एनआरएनए युरोप संयोजक नारायण आचार्य भन्छन- "५० हजार युरो सहयोग रकम उठाउने सोच थियो"

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित नेपालीहरुको सहयोगार्थ युरोप क्षेत्रमा मात्र करिब २७ हजार युरो संकलन भएको बताएका छन् । हिमालयमेल डटकम संग कुरा गर्दै संयोजक आचार्यले ५० हजार युरो उठाउने लक्ष्य रहेकोमा आइसीसी सचिवालयले सबै प्रोसेसलाइ आफ्नो नियन्त्रणमा राख्न खोजेकोले आफुले बनाएको योजना अनुरुप तिब्र गतिमा सहयोग रकम उठ्न नसकेको गुनासो गरे ।

अब चाडै नै युरोपमै च्यारिटी जस्तै “एनआरएनए फ़ाउण्डेशन” दर्ता गरिने र सो मार्फत सहयोग रकम संकलन गर्न सहज हुने पनि युरोप संयोजक आचार्यले जानकारी दिए। उनका अनुसार हाल एनआरएनएलाइ ओन्लाइन मार्फत दिइएको चन्दा सहयोग रकम जापानको एनसीसी मा जम्मा हुन्छ, त्यसपछि मात्र सम्बन्धित देशको एनसीसी मार्फत पिडितलाई प्रदान गर्ने गरिन्छ। त्यस बाहेक अरु कतिपय रकम नेपालमा रहेको एनआरएनएको बैंक खातामा जम्मा भएरपछि मात्र अनि युरोप लगायत विदेश तिर ट्रान्सफर हुन्छ , जुन दोहोरो र झन्झटिलो भैरहेको उनको कथन छ । एनआरएनए फ़ाउण्डेशन दर्ता र गठन भएपछी युरोपका एनसीसी र सहयोगी चन्दादाताले दिएको चन्दा सहयोग सहज र सजिलै युरोपमा रहेका पिडित नेपाली दाजु-भाइ , दिदि-बहिनी हरुलाई प्रदान गर्न सकिने आशा एबम बिश्वास लिएको आचार्यले हिमालयमेल लाइ बताए ।

यसैबीच संघको युरोपेली कोषमा हालसम्म नेदरल्याण्ड ,बेल्जियम,अष्ट्रिया, स्वीजरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड, लग्जम्वर्ग, माल्टा र रसियामा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समितिहरुले सहयोग गरेका छन्।

एनआरएनए कोरोना प्रभावित युरोप क्षेत्रका एनसीसीहरुलाई २० हजार डलर आर्थिक सहयोग निकासा गरिसकेको छ । कोरोनाले प्रभाबित बनेका ५ वटा युरोपेली मुलुकहरुमा रहेका गैर आबासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको छ। संघले स्पेन र पोर्चुगललाई ५ – ५ हजार डलर, ईटालीलाई ४ हजार डलर तथा साईप्रस र माल्टाका लागि ३ -३ हजार डलर छुट्टाएको जानकारी आचार्यले हिमालयमेल लाइ दिए ।

एनआरएनएले केन्द्रिय तहमा केन्द्रिय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ‘कोभिड-१९ उच्चस्तरीय समिति’ गठन गरेर कोरोना बिरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान चलाइरहेको छ भने विभिन्न राष्ट्रिय समितिले पनि त्यस प्रकारका समिति गठन गरेर राहत संकलन तथा वितरणको अभियान चलाइरहेका छन ।

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com