कोरोना लाइ जितेकी लण्डनकि नर्स अप्सरा खुलालको अनुभूति र उपयोगी सुझाबहरु

(प्रस्तुति : बिपिन निरौला)

आदरणीय आमा-बुवा, दिदी-बहिनी तथा दाजु-भाइहरु,

म १४ बर्ष देखि यु. के. को नेसनल हेल्थ सिष्टममा काम गर्ने नर्स हुँ | अहिले हामी कोरोना भाइरस संक्रमणको त्रासदीमा बाँचिरहेका छौ |  हस्पिटलमा काम गर्ने क्रममा पाँच हप्ता जति अघि म पनि यो भाइरसद्वारा संक्रमित हुन पुगेछु र म वाट फेरि यो भाइरसले मेरो श्रीमानलाई पनि संक्रमित गर्यो | अहिले हामी दुवै जना बिसेक भैसकेका छौ | मैले के गरेर यो भाइरसवाट मुक्ति पाएँ भन्ने कुरा सुनाउदा यहाहरुलाई पनि सहयोग पुग्ला कि भन्ने हेतुले यहाहरु समक्ष मेरो अनुभब सुनाउदै छु | नयाँ वर्षमा यो भाइरसको संक्रमण यहाहरु कसैले पनि ब्यहोर्नु नपरोस | यहाहरुको जीवन सदा स्वस्थ र मंगलमय बनोस भन्ने कामना गर्दै म मेरो अनुभब “शेयर” गर्ने अनुमति चाहन्छु |

मैले काम गर्ने अस्पतालमा भर्खर-भर्खर कोरोनाका केहि बिरामीहरु आउन थालेका थिए | त्यसबेला हामीलाई पीपीयी पनि उपलब्ध थिएन | जसो तसो पहिचान भएका केहि बिरामीहरु छुट्टै वार्डमा राख्ने गरिएको थियो | हाम्रो वार्डमा भने पहिचान भएका बिरामी थिएनन | तर पनि स्वासप्रस्वासका बिरामी राखिने वार्ड हुनाले कोरोनाको लक्षण र स्वास प्रस्वाशका लक्षण उस्तै हुने हुँदा, बिरामीको रोग पहिचान हुनु अगावै हामी स्टाफलाइ नै संक्रमण भैसकेको रहेछ, त्यसमा म पनि परेछु |

ड्युटी गरेर फर्किएको दोस्रो  दिन पछि मलाइ  खाना बेस्वादिलो लाग्ने, आलस्यता हुने, अति टाउको दुख्ने, उच्च तापक्रम सहित हन-हनी ज्वरो आउने, खोकी लाग्ने, स्वास प्रस्वासमा समेत कठिन महसुस हुने, अनि शरीर दुख्ने, हुन थाल्यो | इमर्जेन्सी नम्बरमा फोन गर्दा कोरोनाकै लक्षण हो, छुट्टै कोठामा अलग्ग बस्नु भन्ने सुझाब मिल्यो | हुँदा हुँदै शरीर यति बिछिप्त भएर आयो कि बसेको ठाउबाट सर्न पनि कठिन हुने अवस्था आउन थाल्यो  | भ्याक्सिन तथा औषधि पनि केहि नभएको र घरमा स-साना नानीहरु पनि भएकाले म अब के गर्ने, के नगर्नेको दोसाधमा परे | अब के हुने हो ? एक्लै कोठामा आइसोलेसंमा बेसार-तुलसी  सहितको तातो पानी, कहिले अदुवा, कागती र मह सहितको तातो पानी पिउदै बसेको त्यो अवस्थामा मनमा खुब तर्कना सुरु भयो |

फेरि सम्झे, म एउटी शिद्ध-महायोगकी साधिका हुँ | बिगत डेढ  बर्षदेखि नियमित साधना गर्दा आफूले भोगिरहनु परेका कतिपय जटिल प्रकृतिका स्वास्थ्य समस्याहरुबाट मुक्ति मिलेको ताजा अनुभब म आफैसंग छ | यो भाइरसको प्रभाब पनि पक्कै यो साधनाका बलमा बिसेक हुने छ | म डराउनु जरुरी छैन | यस्तो सोच्दै बल्ल तल्ल उठेर त्यहि कोठामा नै गुरुदेवको सानो फोटो राखी गुरुदेवलाई प्रार्थना गरेर साधना गर्न बसें | सदा जस्तै सुदर्सन क्रियाबाट साधना सुरु गर्न पनि सकिन | हात खुट्टा केहि चलाउन सक्ने अबस्था थिएन | त्यसैले एकै पटक ध्यानमा बसें | साधनाको सुरुवातबाटै हिलिङ्ग गर्ने शक्तिको प्रबाह भएको अनुभव भयो | यति बिचित्र अनुभव भयो कि एक घण्टाको साधना सकेर उठ्दा म आफु बिमारी छु भन्ने कुरा ६० प्रतिसतले घटेको पाएँ | भोलि पल्ट पनि तेसै गरें | तेस्रो दिनबाट त सुदर्सन क्रिया पनि गर्न सक्ने भएछु |  लगातार चार दिनको साधना पछि रोगका धेरै लक्षण सहित मेरो ज्वरो बिसेक भयो | आलस्यता र कमजोरीपन त केहि समय रह्यो नै, तर ४/५ दिन पछि नै ओछ्यानबाट उठेर साना बाल-बच्चा र बिरामी श्रीमानको हेरचाहमा खटिन सकें | श्रीमानलाई उच्च रक्तचाप पनि भएको हुनाले साढे २ हप्ता जति ओछ्यान पर्नु  भो | बाहिर बाट किनमेल गर्नु पर्दा नजिक रहनु भएका साथीहरुले मद्दत गर्नुभयो | साथी तथा आफन्तहरु सबैले धेरै सहानुभूति प्रदान गरिरहनु भयो  | श्रीमानलाइ पनि गुरुदेवको आसिर्बाद र कृपाले हस्पिटल नगई घरमै निको भयो |

यो अवस्थामा मनमनै गुरुदेवलाई कोटी कोटी नमन गरे | साधना गर्दा गुरुकृपारुपी शक्तिको अचम्मको प्रभाब हुँदोरहेछ | आफैलाई हिलिङ्ग भैरहेको छ भन्ने प्रत्यक्ष अनुभव हुन्छ | जब म यो गुरुकृपारुपी शक्तिले आफुमा पुर्याएको लाभलाई सम्झन्छु, अनि पूज्य सद्गुरुदेव जगतगुरु महायोगी सिद्धबाबालाई कोटी कोटी नमन गर्दै कृतज्ञता ब्यक्त गर्दछु |

हाल  बेलायत (युके) मा, बिशेष गरि मैले काम गर्ने अस्पतालमा कोरोनाका संक्रमित बिरामीहरु येति धेरै मात्रामा हुनुहुन्छ कि सुनामी आएको जत्तिकै छ | जतासुकै कोरोना | राष्ट्र तथा अस्पताल-ब्यबस्थापनले जति मात्रामा पी पी यी उपलब्ध गराएपनि नपुग्ने अबस्ठा छ | र हामी उपयुक्त पी पी यी बिना नै काम गर्न बाध्य भएका छौ | यस बाताबरणमा कोहि स्टाफ अथवा बिरामी चोखो बच्न सक्ने अवस्था छैन | मैले काम गर्ने ठाउमा मात्र ९०% साथीहरु बिरामी परिसकेका छन्  | हामी सबै फेसबुकमा एउटा समूह बनाई एकअर्काको अनुभब सेयेर गर्थ्यौ र के खाने गरेका छौ भनेर पनि सेयर गर्थ्यौ |  कतिलाई त हस्पिटल भर्ना गरेर उपचार नगरी भएनछ | संक्रमणवाट बिसेक भै आएका साथिहरुसंग कुरा गर्दा थाहा भयो, सबैको भन्दा सजिलो र छिटो बिसेक हुनेमा त म नै परेछु |

अब त सधै सहि पी पी यी बिना काम गरिरहनु परेको भए पनि मलाई ब्यक्तिगत रुपमा कत्ति पनि डर छैन | कारण मसंग मेरो साधना छ |  सधै कृपा पठाइरहने गुरुदेव होइसिञ्छ | जति कोरोनाको भाईरस आए पनि अब मलाइ केहि हुन्दैन भन्ने पूर्ण बिस्वाश छ | काममा जानु भन्दा अगाडी बेसार पानीले नुहाउछु, अनि साधना गर्छु | फेरि कामबाट फर्किए पछि पनि नुहाई धुवाई गरेर साधना गर्छु | अनि साधनामा पुरै हिलिग भएको महसुश हुन्छ | अनि हर्षले गद-गद हुन्छु | मलाई चिन्ता यति मात्र छ कि, मेरो कारणले अरु संक्रमित हुन नपरोस |  त्यसैले म घरमा अलिकति अलग्गिएर बस्ने अनि बाहिर ग्रोसरी गर्न पनि  त्यत्ति नजाने र जानै परे पनि मास्क लगाएर मात्र जाने गर्छु र अरुसंगको दुरीमा सजग हुने गर्छु  |

तर बिडम्बना, यस्ता कृपालु सदगुरुदेव एउटा मिथ्याचारी आरोपको पुर्पक्षका लागि भनेर कारागारमा बस्नु परेको छ | दिउसोको घाम जत्तिकै छर्लंग यो बस्ताबिकतालाई जति सम्झन्छु, त्यति नै आँखामा आशु भरिन्छन | यस्ता निरपराध महान व्यक्तिलाई दुख: दिने पापिष्टहरुलाई भगवानले के माफी दिनुहोला त ? कतै हामीले तेसै पापको सजाय त भोग्नु परेको होइन भन्ने प्रश्न आफ्नै मन भित्र उठ्छ | कारण उता हामीले गुरुदेवलाइ वहाले नखाएको बिषको पनि एकिन नगरी जबर्जस्ति कारागारमा बन्दि बनाएका छौ | यता परिस्थितिले हामी सबैलाई आ-आफ्नै घरमा बन्दि बनेर बस्न बाध्य तुल्याएको छ | कस्तो अचम्मको परिघटना ! विज्ञानले हारेको यो अवस्थामा यदि मेरो जस्तै सबै मानिसको मनमा यही प्रस्न उठे र गुरुदेव प्रति परेको अन्यायलाई चाडो पुर्पक्ष गरि न्याय दिन सकिए, कतै परमात्माले हामी माथि दया गरि यो आपत्तिबाट कतै मुक्तिको बाटो फेला पार्न मद्दत गर्नुहुन्थ्यो कि ? २१सौ सताब्दिमा पनि एउटा भाइरसका कारण आफ्नै हातमा पक पक मानिसहरु मरेको देख्नु र भोग्नु पर्दा मनमा असैह्य पिडा हुन्छ | आँसुको भेल रोकिदैन, नर्स नै भए पनि, म पनि त उस्तै एक मान्छे न हुँ |

म आफु त यो महायोग साधनाको कारण सुरक्षित छु भन्ने लाग्छ | किनभने सुरुमा त मैले महायोग पनि अरु योग जस्तै सामान्य योग होला भन्ने सोचेकी थिए, तर यो त बडो बिचित्रको योग पो रहेछ | यो योगमा हाम्रो शरीरमा भएका अन्य रोग पनि निको पर्न सक्ने क्षमाता रहेछ भन्ने कुरा मेरो आफ्नै अनुभवले पुष्टि गरेको छ | त्यसैले जसले यो साधना सिकीसक्नु भएको छ, यसको नियमित अभ्यास गर्न नछुटाउनु होस् | यहि साधनाको बलले जब म यो भाइरसवाट चारै दिनमा बिसेक भए, अनि मलाइ यो गुरु-कृपा रुपी महायोग साधनाको शक्तिको प्रभावमा अझ बढी बिश्वास जागेर आएको छ | मेरो चाहना त यो पूरै विश्वमा रहेका प्राणीहरु शुरक्षित भैदिउन भन्ने हो |

साधना नसिक्नु हुने सम्पूर्ण दाजुभाई, दिदी-बहिनीहरुलाई पनि म के भन्न चाहन्छु भने, कोरोना भयो भन्दैमा आत्तिईहाल्नु पर्ने अवस्था छैन | धैर्य गर्नु होस् | आफुले मान्ने गरेको भगवानलाई प्रार्थना गर्नु होस् | यदि सच्चा हृदयले भगवानको प्रार्थना गर्ने हो भने हामी सबैमा भगवानको आसिर्बाद हुँदो रहेछ | हामीले आफ्नो आत्मा बल बढाउनु पर्छ | किनकि जहाँ विज्ञानको बाटो टुन्गीन्छ त्यहाँ अध्यात्म विज्ञानले सहयोग गर्दो रहेछ |

अनि खाने र पिउने कुरामा बिसेष ध्यान दिनु होला | बेसार, तुलसी र तातो पानी, तेस्तै अदुवा, कागती, मह राखेर तातो पानी प्रसस्त मात्रामा पिउनु होला  | तागतिलो नरम खानेकुरा जाउलो भएपनि बेला बेलामा खाइरहनु होला | संक्रमण भएको समयमा खान रुचि हुने तथा स्वाद हुने केहि हुदैन | तैपनि खाना र पानी नै औषधि हो भन्ने सम्झिएर खाने पिउने गर्नुहोला  |  किनकि यस्तो रोगले गाँजेको बेला खान-पिनको अभाबमा झन्  जटिल परिस्थितिको सिर्जना भै ज्यान जाने रहेछ | केहि पनि खान पिउन नसक्ने हुनुभयो, रिंगटा लाग्न थाल्यो  भने जीवन जल वा नून चिनी पानी भएपनि बनाएर खानुहोला | उच्च रक्त चाप र मधुमेहका  बिरामीले त झनै यस्मा ख्याल  पुर्याउनु पर्ने हुँदो रहेछ | अहिले यो देशमा बढिरहेको मृत्यु दरको पछाडी यो पनि एउटा कारण बनेको छ | तातो पानीको बाफ अति राम्रो हुने रहेछ येतिखेर | बिहान बेलुका तातो पानीको बाफ लिनुहोला | हुन सक्छ र सहुलियत छ भने, ज्वरो तथा रक्तचाप पनि बेला बेलामा मापन गरि नै रहनुहोला | सकेसम्म ज्वरो ३८ डिग्री सेन्टिग्रेड भन्दा बढी हुन नदिनुहोला | सिटामोल ४-६ घण्टाको फरकमा आफुलाई गार्हो होउञ्जेल नियमित रुपमा सेवन गर्ने गरे पनि हुन्छ | स्वाश प्रस्वाशमा कठिनाई हुँदै गएमा, ज्वरो घट्दै नघटेमा इमर्जेन्सी परामर्श लिईहाल्नु होला |

यदि यहाँहरु पनि यो महायोग साधना सिक्न इच्छुक हुनुहुन्छ भने यो साधना सिकेर निश्चयनै लाभ लिन सक्नु हुनेछ । सबैलाई फेरि पनि नेपाली नयाँ वर्ष २०७७ सालको शुभकामना ! अप्सरा खुलाल, लण्डन ( युके )

 

 

 

 

 

 

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com