नेपालमा कोरोनाको संक्रमणले दोस्रो व्यक्तिको मृत्यु , लक्डाउन अझै लम्बियो

काठमाडौँ । नेपालमा सरकारले कोरोना भाइरसको जोखिम बढ्दै गएको निष्कर्षसहित जेठ २० गते मङ्गलबार मध्यरातसम्मका लागि बन्दाबन्दी (लक्डाउन) को अवधि थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी नै प्रभावकारी माध्यम भएको निष्कर्षसहित बन्दाबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो । चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएको हो ।

यसअघि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दीको अवधि बढाउन सिफारिस गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । प्रवक्ता डा.खतिवडाले भन्नुभयो, “सामान्य आर्थिक जीवन र बन्दाबन्दीलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यतासाथ मोडालिटीबारे छलफल भइरहेको छ ।”

उहाँले विदेशबाट आएर क्वारेन्टाइनमा रहेको अवस्थामा पनि स्वास्थ्य सजगता अपनाएर उत्पादन र श्रमसँग युवा जनशक्तिलाई जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसअघि सरकारकाले गरेको कृषि, औषधि उपचार, साना तथा ठूला आयोजना, खाद्यान्न, निर्माण सामग्रीसम्बन्धी उद्योग आवश्यक स्वास्थ्य सजगता अपनाएर सञ्चालन गर्न सकिने निर्णय यथावत् रहेको जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइनको क्षमता र स्तरबृद्धिको विषयमा समेत छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले एम्बुलेन्सबाट विरामी ओसारपसार गर्दा समेत भाइरस सर्नसक्ने र ढुवानीको साधनबाट अनावश्यक मानिस आवतजावत गरेको समेत पाइएको चर्चा गर्दै बन्दाबन्दीको औपचारिक ‘मोडालिटी’अब बस्ने उच्चस्तरीय समितिको बैठकले निर्णय गर्ने जानकारी दिनुभयो।

यसैबीच नेपालमा दोस्रो व्यक्तिकोपनि कोरोनाकै कारण मृत्यु भएको  छ। बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवक नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को नयाँबस्तीका स्थानीय बासिन्दा ती युवक पछिल्लो पटक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएको उनका काकाले बताएका छन् ।

मृतकका काकाका अनुसार १५ वर्षको उमेरदेखि नै मुम्बईको होटलमा काम गरिरहेका ती युवक यसपटक धेरै दिन मुम्बई बस्न सकेनन् । लकडाउनले गर्दा उनको होटल बन्द भएपछि उनलाई त्यहाँबाट निकालियो ।ती युवकलगायत गाउँका अन्य थुप्रै युवा मुम्बईबाट कतै पैदल त कतै ट्रक ट्याक्टर गरेर एक साताअघि सिमानामा पुगेका थिए । वैशाख ३० गते उनलाई गाउँपालिकाको पहलमा भित्र्याएर दीपेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो ।

सात वर्षअघि भारतको नासिरगन्जमा विवाह गरेका मृतकका एक छोरा र एक छोरी छन् । छोरा ५ वर्षका छन् भने छोरी ११ महिनाकी रहेको उनका आफन्तले बताएका छन् ।

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com