ नेपाली संघ-संस्थाका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित विरोधपत्र मे २५ तारिख लिस्बनस्थित भारतीय राजदुतावासमार्फत भारतका प्रधानमन्त्रीले नरेन्द्र मोदी समक्ष पठाइएको छ ।

राजधानी लिस्बनको अलमेदा पार्कमा भेला भएका संघ-संस्थाका प्रतिनिधिहरुले नेपालको राष्ट्रिय झण्डा, प्ले कार्ड, नेपाल सरकारले हालै जारी नेपालको राजनैतिक र प्रशासनिक नयाँ नक्सा सहित प्रदर्शन र छोटो कोणसभा गर्दै हुलाक मार्फत विरोधपत्र पठाएका छन् ।
बिरोधपत्रमा गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, जनप्रगतिशील मोर्चा, नेपाल आदिवासी जनजाति महासंघ, महिला समाज, नारी समाज, चितवन समाज लगायत पोर्चुगलमा क्रियाशील २५ नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।

बिरोधपत्र पठाएपछि छोटो प्रतिक्रिया दिदै एनआरएनएन पोर्तुगल अध्यक्ष तिलक गैरेले भने, “नेपालको सीमा रक्षाका खातिर प्रवासमा रहेका सम्पूर्ण नेपालीको पूर्ण ऐक्यवद्धता छ, राजनैतिक, कुटनैतिक सबै माध्यमहरुबाट वार्ता गरेर भारतद्वारा अतिक्रमित नेपालको भू-भाग फिर्ता ल्याउनु पर्छ, पोर्चुगलमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरु नेपाल सरकारको साथमा छौं ।”

लिस्बनमै भएको छुट्टै एउटा प्रदर्शनमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलको अगुवाइमा जुझारु नेपाली युवाहरुले नेपालको राष्ट्रिय झण्डा फराउँदै भारतीय अतिक्रमणको कडा रूपमा विरोध गरेका छन् ।

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com