भारतमा चौथो चरणको लकडाउन मे ३१ सम्म थप

नँया दिल्ली। भारतले कोभिड–१९ को उच्च सङ्क्रमणका बीच चौथो पटक लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आईतबार सम्पन्न हुन लागेको तेस्रो चरणको लकडाउनलाई लम्ब्याउँदै भारतले केही शर्तसहित मे ३१ सम्मअर्थात जेठ १८गतेसम्मका लागि १४ दिन थप्ने घोषणा गरेको हो ।

चौथो चरणको लकडाउनका लागि भारतले निर्देशिका समेत जारी गरेको छ । निर्देशिका बमोजिम केही पूर्वाधार निर्माण र उद्योग सञ्चालनको अनुमति दिइएको छ । लकडाउन लम्बिदै जाँदा करिब एक अरब ३० करोडभन्दा बढी जनसंख्या रहेको भारतमा जनजिवन कष्टकर बन्दै गएको छ । भारतको प्रमुख शहरमा जिविकोपार्जनका लागि गएका हजारौं प्रवासी श्रमिक दैनिक घरतर्फ फर्किदै आएका छन् ।

कोरोना सङ्क्रमण फैलने जोखिमलाई न्यूनिकरण गर्न बिगत् ५४ दिनदेखि लकडाउन गर्दै आएको छ । पहिलो पटक भारतमा मार्च २५ देखि अप्रिल १३ सम्मका लागि गरिएको लकडाउन दोस्रो पटक १४ अप्रिलदेखि ३ मे सम्मका लाथि थप गरेको थियो । तेस्रो पटक ४ मे देखि १७ मे सम्मका लागि थपिएको लकडाउन आज समाप्त हुँदै थियो ।

भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमण ९० हजार ९२७ जनामा पुष्टि भएको छ । ३४ हजार १०९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । कोभिड–१९ को सङ्क्रमणबाट भारतमा दुई हजार ८७२ जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यमा कोरोना भाइरसका सबैभन्दा बढी प्रभाबित राज्य हो । जहाँ करिब २५ हजार सङ्क्रमित छन् । महाराष्ट्र र तामिलनाडूले यसअघि नै लकडाउन मे ३१ सम्मका लागि थप्ने निर्णय गरिसकेको हो ।

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com