बलिउडका अर्का प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

लण्डन । बलिउडका अर्का प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ। मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो। ऋषि कपूरका दाइ रणधीर कपूरलाइ उधृत गर्दै उनको निधन भएको बीबीसी ले जनाएको छ । यस अघि क्यान्सरबाट पीडित प्रख्यात अभिनेता इरफान खानको पनि बुधवार निधन भएको थियो।

रणधीर कपूरले बुधवार भनेका थिए, “ऋषि अस्पतालमा क्यान्सरसँग जुधिरहेका छन्। उनलाई सास फेर्न समस्या भएको थियो। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।”
ऋषि कपूरलाई फेब्रुअरी महिनामा दुई पटक अस्पताल भर्ना गरिएको थियो। उनी कलाकार राज कपूरका माहिला छोरा हुन्। रणधीर कपूर जेठा दाइ हुन् भने ऋतु नन्दा र रिमा जैन बहिनी र राजीव कपूर भाइ हुन्।

ऋषि कपूरले सन् १९७३ मा ‘बबी’ नामक चलचित्रबाट आफ्नो व्यावसायिक अभिनय यात्रा आरम्भ गरेका थिए।बाल्यकालमा उनले ‘श्री ४२०’ र ‘मेरा नाम जोकर’मा पनि अभिनय गरेका थिए। ऋषि कपूरले काम गरेको अन्तिम चलचित्र ‘द बडी’ हो। उनले अर्को चलचित्र दीपिका पादुकोणसँग गर्ने घोषणा गरेका थिए। तर हलीवुडमा निर्मित ‘द इन्टर्न’ मा आधारित उक्त चलचित्रमा उनले काम भने गर्न पाएनन्।

ऋषि कपूर विगत दुइ वर्षदेखि क्यान्सरसँग लडाइ गरिरहेका थिए। कोरोनाभाइरसका कारण भारतीय चलचित्र उद्योग बलिउड अहिले ठप्प छ । सन् २०१८ मा ऋषि कपूर क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए। त्यहाँ थुप्रै महिना उपचार गरेपछि उनी भारत फर्केका थिए। भारत फर्किसकेपछि पनि उनी पटक पटक अस्पताल गइरहेका थिए।

ऋषि कपूरका नजिकका मित्र प्रख्यात भारतीय अभिनेता अमिताभ बच्चनले ट्वीटमा भनेका छन्, “ऋषि कपूर रहेनन्। उनले अलबिदा भने। यो असह्य छ।” बलिउडका अन्य कलाकारहरुले समेत कपुरको निधनमा दुख ब्यक्त गरेका छन् ।

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com