यो बेलामा एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन --कुल आचार्य

लण्डन,(जीएनएन) । ग़ैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान उपाध्यक्ष कुल आचार्यले अहिलेको विषम परिस्थितिमा ग़ैर आवासीय नेपाली संघ र सबै प्रतिनिधिहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

सोमबार बेलायतमा एनआरएन यूके फेसबुक पेजबाट आयोजित प्रत्यक्ष लाइभ संवादमा आचार्यले त्यस्तो बताएका हुन् ।

“विश्व समाजले यतिबेला कोरोना महामारी खेपीरहेको छ । यस विषम परिस्थितिमा ग़ैर आवासीय नेपालीहरू कसरी के गरेर अगाडि बढ्दा ठिक हुन्छ भन्ने प्रश्नमा स्वदेशको लागी कसरी अगाडी बढ्ने र विदेशमा कसरी अगाडि बढ्ने भनेर छुट्याउनु महत्वपूर्ण हुन जान्छ,” आचार्यले भने ।

“जसरी कोरिया, मकाउ, चाइना लगायतका एनआरएन एनसीसीहरूले स्वास्थ्य सामग्रीहरू समयमै उपलब्ध गराए यो कार्य निकै सह्राहनीय छ । एनआरएनए यूकेले यसबाट पाठ सिक्नुपर्दछ,” उनले भने ।

आचार्यले एनआरएनए यूकेले सबैलाई समेटेर राम्रो योजना ल्याएमा अझै पनि यसले सकारात्मक प्रभाव पार्ने र यसको लागि सबै एकजुट हुन एनसीसीको पहलकदमी महत्वपूर्ण रहने बताए।

उक्त लाईभ कार्यक्रममा सन्चालक संचारकर्मी ध्रुब अर्यालले सबै भूपू अध्यक्ष एवं संरक्षकहरू चुनावको बेलामा मात्र कसले कसलाई नेतृत्वमा ल्याउने र कसलाई हराउने जस्तो मात्र भूमीकामा आउने नराम्रो प्रवृत्ति हावी भएको बताउंदै सबैसंग जवाफको अपेक्षा राखेका थिए ।

साथै आईसीसीले यतीबेला विकराल स्थितीसंग स्वयं जुधेको बेलायत र यहांको नेपाली समुदायको सहयोगको लागी के गरेको छ भनेर समेत सबैको उत्तरको अपेक्षा गरे । जहिले पनि एनसीसीले मात्र सहयोगमा जुट्ने आईसीसी लेवल भने एनसीसीलाई सहयोग नगर्ने भान भएको विषय समेत उठाए ।

एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले यो वर्तमान स्थिति हरेक क्षेत्रमा निकै कष्टकर बन्दै गएको छ र कहिलेसम्म यस्तै भैरहने हो, कुनै निश्चित नभएको कारण यसको लागी हामीले छुट्टै स्टक्चर बनाएर अगाडी बढ्नु पर्ने छ र ग़ैर आवासीय नेपाली संघको आईसीसी लेवलले यसलाई गम्भीरतापूर्वक लिएर सबै एनसीसी लगायत ग़ैर आवासीय प्रतिनिधीहरूमा एकजुटता ल्याई सहयोगी बनाउनु पर्ने बताए।

वर्तमान अवस्थामा कोरोना महामारीले बेलायतमा दिनहुंजसो मृत्युका घटनाहरू घटिरहेका छन्, नेपाली विद्यार्थीहरू समेत थप पीडामा छन् । बेलायतमा लकडाउनले सबै व्यापार व्यवसाय उद्योगधन्दा ठप्प छ , व्यवसायीहरू थप चिन्तामा छन्, समस्याहरू झन झन थपिंदै छन् यस्तो विषम परिस्थितिमा नेपाली समुदायले प्रवासमा सबैको साझा भनिएको संस्था एनआरएनलाई चासोका साथ हेरेका छन् ।

एनआरएन यूकेका भूपू अध्यक्षहरू सूर्य गुरुङ, महेन्द्र कँडेल, मुछेत्र गुरुङ र योगकुमार फगामी सहभागी रहेको लाइभ कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र स्वास्थ्य विभाग संयोजक डा। सुनिल शाहले कोरोना संकटको यो बेला सबैलाई सहयोगका लागि आग्रह गरेका थिए । ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com