(प्रस्तुति : बिपिन निरौला)
लण्डन । कोरोनालाइ घरमै परास्त गरेकी लण्डन नजिकैको रम्फोर्डस्थित क्विन्स हस्पिटलमा कार्यरत सिनियर नर्स राधिका श्रेष्ठ अझै पनि घरमै आराम गरिरहेकी छन् । उनका श्रीमान शरद श्रेष्ठ पनि १२ दिनको ज्वरो पश्चात छातीको संक्रमणको “एन्टीबायोटिक” औषधि सेबन गरेर छुट्टै कोठामा “आइसोलेशन” मा बसिरहेका छन् ।
करिब दुइ साता अघिको कुरा हो – राधिका आफ्नो नियमित काम क़ुइन्स हस्पिटलको ‘स्ट्रोक’ वार्ड मा काम गरिरहेकी थिइन् । एकजना सहकर्मीले अर्को सहकर्मीको नातेदार कोरोना संक्रमण ( कोभिड-१९ पोजिटिभ ) का कारण दुखद निधन भएको समाचार सुनायो । राधिका लाइ सारै नरमाइलो लाग्यो । आफ्नो अतिमिलनसार सहकर्मीलाइ परेको शोकले राधिकालाई धेरै दुखिद तुल्यायो । दिनभरी उनि ‘अप्सेट’ भइन। त्यो दिन त्यति राम्ररी खाना पनि रुचेन । भोलिपल्ट १२ घन्टे लामो काम (लंग डे डिउटी ) थियो । काम सिध्याएर घर आइन । जिउ अलि भारि भारि , गले जस्तो अनुभब भयो । काम को थकानले होला भन्ने ठानिन अनि खाना खाएर सुतिन । राति अचानक उनको शरीर अत्याधिक तात्यो , उठेर ‘थर्मामिटर’ ले जाच्दा १०२ को उच्च ज्वरो आएको देखायो । तुरुन्तै ५ सय ‘एमजी’ को दुइ वटा पारासिटामोलको गोलि खाइन। उनलाई यस अघि कहिल्यै त्यसरी ज्वरो आएको थिएन । बिहान काममा जान खोज्दा शरीर पुरै दुखे जस्तो भएर उठ्नै सकिनन् । उठ्न खोज्दा रिंगटा लागे जस्तो भयो । फेरी ओच्छ्यान्मै सुतिन। काममा फोन गरेर आफ्नो स्वास्थ्य स्थिति ठिक नभएको र आउन नसक्ने जानकारी दिइन।
दोस्रो , तेस्रो र चौथो अर्थात् चार दिनसम्म यो प्रक्रिया चली रहयो । त्यसबीचमा राधिकाले आफुले काम गर्ने हस्पिटलमा आफ्नो स्वास्थ्यको स्थितिबारेमा जानकारी दिइरहिन । पहिला उनीलाई सात दिन सम्म आराम गर्न भनियो । तर जब उनलाई अलि सारो भएको र खाना पनि रुच्न छाडेपछि भने थप १ सात अर्थात् १४ दिन आराम गर्न भनियो र हस्पिटलबाट कोभिड ‘टेस्ट’ को लागि समय (अपोइन्टमेन्ट) दिइयो। टेस्ट सेन्टरमा आफ्नो गाडी भएका मात्रले गर्न पाउने हुनाले उनका श्रीमानले गाडी चलाएर टेस्ट सेन्टर लागे । तीन दिन पछि उनलाई कोभिड पोजिटिभ अर्थात् कोरोना संक्रमण भएको पुस्टि भयो ।
त्यसबीचमा राधिकाका श्रीमान् शरद श्रेष्ठ जो श्रीमती र २ छोरा छोरीको हेरबिचार गर्न काममा बिदा लिएर बसेका थिए उनलाई समेत संक्रमण भैसकेको रहेछ । अब राधिकालाई झन् फसाद पर्यो । श्रीमान् एउटा कोठामा , श्रीमती अर्को कोठामा र छोरा छोरी अर्को भिन्दै कोठामा सुत्नु पर्ने बाध्यता आइलाग्यो । तर पनि राधिकाले हिम्मत हारिनन । राधिका अलि अलि ठिक हुन थालिन । ज्वरो आउन छाड्यो । राधिकाका श्रीमान् लाइ भने करिब १२ दिन सम्म ज्वरो आइरह्यो । अझैपनि उनि छुट्टै कोठामा बस्ने र अलग्गै बाथरुम प्रयोग गर्छन । आफु बिरामी हुदा काममा बिदा लिएर आफ्नो र २ छोरा छोरीको स्याहार सुसार गरेका श्रीमानको औषधि , खाना लगायत सम्पूर्ण रेखदेख अहिले राधिकाको काधमा छ । एकप्रकारले घर मै नर्सिङ्गको जस्तो काम गरिरहेकी छिन राधिका । उनलाई कामबाट समेत श्रीमान् पूर्णतया सन्चो नहुन्जेलसम्म बिदा दिइएको छ ।
बिगत दुइ सातामा आफु र श्रीमान् दुवै एकै पटक बिरामी पर्दाका दिनहरु कहाली लाग्दो भएको राधिकाको स्मरण छ । तर सकारात्मक सोच , आत्मबिस्वास र केहि ठुलो मन भएका साथीहरुको ठुलो सहयोगले श्रेष्ठ परिवारलाई कोरोनालाइ घर मै बसेर परास्त गर्न सफल भएको उनीहरुको कथन छ -” दाजु ,भाउजु , बहिनि लगायतका नातेदारहरुले शपिंग लगायत पकाएको खाना बिहान , बेलुकी ल्याई दिएर ठुलो गुण लागाउनु भयो ।”
त्यसैगरी पारिवारिक साथी तथा दाजु पर्ने ब्यबसायी दिपक श्रेष्ठ र नर्स समेत रहेकी उनकी श्रीमतीले समेत दैनिक जस्तो फोन गरेर सान्त्वना दिने मात्र होइन धेरै पटक पकाएको खानेकुरा समेत ल्याई दिएर बिर्सिनै नसक्ने ठुलो सहयोग गरेको श्रेष्ठ दम्पतिले बताए – “कुनै समय परिवारका सबै सदस्य घर भित्रै मस्क लगाएर २ मिटरको दुरीमा रहेर समेत संगै खाना खायौ । ” नेपालबाट समेत पारिवारका सदस्य तथा डाक्टर किशोर ताम्राकारले दिनहु जसो फोन गरेर सल्लाह र हिम्मत दिनु भएकोमा समेत कोरोनालाइ जित्न सक्ने तागत आफुहरुमा आएको श्रेष्ठ दम्पतिको भनाइ छ । यस्तो बेला परिवारका सदस्यहरु , नातेदार र साथीभाईको सहयोग र टेलिफोन कलबाट सान्त्वना , सल्लाह र सम्झना मात्रले पनि ठुलो आत्मबल मिल्ने श्रेष्ठ परिवारको अनुभब छ ।
नर्स समेत रहेकी राधिका आफ्नो जस्तो अवस्था अरुलाई नपरोस भन्न सचेत रहन आग्रह गर्छिन । घर बाहिर काममा वा शपिङ्ग गर्न जादा होस् पन्जा लागाउने, ह्यान्ड सेनी टाईजर प्रयोग गर्ने र घरमा आउना साथ लगाएको लुगा वाशिंग मेसिनमा राख्ने या कुनै सुरक्षित प्लास्टिक ब्यागमा राख्ने , जुत्ता- चप्पल ‘वाइप्स’ ले राम्ररी पुछ्ने , अनि नुहाएर मात्र अन्य परिवारका सदस्य हरुलाई भेट्ने साबधानी अपनाउन आग्रह गर्छिन ।
तर यदि कसैलाई आफ्नो जस्तै लक्षण देखापरेर बिरामी हुनु भएको छ भने हिम्मत नहार्न र अत्मबिस्वासले मन दरो पारेर सकेसम्म फलफुल , सुप र पौष्टिक तत्व (ब्यालेन्स डाइट) ले भरिएको खानेकुरा खान सल्लाह दिन्छिन । बेसार पानी , अदुवा पानी , कागती- मह मिसाएर (हट लेमन एण्ड हनी ) लगायतको आफ्नो स्वाद र स्वास्थ्यलाई मिल्ने हाम्रो परम्परागत नेपाली घरेलु उपचार समेत जारि राख्न सल्लाह दिन्छिन । तर ज्वरो आएको छ भने नछुटाई ४ देखि ६ घण्टाको फरकमा परासिटामोल सेबन गर्न र स्वस्प्रस्वासको समस्या भएमा बेलायतमा रहनुभएकाहरुको हकमा १११ मा फोन गर्न सल्लाह दिन्छिन। उनि फेरी पनि सबैलाइ आत्मबल दरो बनाएर बस्न बिनम्र आग्रह गर्छिन।