लण्डनबाट उपचार पछि मुम्बई फर्केका चर्चित अभिनेता इरफान खानको निधन

लण्डन। बलिउडका  चर्चित अभिनेता इरफान खानको निधन भएको विभिन्न संचार माध्यमहरुले जनाएका छन् । उनी ५४ वर्षका थिए। स्वास्थ्य बिग्रिएपछि मङ्गलबार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी एक प्रकारको क्यान्सरबाट पीडित थिए। तर उनलाई किन सघन उपचार कक्षमा भर्ना गरियो भन्ने कारण थाहा नभएको बीबीसी हिन्दीले जनाएको छ।

खानको परिवारले पनि यसबारे केही भनिसकेको छैन। उनले पानसिंह तोमार, मकबूल, लाइफ अफ पाई, जुर्‍यासिक पार्क, स्लमडग मिलीअनेअरजस्ता हलीवुड चर्चित चलचित्रमा अभिनय गरेका छन्। उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्।

यसअघि इरफान खानका एक प्रवक्ताले विज्ञप्तिमार्फत् उनलाई ‘पेटको सङ्क्रमण’ भएको र चिकित्सकको निगरानीमा रहेको जानकारी दिएका थिए। बलियो इच्छाशक्ति र शुभचिन्तकहरूको प्रार्थनाले खान ठिक हुने अपेक्षा ती प्रवक्ताले गरेका थिए।

गत वर्ष इरफान खान लन्डनमा उपचार गराएर फर्किएका थिए। त्यसयता उनको कोकिलाबेन अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार चल्दै आएको थियो।’अङ्ग्रेजी मीडीअम’ चलचित्रमा काम गर्ने क्रममा पनि उनको स्वास्थ्य बिग्रिएको महसुस गरिएको बताइएको छ।उक्त चलचित्रको छायाङ्कन कैयौँ पटक रोक्नुपरेको थियो। इरफानले स्वस्थ महसुस गरेपछि कतिपय दृश्यको छायाङ्कन गरिएको थियो।

हालै इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो। लकडाउनका कारण इरफान खानले आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन्। भिडिओ कलबाट उनले धार्मिक विधिअनुसार गरिएको अन्तिम संस्कारमा सहभागिता जनाएको बताइएको छ। इरफान खान मस्तिष्कमा हुने ‘न्यूरोएन्ड्रोक्राइन ट्यूमर’ बाट पीडित थिए। दुई वर्षअघि उनको रोग निदान भएको थियो।त्यसपछि उनी आफैँले ट्विटरबाट आफूलाई लागेको रोगबारे जानकारी दिएका थिए।

त्यस बेला उनले ट्वीट गरेका थिए, “जिन्दगीमा अकस्मात् कहिलेकाहीँ यस्तो हुन्छ जसले तपाईँलाई अघि लिएर जान्छ। मेरो जिन्दगीका पछिल्लो केही समय यस्तै रह्यो। मलाई न्यूरोएन्डोक्राइन ट्यूमर नामक रोग लाग्यो। तर मेरो आसपास भएका मानिसको प्रेम र शक्तिले मलाई आशा जगाइदिएको छ।”

रोगबारे थाहा भएपछि उनी उपचारका लागि लन्डन आएका थिए। एक वर्ष उपचार गराएर उनी मार्च २०१९ मा भारत फर्किएका थिए। अलबिदा इरफान ।

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com