भारतीय अतिक्रमणको नेपाली राजनीतिक पार्टीका संगठनहरुको बेलायतमा बिरोध (पत्र सहित)

(तस्बिरहरु : शिब भण्डारी )

लण्डन । बेलायतमा रहेका नेपाली राजनीतिक दल निकट संगठनहरुले भारतद्वारा नेपाली भूभाग माथि गरिएको अतिक्रमणको विरोधमा भारतीय हाई कमिसनमा हुलाक मार्फत संयुक्त रुपमा ज्ञापन पत्र पठाएका छन। बेलायतस्थित नेपाली काग्रेस, नेकपा, जनता समाजवादी पार्टी र राप्रपा निकटका पार्टी संगठनहरु एक ठाउँमा उत्रिएर भारतीय अतिक्रमणको विरोध गरेका हुन ।

भारतद्वारा नेपालको सीमा अतिक्रणको विरोध गर्नेमा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति (एनपिसीसी ) यूके, नेकपा निकट प्रवासी नेपाली एकता मंच(ओएनयूएफ) यूके, जनता समाजवादी पार्टी निकट नेपाली समाज युके र राप्रपा निकट प्रवासी नेपाली एकता समाज यूके छन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी पठाइएको उक्त ज्ञापन पत्र लण्डनस्थित भारतीय हाई कमिसन बेलायत मार्फत शुक्रबार रेनसलेनस्थित एक हुलाक कार्यालयबाट पठाइएको छ ।

ज्ञापन पत्र पठाउनु अघि रेनर्सलेनको हुलाक कार्यालय बाहिर नेपालको नयाँ नक्सासहित उपस्थित भएका नेताहरुले संक्षिप्त सम्बोधन गरेका थिए ।

बेलायत सरकारको गाइडलाइन अनुसार सोसियल डिस्ट्यासिङ कायम गरी संक्षिप्त प्रतिक्रिया दिदै एनपिसीसी यूकेका अध्यक्ष यूवराज गुरुङले सीमा अतिक्रमण कुटनीतिक माध्यमबाट चाडो भन्दा चाडो समाधान गर्नुपर्ने बताए । ‘मातृभूमी अतिक्रण विरुद्ध बेलायतमै भएपनि राष्ट्र्यिताका लागि एक ठाउँमा उभिएको छौं,’ उनले भने, ‘यसका लागि कुटनीतिक पहल पनि आवश्यक छ ।’

ओएनयूएफ यूकेका अध्यक्ष पुडासैनीले रास्ट्रिय एकतासहित प्रधानमन्त्रीले सीमा अतिक्रमणको विरोधमा उभिएको साथ दिनु पर्ने बताए । नेपाल र भारतीय जनताको सद्भाव लिएर अघि बढने उनले बताए । ‘प्रमाणका आधारमा अतिक्रमित भूभी फिर्ता गर्नु पर्छ’ , पुडासैनी भने, ‘यसका लागि हामी एकै ठाउँमा छांै । त्यसैले हामीले संयुक्त रुपमै विरोध गरेका हौं ।’

एनएसयूकेका अध्यक्ष चन्द्रवहादुर गुरुङ सुगौली सन्धी अनुसार तत्काल जमिन फिर्ता गर्न आग्रह गरे । ओएनयूएसका संस्थापक अध्यक्ष रोशन सापकोटाले सीमा अतिक्रमणको विरोध गरे ।

भारत सरकारले लिम्पियाधुरा, लिपुलेखमा नेपाली भूमी अतिक्रमण गरी चिन हुदै तिव्बतको मानसरोवर बाटो खोलेको थियो । सो अतिक्रमणको विरोधमा नेपाल सरकारले आफ्नो भूभाग भएको जनाउदै नक्सा समेत जारी गरेको छ । नेपाल सरकारको नयाँ नक्सा जारी गर्ने निर्णयको चौतर्फी स्वागत गरिएको थियो भने सीमा अतिक्रमणको विरोधमा विदेशस्थित नेपाली संघसंस्थाहरुले आ-आफ्नो मुलुकमा रहेका भारतीय दुतावासमा मार्फत भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र बुझाई रहेका छन ।

ओएनयूएफ यूकेले आफुसहित अन्य राजनीतिक दलका निकट संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गरेको ओएनयूएफका सचिव सुरेश गौतमले जानकारी दिए । एक साता अघि प्रवासस्थित कांग्रेसनिकटहरुले संयुक्त रुपमा सीमा अतिक्रमणको विरोध गरिसकेका छन ।

एनपिसिसि यूकेका अध्यक्ष यूवराज गुरुङ, ओएनयूएफ यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, एनएसयूकेका अध्यक्ष चन्द्रवहादुर गुरुङ र ओएनयूएस यूकेका संस्थापक अध्यक्ष रोशन सापकोटाले संयुक्त रुपमा ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन । पत्रको पूर्णपाठ :

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com