कोरोना कन्ट्रोल गर्न सिंगापुरबाट सिक्नु पर्ने कुरा : डा. माधव विष्ट

संसारभरी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित स्वास्थ्यकर्मीहरु धेरै छन । तर सिंगापुर मात्र एक राष्ट्र हो जहाँ धरै कम भेटिएको छ ।

संसारभरी बढी संक्रमित हुनुको कारणहरु :

१. असहयोगी विमारी : असहयोगी बिमारी(अन कोअपरेटिभ)हरु हुन । उनीहरु स्वास्थ्यकर्मीको सल्लाह र सुझाबलाई अटेरी गर्ने, आफ्नो रोगको इतिहास लुकाउने गर्छन । जस्तो मेलेसियामा गर्भबती महिलाले आफुलाई कोभिड-१९ भएको कुरा लुकाएको, फिलिपिन्समा विमारीले आफ्नो यात्रा बारेमा स्वास्थ्यकर्मीलाई जानकारी नगराउँदा नौ जना डाक्टरहरुले ज्यान गुमाउनु पर्यो ।

२. लामो कार्य अवधि : लगातार लामो समयसम्म कोरोनाको बिमारीसँग सम्पर्क गर्दा स्वास्थ्यकर्मीमा संक्रमणको खतरा बढेको देखिन्छ । स्पेनमा विमारीको अनुपातमा स्वास्थ्यकर्मीको कमीले गर्दा विना आराम बढी समय काम गर्नु पर्ने बाध्यता आइपर्याे । जसले गर्दा १० हजार भन्दा बढीमा स्वास्थ्यकर्मी संक्रमित भए ।

३. पिपिई (पर्सनल प्रोटेक्टिभ इक्यूमेन्ट) : संसारभरी नै पिपिईको अभाव देखिकाले स्वास्थ्यकर्मीहरुले आफूलाई बचाउन सकेनन् । जसले गर्दा बढी संक्रमित भए । इटलीमा मास्क, ग्लोबको कमीले गर्दा हजारौ संक्रमित भए । तर सिंगापुरमा संक्रमितको संख्या हिजो आज बढे पनि स्वास्थ्यकर्मीहरुमा भने न्यून रहेको छ । जसमध्ये ५ सय ८६ निको भइसेकेको र ९ जनाले ज्यान गुमाउनु परेको थियो ।

अहिलेसम्म ४१ जना स्वास्थ्यकर्मीहरु कोभिड १९ विमारीको सम्पर्कमा आएका र यी मध्ये ४ जनामा मात्र संक्रमण पाइएको छ । यसका प्रमुख कारणहरुमा महामारीको पूर्व तयारी, जसअन्तर्गत सिमुलाटिङ टे्र्निङ , मास्क फिटिङ टे्र्निङ, इन्फेक्सन कन्ट्र्रेल टे्र्निङहरुको बेलाबेलामा आयोजना गर्नु, अत्यन्त सान्दर्भिक योजना, सभ्य राजनीति, प्रसस्त स्वास्थ्यकर्मीहरु परिचालन, सीमित कामको अवधि, सभ्य विमारीहरु र प्रसस्त पिपिई रहेका छन ।

डा. माधव विष्ट
(इन्टरभेन्सनल कार्डियोलोजिष्ट)
नेशनल हार्ट सेन्टर सिंगारपुर (एनएचसिएस)
हाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
बिराटनगर, नेपाल

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com