कोरोनाका कारण पहिलो मृत्युभएकी महिला उपचारको लागि धामीझाँक्रीकोमा गएको खुलासा

काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकनिवासी २९ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ । मृत्यु भएको महिलामा कोरोना सङ्क्रमित रहेको हुनसक्ने सम्भावनापछि शनिबार दिनभरि धुलिखेल अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन हुनु अघि ती सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न सिन्धुपाल्चोकको बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयहरुलाई उधृत गर्दै समाचारमा जनाएको छ। उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलिखेल लानुअघि एक युवकले माेटरसाइकलमा राखेर धामी झाँक्रीलाई देखाउन लगेकाेमा त्यसका लागि स्थानीय महिलाका परिवारजन र स्थानीय युवाले सहयोग गरेकाे बताए ।

पछि एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो । बाह्रबिसेका प्रहरीले एम्बुलेन्समा राखेर उपचारका लागि पठाएका थिए ।

सुत्केरी व्यथाले महिला वैैशाख २३ गते काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी थिइन्। वैशाख २४ गते अस्पतालमा सामान्य रुपमा सुत्केरी भएकी थिइन् । वैशाख २५ गते डिस्चार्ज भई महिलालाई बाह्रबिसे नगरपालिका ९ राम्चेमा अवस्थित ठोटनेरीस्थित घरमा ल्याइएको थियो । महिलालाई बाेलेरो गाडीमा हालेर घर ल्याइएको थियो ।

घरमा ल्याएपछि महिलालाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि स्थानीयले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराएका थिए । केन्द्रमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा बिहीबार साँझ पुर्याइएकाे थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

Mobile Sliding Menu

Himalayamail.com