चर्चामा नयाँ नेपाली नक्सा र अभिनेत्री मनिषा कोइराला

काठमाण्डौ। चर्चित अभिनेत्री मनिषा कोइराला अहिले विश्वसामु र खासगरी नेपाली र भारतीयहरु बीच पुन: चर्चामा आएकी छिन।

नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेकी अभिनेत्री कोइरालाविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई एक ट्वीटर प्रयोगकर्ताले जवाफ फर्काएका छन्‌। कोइरालाकै नामबाट सञ्चालित एक ट्वीटर ह्याण्डिलमा प्रयोगकर्ताले लेखेका छन्‌ – ‘श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन।’ नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले ‘हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद! यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं,’ लेखेकी थिइन्।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा जारी गरेपछि अभिनेत्री कोइरालाले सरकारी कदमको प्रशंसा गरेकी थिइन्। लगत्तै भारतीय मिडियाहरु र त्यहाँका केही मानिसहरुले कोइरालामाथि निकै तल्लोस्तरको टिप्पणी गरेका थिए।

यसैबीच नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com