पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटनामा

काठमान्डौ। पाकिस्तानको कराचीमा एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको छ। पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्स (पीआईए)को उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।

कोरोना महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि हालै सञ्चालनमा आएको थियो।

ए-३२० मोडेलको सो विमानमा करिब एक सय जना यात्रु रहेको पीआईएका प्रवक्ता अब्दुल सत्तारले बताएको समाचारपत्रहरुले उल्लेख गरेका छन् । सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ पाकिस्तानी टिभीहरुले प्रसारण गरेका छन्। दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ। पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा केहिपनि बताएको छैन।

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com