म हार्दिन !

-सुरेशजङ्ग शाह

ऊ सहर पस्यो
गाउँ पस्यो
रेस्टुरेन्ट र पबहरूमा पस्यो
कलकारखाना पसल
कार्यालय र विद्यालय
पार्क र जिमसेन्टर
सबैतिर पस्यो
ढोका ढोका कुरी बस्यो
मिलनका अवसर हराए
भेटघाट हरायो
हेर्दाहेर्दै बाटो एक्लियो
सहर हरायो
उसको चहलपहल अझै बढ्यो
मनको चयन हरायो
चुलबुले रहर हरायो
सन्त्रास झन्झन् फैलियो
डरले घर बनायो !

शान्तिको आभा हरायो
ओठको मुस्कान हरायो
मुहारको चमक हरायो !
सनाट्टा संसारमा छाएको बेला
कठै …

आफ्नो त देशको
सीमा हरायो
मन
मुटु
लिपु
लिम्पियाधुरा
कालापानी सुस्ता
सिङ्गो देश दुखेका बेला
कोरानाको डर हरायो ।

 

– [संस्थापक तथा पूर्वअध्यक्ष :नेपाली साहित्य विकास परिषद् यूके (स्थापित १९९५),लण्डन ]
[प्रधान सम्पादक :लालीगुराँस साहित्यिक पत्रिका (प्रकाशन आरम्भ १९९६)]

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com