भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सिक्किम। भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

समाचारअनुसार स्थानीय स्तरको छलफलको क्रममा दुवैतर्फका सुरक्षाकर्मीबीच भनाभन सुरु हुँदै मुक्कामुक्कीसम्म पुगेको थियो । यसअघि सन् २०१७ को अगष्टमा भारतको लद्दाखसँग जोडिएको सीमाक्षेत्र पाङ्गोङमा समेत यसै प्रकारको विवाद भएको थियो । हिन्दूस्तान टाइम्सले विवादमा एकसयभन्दा बढी दुबैतर्फका सेनाको संलग्नता रहेकोमा ११ जना घाइते भएको उल्लेख गरेको छ । सात जना चिनियाँ र चारजना भारतीय सेना घाइते भएको समाचारमा उल्लेख गरिएको छ ।

स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले यसप्रकारको विवाद दुवैतर्फका सुरक्षाकर्मीले स्थापित प्रटोकोलबमोजिम आफैँ समाधान गर्दै आएका छन् । विवादबारे दुबै देशका सरकारी अधिकारीहरूले भने पुष्टि गरिसकेका छैनन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com