– द्रोण रिजाल
आम्स्टरडाम। नेदरल्यान्ड्समा अर्ध लकडाउन लाइ कायम राख्दै केहि खुकुलो नीति अबलम्बन गर्ने उदेश्यले मे ११ तारिख देखि प्राथमिक तहका बिध्यालयहरु खुल्ला रहने भएको छ । प्रधानमन्त्री मार्क रुटेले द हेग मा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।
४ बर्षको उमेर देखि प्राथमिक विद्यालयको पहिलो ग्रुपमा भर्ना हुनेछन भने १२ बर्ष को उमेरमा भने प्राथमिक तहको आठौ ग्रुपमा रहेर पठन पाठन गर्दछन । यो उमेरका बालबालिका हरुमा संक्रमणको जोखिम कम हुनाले र बिधार्थीहरुको पठन पाठन सुचारु राख्न सकिने निस्कर्स निकाल्दै नेदरल्यान्ड्स (डच) सरकारले बिध्यालयहरु खुल्ला राख्ने निर्णय गरेको हो । तर हाइ स्कुलका बिध्यार्थिहरुका लागि भने प्राथमिक विद्यालयको अवस्था ठिक भएमा जुन १ तारिख देखि बिध्यालयहरु खोल्न सकिने प्रधानमन्त्रि रुत्ते ले जानकारी गराएका छन् ।
बालबालिका हरुलाई व्यायामको आवस्यकता हुने हुनाले बाहिर खेल्न र ब्यायाम गर्न अनुमति दिइने र १२ देखि १८ बर्षका बालबालिका हरुका लागि भने सामाजिक दुरी १।५ मिटर कायम राखेर खेल्न वा ब्यायाम गर्न सक्ने छन् ।
ब्यबसाय र होटल ,रेस्टुरेन्ट ,क्याफे हरुमा भने पुरानै नियम लागु हुने जानकारी प्रमले पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेका हुन् । यद्यपि दैनिक उपभोग्य सामानहरुका पसलहरु सुपर मार्केट र खाद्यान्न का पसल हरु भने ग्राहकको सामाजिक दुरी डेढ मिटर कायम राखेर ग्राहकहरुलाई सेवा दिन सकिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
नेदरल्यान्ड्समा ठुलाठुला सांकृतिक र खेलकुदका कार्यक्रमहरु भने सेप्टेम्बर १ तारिख सम्मका लागि बन्देज लगाइएको छ ।आगामी दिनमा स्थिति सामान्य हुदै गएमा समय र परिस्थिति अनुसार नियममा परिवर्तन गरिने प्रधानमन्त्रि रुत्तेले जानकारी गरेका छन् । स्मरण रहोस, यहा लगभग २००० को नेपालीहरुको बसोबास भएको अवस्थामा अहिले सम्म एक जना नेपाली महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भए पनि अरुमा संक्रमित भएको सुनिएको छैन ।