बेलायतमा नेपालीको घरमा आगोलागी, घरभित्र दियो र मैनबत्ति नबाल्न आग्रह

लण्डन । बेलायतमा पूर्व गोर्खा र ठुलो संख्यामा नेपालीहरुको बसोवास रहेको फार्नबरोमा एक नेपालीको घरमा आगलागी भएको छ। घरको माथिल्लो तला बाट सुरु भएको आगलागीले भुईंतलामा समेत ठूलो क्षति पुगेको छ।

रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसीका अनुसार शुक्रबार मध्यान्ह १२ बजेतिर पूजा गर्ने क्रममा बालिएको बत्तीबाट आगलागी भएको हो। जलेको घर फार्नबरोको ‘कर्मादन क्लोज’ स्थित खगराज थापाको भएको समेत काउन्सिलर केसीले जानकारी दिए। काउन्सिलका लिडर संग समेत आफुले कुरा गरेको बताउदै उनले पिडित घर परिवारका सदस्यहरुलाई हाल काउन्सिलले अस्थाई बसोबासको ब्यबस्था गरिएको र सोमबार अफिस खुलेपछि थप आबस्यक सहयोग गरिने समेत हिमालयमेल लाइ बताए । पुजाको लागि बालिएका बत्ति र मैनबत्तीबाट आगलागी हुनेहुदा घरभित्र त्यसो नगर्न र गर्नैपरे स्थानीय मन्दिर वा गुम्बामा गएर गर्न पनि काउन्सिलर केसीले सबैसंग अनुरोध गरेका छन् ।

उक्त आगलागीबाट मानवीय क्षती नभएको र परिवारका सबै सदस्य सकुशल रहेको तर घरमा भएका लत्ता कपडा देखी विभिन्न प्रकारका सामानहरु जलेर नष्ट भएको ग्रेटर रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेले बताए । स्थानीय फायर ब्रिगेडका स्टेशन कमान्डर रिचार्ड ओरामले आफुलाई एक इमेल लेख्दै घटनाको बारेमा जानकारी दिएको बताउदै बेल्वासेले उक्त घरमा ‘स्मोक डिटेक्टर’ नभएको र छिमेकी केहि नेपालीका घरहरुमा समेत नभएको पाइएकोले निशुल्क जडान गरीदिएको समेत ओरामले इमेलमा उल्लेख गरेको बताए ।

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com