विश्वयुद्ध जित्नु छ ! (कविता )

सुरेशजङ्ग शाह

ए पहाडहरू !
तिमी पहरा देऊ
छितिजलाई छेकेर
छिर्न नदेऊ कोरोनाहरू
झर्न नदेऊ ताराहरू
इन्द्रेणीका रङ्गहरूमा
मुस्कानहरू सजाउनु छ !

एक मुट्ठी सासको बन्धायकरणमा लम्केको
हजारौँ मुस्कानहरूको अपहरणमा निस्केको
चोर झैँ लुकीछिपी विश्व युद्धमा हिँडेको
त्यो कालो कोरोनासँग लड्नु छ
फेरि यहाँ एउटा अर्को
विश्वयुद्ध जित्नु छ !

ए चट्टानहरू !
उभिदेऊ ढाल बनेर
छेकिदेऊ छिद्रहरू
रोकिदेऊ बाटोहरू
उद्यानका फूलहरूमा
खुसीहरू सझाउनु छ !

मान्छेको विनाशमा लम्केको
हजारौँ मुस्कानहरू छिन्न निस्केको
कालरात्रीको उत्सव मनाउन अदृश्य हिँडेको
त्यो कालो कोरोनाको गर्भ निरोध गर्नु छ
फेरि यहाँ एउटा अर्को
विश्वयुद्ध जित्नु छ !

ए कोटीकोटी मनहरू !
कसिदेऊ मुठ्ठीहरू
ढल्न नदेऊ साहसहरू
निभ्न नदेऊ आवाजहरू
यो धर्तीको माटोमा
जन्मोत्सव मनाउनु छ !

जन्मदिन खोस्न लम्केको
आँसुको सागर बनाउन निस्केको
सभ्यताको विनाशमा हिँडेको
त्यो कालो कोरोनासँग लड्नु छ
फेरि यहाँ एउटा अर्को
विश्वयुद्ध जित्नु छ !

ए बन्दकोठाका आवाजहरू !
हराउन नदेऊ धड्कनहरू
गुम्न नदेऊ उत्साहहरू
अस्थाउन नदेऊ आशाहरू
इतिहासका पानाहरूमा
कथा विजयको लेख्नु छ ।

रहरहरू खोस्न लम्केको
भरोसाहरू तोड्न निस्केको
मानववस्ती फडानीमा हिँडेको
त्यो कालो कोरोनासँग लड्नु छ
ढोका थुनेर बन्द कोठाबाटै सही
फेरि यहाँ एउटा अर्को
विश्वयुद्ध जित्नु छ !

– संस्थापक तथा अध्यक्ष
नेपाली साहित्य विकास परिषद् यू के
स्थापित १९९५(२०५१ वि सं), लण्डन

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com