कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

– तिरोद घिमिरे

मार्च २५ को साँझ अचानक एक मित्र ले “तत्काल मेरो ग्रोसरी स्टोर मा आउनु पर्यो ” भनेर तुरुन्त फोन राख्नु भयो। सधैँ के छ कसो छ भनि परिवारको हालखबर सोध्ने मित्रले अचानक त्यति भनेर फोन राख्दा म आश्चर्य मा परेँ। के भएछ भनि खुल्दुली बढ्न थाल्यो। महामारी बीच त्यसरी फोन आउँदा डर पनि लाग्यो।
काममा पनि निकै चाप थियो। महामारी को भय र सम्भावित असरले सबैलाई आक्रान्त पारेको थियो। काम सकाई -वरि प्लमस्टेड स्थित साथीको त्यो पसलमा गएँ। थामिनसक्नु भीड थियो। रयाकहरु सबै खाली थिए। एक हिसाबले अफरा तफरी को अवस्था थियो। साथी सँग भेट भयो। मेरो लागि २ बोरा चामल, केहि किलो दाल र नुन मसला राखिरहनु भएको रहेछ। भीड थियो पैसा पछि दिनु होला भनेर सामान गाडी मा हालिदिनु भयो। खुसी पनि लाग्यो। यस्तो अप्रत्यासित घटनाले केहि दुःख निम्त्याउने पो हो कि भन्ने हाउगुजी ले मनमा च्वास्स हान्यो।
महामारीको बिचमा पनि अग्रपंक्तिमा काम गर्ने भएकाले बिदा थिएन। विदेशको ठाउँ काम र माम समानान्तर चल्ने हुँदा हातखुट्टा चलेसम्म काम गर्ने मनसाय हुन्छ। डरलाई साथमा लिईकन काममा गैरहेको थिएँ। अप्रवासीको कुरा छोडौँ बृटिशहरु पनि निकै डराएको अवस्था थियो, सरकारको रोग-प्रतिरक्षत्मक क्षमतामाथि ठुलै प्रश्न चिन्ह खडा थियो।

मार्च २६
श्रीमती नेपाल गएको हुनाले घरमा १३ वर्ष की छोरी र मा मात्रै थियौँ। खान खाईवरी सुत्न गयौँ। राति २ बजे अचानक असजिलो भएर उठें। कम होला कि भनेको दुखाई झन् बढ्दै गयो। परदेश को दुःख , त्यस्तो दुखाई बीच पनि सबै भन्दा बढी याद कार्यालयको आयो। रातभर खुल्ने भएकाले सबैभन्दा पहिले कार्यालय फोन गरेर भोलि आउन नसक्ने जानकारी गराएँ।

मार्च २७
टाउको दुखाई कम भएको थियो , डाक्टरलाई फोन गर्न परेन झैँ माने। घरको नियमित काम गर्न लागेँ। त्यो दिन साँझ बाट टाउको बेस्सरी दुख्न थाल्यो। शरीर अचानक चिसो हुन थाल्यो। शरीरको दुखाई र एकदमको चिसो ले रातभर सुत्न सकिन।

मार्च २८
बिहान डाक्टर लाई फोन गरेँ। लक्षण सुनेपछि डाक्टर ले Mild Covid-19 वा UTI (Urinary Tract Infection) हुनसक्ने अनुमान लगाए। मैले सुनेको थिएँ Covid-19 मा फ्लू ,छाती दुखाई वा खोकी हुन्छ भन्ने । डर ले हो वा Covid नभए हुन्थ्यो भन्ने कामना ले covid होइन होला भनेर आफू विश्वस्त भएँ। डाक्टरले भने नयाँ रोग भएका कारण यसको लक्षण किटान गरेर भन्न नसकिने बताए।
मलेरिया होकी भन्ने पनि लख काटे। दक्षिण एसियाका मान्छेमा मलेरियाको संक्रमण हुनसक्छ भन्ने उनको पूर्वाग्रहले त्यसमा बल दिएको हुनुपर्छ। दुई वर्ष देश बाहिर नगएको र खोप लगाइराखेकोले मलेरिया नहोला भन्ने भयो।
डाक्टरले Paracetamol र Vitamin C नियमित खान सल्लाह दिए। ज्वरो आईरहन्थ्यो , टाउको बेस्सरी दुख्थ्यो। Paracetamol ले हल्का कम भएको भान हुन्थ्यो। त्यति भईसके पछि छोरीलाई आफन्त को मा पठाएँ। बाबु भैसकेपछि सन्तानको असिम मायाले आफैं काम गर्ने रहेछ।

अप्रिल २
तीन दिन त्यसै बित्यो। नियमित औषधि सेवन गरिरहेको थिएँ। UTI टेस्ट negative आए पछि कोभिडले छोएको पक्का भयो। कोभिड को लक्षण हल्का भएकोले र स्वाब को उपलव्धता नभएकाले स्वाब परीक्षण भएन। हल्का ज्वरो र टाउको दुखाई मात्र भएकोले ठिक हुन्छु जस्तै लाग्यो। तर त्यस्तो भएन ,दिनहरु काट्न गार्हो गार्हो मान्दै थिए । एक्लै पकाउने खाने गर्दै थिएँ। सर्ने डरले कसैकोमा जान वा कसैलाई बोलाउन पनि मन लागेन। प्रत्यक ४-४ घण्टामा खाने Paracetamol ले जसोतसो भरथेग गरिरहेको थियो।
त्यतिबेला मन निकै भयभित हुन्थ्यो। श्रीमती, छोरी, आमा-बुबा,आफन्तको धेरै याद आउंथ्यो। टिभी खोलेर हेर्दा झन् विरक्त लाग्थ्यो। इटालीमा लाश पनि लावारिश भएको घटना ले सबैभन्दा क्षत बिक्षत बनाएको थियो।

मनमा धेरै कुरा खेल्थे। औषधी पत्ता लागेको छैन, पुरै संसार हायल कायल भएको छ, एक्लै छु भन्ने कुराले अलिकति बाँकि रहेको आशाको घाँटी निमोठीरहन्थ्यो। तर अरु रोग नभएकोले ,वृद्ध उमेर नभएकोले र आफन्त , छिमेकी , साथीभाईको निरन्तर सहयोगले हिम्मत हारेको थिईन।
विशेष गरि यहाँ रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाई को साथ – सहयोग ले ठूलो आँट दियो। केही हुँदैन हामी छँदै छौं नि भन्दा पनि ठुलो सन्तोष हुने रहेछ। अरुबेला नजर-अन्दाजहुने हाम्रो सामाजिक संस्कृतिको महिमा आफुलाई पर्दा नबिर्सिने गरि पाएँ।

अप्रिल १०
छाती दुख्न बढी भएकोले दिवा २ बजे अस्पताल फोन गरेँ। फोनबाटै नर्सले मेरो लक्षण सोधिन् र सुन्ने बित्तिकै डाक्टरलाई फोन ट्रान्सफर गर्दिइन्। लक्षण सुन्ने बित्तिकै डाक्टर ले भने ” तपाई एक्लै हुनुहुँदो रहेछ , Emergency मा जानु वा नभए सम्हालिन सक्नु हुन्छ भने anti – biotics दिन्छु भने। द्वविधामा परें।
द्विविधाको मुख्य कारण थियो A & E (Accident and Emergency) को सुनिएको दर्दनाक अवस्था। यहाँको स्वस्थ सेवामा काम गर्ने साथीको अनुसार A& E मा Mild र severe Covid बिरामीको अन्तर गरिएको थिएन। आफुलाई हल्का लक्षण थियो त्यहाँ गएपछि हालत अझै बिग्रिने पो हो कि भन्ने डर लग्यो। फेरी NHS (National Health Services) को प्रभावकारितामा त्यहींका विभिन्न संचार-माध्यमबाट सुनेकोले नजाने ठुलो निर्णय गरेँ।

अप्रिल ११
डाक्टरको सल्लाह अनुसार Antibiotics लिन थालेँ | पखाला सुरु भयो। सल्लाह गर्दा डाक्टरले Side-effect हो भने|
दबिएको भएपनि नेपाली नयाँ बर्षको उल्लास सामाजिक संजालबाट हेरिरहेको थिएँ। निन्याउरो लाग्थ्यो। मैले के बुझें भने जतिबेला मा दुखि हुन्थेँ त्यति बेला रोगले झनै बेस्सरी च्याप्ने रहेछ। आफैलाई सम्झाएँ। रोगमाथि विजयप्राप्त गरेपछिको आफ्नो भविष्य सम्झिएँ। त्यो कुराले पनि धेरै आँट दियो।

अप्रिल १२
टाउको दुखाई त कम भयो तर पखाला र चिसोले छोडेको थिएन। मन भित्रै बाट कोरोनाको असर कम भएको झैँ भयो। लक्षण कम भए पछि मात्र सास आएको जस्तो भयो। फेरी बल्झेला कि भन्ने डर चाहिं लागिरहन्थ्यो ।
धन्य ! साचिकै कोरोनाले आफ्नो असर छोडिसकेको रहेछ। बिस्तारै शारीर हलुको हुँदै आयो। खाना रुच्न थाल्यो। हिँड डुल सजिलो भयो। जचाउदा कोरोनाको अवासेश बाँकि नरहेको पाइयो।

नयाँ जिन्दगीनै पाएको महसूस भयो। यो आलेखको सब्दहरुले मलाई त्यति बेला लागेको भय, डर, त्रास कुनै पनि हालतमा आत्मासाथ गर्न सक्दैनन्। अहिले सम्झिंदा ठुलै युद्ध जितेको हुँ भन्ने लाग्छ। जिन्दगि अब सधैँभर कोरोना अघि र कोरोना पछि हुनेछ जस्तो लागिरहेको छ।
मलाई गार्होमा अनवरत साथ दिनुहुने यहाँका साथी-भाई, आफन्त र मेरो परिवारप्रति हार्दिक कृतज्ञ छु, संधै भरि रही रहनेछु। ढोका अगाडी समान राखिदिनुभएको क्षण म बाँचुन्जेल म संग मिठो स्मृति स्वरूप रहिरहनेछ।

यो रोगले मलाई धेरै कुरा सिकाएको छ। अरु रोग छैन, उमेर पनि साथमा छ, मलाई के कोरोना लाग्ला भन्ने सोच्थेँ, लागेको दिन महसूस भयो मैले आफैं भित्र सिशाको महल बनाएको रहेछु, लागेको थाहा हुने दिननै त्यो चकनाचुर भयो। यसले सिकाएको अर्को कुरा- रोग बिरुद्ध लड्ने सबैभन्दा ठुलो अस्त्र अत्मबिश्वाश नै रहेछ। माथि उल्लेख गरिसकें मा दुखि भएको दिन रोगले बढी च्यापेको महसुस हुन्थ्यो, खुसि भएको दिन, कोहि सँग बोलेको दिन अलि कम।

अन्त्यमा , डाटफोर्ड नेपलिज कम्यूनिटी , साथीभाई ,बेलायत र नेपाल मा रहनुभएका मेरा आफन्त , सहयोगी , परिवार र मेरो यो अनुभब लेख्न मलाइ अभिप्रेरित गर्नुहुने मित्र बिपिन निरौला प्रति हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्दछु।जसलाई कोरोना लागेको छ, त्यो रोग सँग लडेर आएको हिसाबले म भन्छु खान-पिनमा ध्यान दिनुहोस, मनोवल उच राख्नुहोस , यो रोगको डर भन्दा तपाईंलाई माया गर्ने मान्छे सम्झनुहोस, यो परजीवी अवश्य पराजित हुनेछ।

(माइक्रोबाइलोजी बिषयमा बि एस्सी गर्नुभएका बेलायत निवासी घिमिरे बिगतमा मेडिकल ट्रांस्क्रिप्टर पनि हुनुहुन्थ्यो)

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com