भी सी कुलबीर थापाको सालिक निर्माणार्थ इन्टेक २००० द्वारा चेक हस्तान्तरण

फानबरो। ग्रेटर रशमोर नेपाली कम्युनिटीको प्रोजेक्ट भी सी कुलबीर थापाको सालिक निर्माणार्थ इन्टेक २००० द्वारा ११ सय ६० पाउण्ड आर्थिक सहयोग प्रदान भएको छ। स्थानिय रशमोर ब्रो काउन्सिलको प्रांगणमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष राम धन राइलाइ इन्टेक २००० WO1 (आर एस एम ) गिरि लिम्बुले सो रकमको चेक हस्तान्तरण गरिएको ग्रेटर रशमोर नेपाली कम्युनिटीकि महासचिव प्रमिला राईले हिमालयमेल लाइ बताइन।

उक्त कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेलबासे, सल्लाकार एवं प्रोजेक्ट संयोजक मेजर खिम गौचन, सल्लाहाकार टाम ढेगा, कोषाध्यक्ष टोप पल्ली र इन्टेक २००० का सारजन तथा इन्टेक सेक्रेटरी आनन्द राइ समेतको उपस्थिति रहेको थियो।

वर्तमान कोरोना भाइरसको महामारी तथा सरकारको निर्देशिकालाई मध्यनजर गर्दै सामाजिक दूरीलाइ बिशेष ध्यान दिइएको थियो। गोर्खा मेरोरियल प्रोजेक्ट र ग्रेटर रुश्मूर नेपाली कम्युनिटीले हार्दिक धन्यवाद समेत ब्यक्त गरेका छन् ।

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com