कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

– डा. माधव विष्ट , बरिष्ठ मुटुरोग बिशेषज्ञ

चिनको वुहानबाट फैलिएको कोरोना( कोभिड-१९) , मार्च २०२० यता चिन भन्दा बाहिर को मुलुक मा बढि संख्यामा देखिएको छ र विश्वमै अहिले द्रुत गतिमा बढिरहेको छ । कोरोनाले मुटुमा नराम्रो असर गर्ने र मुटु रोगीहरुलाइ अरु रोगीहरुको तुलनामा बढि मात्रामा रोगले सताउने र मृत्यु हुने विभिन्न अध्धयनले देखाएको छ ।

कोरोना भाइरस (सार्स कोभ) ले २००२ मा सार्स (SARS) गराएको थियो, (MERS-CoV) कोरोना भाइरस ले २०१२ मा (MERS) गराएको थियो भने अहिले आएर २०१९ मा (SARS CoV-2) कोरोना भाइरस ले COVID-19 गराएको भेटिएको छ ।

(SARS CoV-2) कोरोना भाइरस COVID-19 कहा बाट आयो भन्ने कुरा मा अहिले सम्म कुनै यकिनले भन्न सकिने ठाऊ छैन । कसैले भन्छन्न चमेरो बाट कसैले भन्छ्न्न वुहान्को ल्याब बाट निस्किएको भनेर !

कोरोना भाइरस COVID-19 ले कसरी संक्रमण (इन्फेक्ट) गर्छ ?

कोरोना भाइरस हाम्रो शरिर को ACE2 Receptor मा टासिने गर्दछ । यो Receptor हरु फोक्सो, मुटू, आन्द्रा, रगतको नलि र किड्नि मा हुन्छन । अनि मुटु र रगतको नलि मा टासिए पछि हाम्रो शरिर को inflammatory सिस्टम एक्टिभेट हुन्छ, त्यसपछि रक्तचाप बढ्ने, मुटुको रगतको नलि मा बोसो बढ्ने, बिधुतिय गड्बडि हुने, मुटुको मासु मर्ने र मुटु फेल हुन पुग्छ । अन्त्यमा ‘इन्फेक्सन’ फैलिएर सबै अङ्गमा असर पुगे पछि ‘मल्टि अर्गान फेलर’ (सबै अङ्गले काम गर्न छोड्नु) हुन पुग्छ र मान्छेको मृत्यु हुन्छ ।

कोरोना भाइरस COVID-19 का लक्षणहरु :

हात मिलाउनाले सबैभन्दा चाडै एक ब्यक्ति बाट अर्कोमा सर्ने गर्छ। त्यसपछि हाछ्यिउ गर्दा र खोक्दा ।
लक्षण भएका र नभएका दुबै थरिका ब्यक्तिबाट सर्न सक्छ । लक्षण देखिने समय अबधि ४-५ दिन हो तर २-३ हप्ता पनि लाग्न सक्छ । लक्षण देखिने समय अबधि ४-५ दिन हो तर २-३ हप्ता पनि लाग्न सक्छ । कहिले काहि यस रोगमा मान्छेलाई थाहा नै नपाई रोग लागिसकेर निको पनि भैसक्छ। अध्ययन अनुसार, ज्वरो र सुख्खा खोकि नै सुरुवाति मुख्य लक्षण हुन । नाकबाट पानी बग्ने हुदैन तर कहिलेकाही वाक वाक लाग्ने, पखाला हुन सक्छ । समस्या जटील हुदै गए पछि जटील निमोनिया को लक्षण देखिदै जाने गर्दछ । उमेरको हिसाब ले मृत्युदर पनि घट्बढ हुने गरेको पाइएको छ । ५० वर्ष कम उमेरमा १% मृत्यु दर , ५० मा १ देखि ३%, ६० वर्ष को मा ३ देखि ६% , ७० वर्ष मा ८% र ८० वर्षको आसपासमा ८ देखि १४ % रहेको पाइएको छ । र अन्य रोग भएको अबस्था मा अनि रोगको किसिम अनुसार मृत्यु दर फरक फरक देखिएको छ । मुटुरोगी हरुमा १० देखि १५ % , सुगरका रोगीहरुमा ७ देखि १३ % दम् का मा ६ देखी १३ %, रक्तचाप का मा ६ देखि १० % र क्यान्सर मा ५ – ६ % पाइएको छ ।

मुटुको मासुमा क्षती :

चिनमा गरिएको को एक अध्ययन अनुसार, ४६२४८ जना कोरोना सङ्क्रमित मा (17±7)% उ्च्च रक्तचाप का बिरामीहरु, (8±6) % सुगर का बिरामीहरु, र (5±4)% मुटुका बिरामीहरु रहेका छ्न ।
यस्तो प्रकारको सम्बन्ध को कारण हुनुमा बढ्दो उमेर, रोगसङ्ग लड्ने छ्मता को कमि , ACE2 Receptor बढि मात्राम पाइनु र रोगीहरु को समपर्कमा आउनु आशङ्का गरिएको छ ।

कोरोनाले मुटुमा कसरि मुटुको मासुलाई नस्ट गरी मुटु कम्जोर बनाउछ भन्ने एक्ज्याक्ट तरिकाको बारेमा अहिले सम्म अनि अध्ययन भइनैरहेको छ । बिस्वस्निय र भरपर्दो तरिका चाहि ACE 2 Receptor को माध्यम बाट , अक्सिजन को कमि भई Cytokine स्त्रोम ले गर्दा मुटु फेल हुने गरेको पाइएको छ ।

– डा. माधव विष्ट
(इन्टरभेन्सनल कार्डियोलोजिष्ट)
नेशनल हार्ट सेन्टर सिंगारपुर (एनएचसिएस)
हाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
बिराटनगर, नेपाल ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com