कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

– सम्बाददाता

स्कटल्याण्ड। नेपालको गुल्मी जिल्लामा जन्मिएर बेलायतको स्कटल्याण्डलाइ कर्म थलो बनाएका काशिराम भण्डारी एक सफल रेस्टुरेन्ट ब्यबशायी र समाजसेबी ब्याक्तित्व हुन् । अहिले उनका ३ रेस्टुरेन्ट र एक होटेल संचालनमा छन् । काउडनविथमा रहेको नमस्ते सिमला प्यालेस रेस्टुरेन्ट बाट करिब ४०० जना लाइ पुग्ने गरि स्थानीय क्विन मार्गरेट हस्पिटलका ‘एनएचएस फ्रन्टलाइनर’ स्वास्थ्यकर्मीहरु , स्कटल्याण्ड प्रहरी र स्थानीय सामुदाइक हलमा रहेका बृद्धबृद्धा र अशक्त लाइ निशुल्क खान उपलब्ध गराएका उनले सो क्रम अझै जारि राखेका छन् ।

त्यसैगरी नपाल बाट आएका स्कटल्याण्डका विभिन्न युनिभर्सिटीमा अध्धयनरत बिधार्थी हरुलाइ आफ्नो व्यक्तिगत तबरवाट कसैको घर् भाडा त कसैलाइ खाधान्न उपलब्ध गराएका छन् । ‘सेवा नै धर्म हो’ भन्नेमा विश्वास राख्ने काशिराम समाजमा आइपर्ने दुख , सुख र सहयोग दिनेमा सधै अग्रपंक्तिमा हुन्छन ।

मेहनति , कर्मठ र सहयोगी भावानाका काशिराम , बिशुद्ध सामाजिक कार्य गर्दा गर्दै पनि केहिले दुरुस्थाहित गर्न लागि परे पनि आफु समाज सेवा बाट कहिले पनि बिचलित नहुने विश्वास गर्द्छन । यहाँ काम केहि नगर्ने अनि खादा माला र नाम सधै चाहिने भन्दै सामाजिक बिकृति प्रति कटाक्ष गर्छन । गत वर्ष आसन्न एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषदकोअध्यक्षका उम्मेदवार समेत रहेका काशिराम भन्छन- “समाजसेवा गर्नलाई पद भन्दा पनि मन ठुलो रहेछ।”

केहि वर्षअघि बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन लाइ समेत आफ्नो एक रेस्टुराको उद्घाटन समारोहमा निम्त्याउन उनी सफल भएका थिए।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com