मैले लेख्न नसकेको एउटा समाचार -- अलबिदा आइत दाजै !

-बिपिन निरौला
लण्डन । “के छ बाबै ?” यो आवाज अब मैले सुन्ने छैन ।
बुधबार बिहान उठ्ने बित्तिकै एकजना पत्रकार साथीले मेरो फेसबूक मेसेंजरमा एउटा फोटो पठाएर त्यस बिषयमा समाचार बनाउन भने । फोटो देखेर म निशब्द भए। केहि गर्नै सकिन।
पत्रकार साथीले फेरी फोन गरेर सोधे – के भो , बुझ्नु भो ? कोहि परिवारका सदस्य वा आफन्त संग कुरा गरेर “कन्फर्म” गर्नु न प्लिज ! मैले भने – म अहिले केहि गर्न सक्दिन, मलाई माफ गर्नुहोला ! किन होला ? मैले भने – त्यो फोटोका दाइ मेरो आफ्नै दाइ जस्तै हुनुहुन्छ । त्यसैले म अहिलेनै लेख्न सक्दिन । याध्धपी म सोधेर, “कन्फर्म ” गरेर भनौला ।

“आइत दाजै ” अर्थात् आइत बहादुर गुरुङ । एकदशक देखि लण्डनमा मैले कसैलाई आफ्नै दाजु जस्तै सम्बोधन गरेर “दाजै” भन्ने मेरो अभिभाबक जस्तै ! आखामा राख्दा पनि नबिझाउने अति सरल व्यक्ति।

युके नेपाल इन्टरनेशनल बडी बिल्डिंग लिग का अध्यक्ष एबम प्रथम मिस्टर युके नेपाल सुक गुरुङका भेना। सुक गुरुङ लाइ फोन गरे तर उठेन । फेसबुकमेसेंजरमा मा पनि “कल” गरे उठेन । बडा ठुलो छटपटि भो । के गर्ने , कसलाई सोध्ने ?
आइत दाजै बस्ने ठाउँ वेम्ब्ली नजिकै अल्पटनमा बस्ने मेरा आदरणीय दाइ सुबाससिं गुरुङ लाइ फोन गरेर सोधे , थाहा छैन भन्नु भो ।
उहाले मलाई सबै हालखबर सोधेर खाना खायौ ? भनेर सोध्नु भयो , मैले छैन दाइ , खान मन लागेन भने । उहाले खाना खाउ ,आफ्नो र परिवारको ख्याल गर , सुरक्षित बस भन्नुभो । केहि दिन अघि चेत दाइ अर्थात् चेत प्रसाद गुरुङ बित्दा मलाइ त्यस्तै भएको थियो भनेर मलाई सान्त्वना दिदै सम्झाउनु भयो ।
साथिहरुले अरु आफन्त लाइ सोधेर र सामाजिक संजालमा आएका श्रद्धांजलिलाइ आधार मानेर समाचार बनाइसक्नु भएछ। मलाइ भने किन किन समाचार लेख्न मन लागेन । आइत दाजैको फेसबुक हेरे , “एक्टिभ ” रहेछ । तर समबेदना या श्रद्धांजलि केहि देखिन । “मृत्यु मानब को अन्तिम सत्य हो” भन्छन तर मलाई किन हो अझै बिश्वास लाग्न सकिरहेको थिएन ।
हिम्मत गरेर, मुटुमाथि ढुंगा राखेझैँ गरेर आइत दाइको मोबाइल नम्बरमा “कल” गरे । धेरै रिङ्ग गयो र अन्तमा “आइत अर्थात् आइत दाजै ले बोलेको / रेकर्ड गरेको आवाज” मात्र सुनिएर “भोइस मेल ” मा गयो । “भोइस मेसेज ” छोड्ने हिम्मत गर्न सकिन ।

मन झन् हतास भो , केवल आइत दाजैको “के छ बाबै ?” भन्ने आवाज सुन्न पाए हुन्थ्यो भन्ने कल्पना , बिपना बुनिरहे । केहि समय पछि मेरो मोबाइल बज्यो , एसो हेरेको त आइत दाजैको नम्बरबाट कल आएको रहेछ । उताबाट बाबैको सट्टा अङ्कल भन्ने आवाज आयो । मैले केहि नसोधी सिधै उनले भने “म छोरा । बाबा अब यस संसारमा रहनु भएन” ! म केहि बोल्न सकिन ! “सो सरि टु हियर ” त्यस बाहेक अरु केहि भन्ने हिम्मत गरिन । सायद मेरो नम्बर आइत दाजैको फोनमा “सेभ” रहेछ । एकमात्र २५ बर्षीय छोराले लामो सास फेर्दै भने राति करिब २ बजे “नर्थविक पार्क हस्पिटल ” बाट फोन आयो र भनियो बाबाको अवस्था एकदमै गारो भएकोले “भेन्टिलेटर” हटाइयो रे !
पछिल्लो पटक टेलिफोनमा छोराको बिबाहमा मलाई बोलाउने बाचा गरेका आइत दाजैको तिनै अबिबाहित छोराले उहाले अन्तिम सास लिएको खबर सुन्दा मेरो मुखबाट “सो सरि “, सान्त्वना, समबेदना र श्रद्धांजलि बाहेक अरु धेरै शब्द हरु निस्केनन।
केवल महाकबि लक्ष्मी प्रसाद देवकोटाका शब्दहरु मेरो कानमा गुन्गुनाए – “इश्वर तैले रचेर फेरी कसरि बिगारिस?”
अलबिदा-आइत दाजै !

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com