प्रवासी नेपाली एकता मंच यूकेको प्रेस बिज्ञप्ती

प्रवासी नेपाली एकता मंच युकेको दोस्रो बैठक अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षता १७ मे, २०२० आइतबारका दिन अनलाईनमा सम्पन्न भयो। बिभिन्न समयामयीक सन्दर्भमा र संस्थाको आन्तरिक र बाह्य गतिबिधी समेतका बारे छलफल भएको बैठकले बिभिन्न निर्णयहरू गरेको छ।

निर्णयहरु :-

१.नेपालमा हालै मित्रराष्ट्र भारतले नेपाली भुमि अतिक्रमण गरेर चीनको तिब्बत कैलाश मानसरोवर यात्राका लागि ८० किलो मिटर को पक्की धार्चुला लिपुलेक लिंकरोड निर्माण गरी ८ मे,२०२० का दिन उद्घाटन समेत गरेकोमा सार्वभौम मुलुक नेपालको भू भाग ९लिम्पियाधुरा, लिपुलेक र कालापानी० लाई भारतीय सिमाना भित्र राखेर भारत सरकारद्वारा १ नोभेम्बर २०१९ मा जारी गरिएको नक्साले नेपाली राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि विस्तारवादको नाङ्गो चरित्र प्रदर्शन भएको तथा सुगौली सन्धीदेखिका ऐतिहासिक तथ्य, दस्ताबेज र प्रमाणले नेपाली भूमि हो भन्ने प्रमाणित हुदा हुदै पनि पटक पटक नेपालको अस्मिता प्रति अतिक्रमण गर्ने यस्ता भारतीय रवैयाको प्रवासमा रहेका प्रवासी नेपाली हरूको तर्फबाट घोरभत्सर्ना गर्दै बेलायत स्थित नेपालका राजनितीक पार्टीहरू संग नजिकका सम्बन्ध भएका संघ संस्थागरू तथा गैर आवासीय नेपाली संघ युके समेत संग छलफल र समन्वय गरी यथासिघ्र भारतीय राजदुतावास लण्डन मार्फत भारतिय प्रधानमंत्री लाई एक ज्ञापन पत्र दिने ।

२. कोभिड(१९ को माहामारीमा यस संस्थाका सदस्यहरू मिलन केसी का पिता तथा सरस्वती केसीका ससुरा तथा बाग्लुंग जिल्ला अमलाचौर गाबिसका पुर्ब उपाध्यक्ष कर्ण बहादुर क्षेत्रीको लगायत बेलायतमा मृत्युहुने संपूर्ण नेपालीहरू लगायत यस महामारीमा संसारभरी जीवन गुमाउनुहुने संपूर्ण मानवजाती प्रती हार्दिक श्रद्धांजलि ब्यक्त गर्दै बेलायतका नेपालीहरूको बस्ती भएको क्षेत्र हरूमा राहतको रूपमा अत्यावश्यक सामग्रीहरू बितरण गर्न प्रवासी नेपाली एकता मंचको क्षेत्रीय स्वयंसेवक कमिटीहरू परिचालन गर्ने ।

३. प्रवासी नेपाली एकता मंचहरूले संयुक्तरूपमा प्रधानमंत्री राहतकोषमा सहयोग समेत गर्ने निर्णय गरेको छ। यसकालागी हाल कार्यसमितीका सदस्यहरूबाट मात्र सहयोग रकम संकलन गर्ने र नपुग हुनआएको खण्डमा साधारण सदस्यहरूबाट समेत उठाउन सकने निर्णय गरिएको छ।

४. प्रवासी नेपाली एकता मंच युकेले बिभिन्न क्षेत्रहरूमा गठन गरेको कमिटीहरू मार्फत कोभिड(१९ माहामरी ले असर पारेका नेपाली समुदायमा अत्याबस्यक बस्तु तथा सेवाहरू उपलब्ध गराउन कमिटीहरू सकृय गराउने र केही बॉंकी क्षेत्रमा यथासिघ्र कमिटीहरू बनाई सहयोग गर्ने निर्णय गरेको छ।

साथै, लकडाउन समेतका कारण नेपाल यात्रा गर्न नपाएका र जोखिममा परेका ब्यत्तीहरूको बारेमा नेपाल सरकारका सम्बंधित निकायहरू संग परामर्श गर्ने निर्णय गर्यो। यस कामको निम्ती भारत, मध्यपूर्व आदी देशहरूमा रहेका नेपालीहरुको सम्बेदनसिलता लाई समेत मध्यनजर राख्दै बेलायत स्थित नेपाली राजदुतावास तथा एनआरएनए लगायत बिभिन्न संघ संस्थाहरू संग सहकार्य गर्दै प्राथमिकताको आधारमा काम गर्ने निर्णय भएको छ ।

प्रवासी नेपाली एकता मंच यूके

शुरेस गौतम, सचिव

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com