चितवन एड ट्रस्ट(क्याट)युकेले नेपाल को देवघाट क्षेत्रमा नि:शुल्क स्वास्थशिविर संचालन गर्दै

बेलायतमा च्यारिटी रजिष्टर्ड संस्था चितवन एड ट्रस्ट (क्याट)युकेले लायन्स क्लब अफ नारायणगढ संगमचोक संग सहकार्य गर्दै देवघाट क्षेत्रमा निशुल्क स्वास्थशिविर संचालन यही शनिवार १७ फाल्गुण २०७६(29Feb2020) का दिन गर्दै छ। क्याट युके बर्षै नै गर्दै आएको स्वास्थशिविर अहिले देवघाट क्षेत्रमा गर्न लागिएको संस्थाका सचिव उपेन्द्र पौडेलले हामी लाई जानकारी दिनु भयो। श्री सिद्धमहाकाली मा वि देवघाट४ गोहिटारको प्रांगढमा बिहान १० बजेबाट संचालन हुने स्वास्थशिविरमा निशुल्क स्वास्थ परिक्षणको साथै निशुल्क औषधीसमेत बितरण गरिने छ। यस शिविरमा बाल रोग, नेत्ररोग, महिला प्रजनन(गाईनो), जनरल फिजिसियन जस्ता बिशेष सेवा प्रदान गरिने छ। यस निशुल्क स्वास्थशिविरबाट करिब ५००-६०० जनाले प्रत्यक्ष लाभान्वित हुने आशा लिईएको छ। उक्त स्वास्थशिविर लाई नेपाल नेत्र ज्योती संघ (भरतपुर आखा अस्पताल), चितवन युवा समूह, सेन्ट्रल अस्पताल प्रा लि भरतपुर लगायत स्थानिय संघ संस्थाहरूले पनि सहयोग रहेन छ ।उक्त शिविरमा चितवन एड ट्रस्ट(क्याट) युके का तर्फबाट संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ ले नेतृत्व गर्दै संस्थाका पुर्व अध्यक्ष हिमाल गुरुगं, कृष्ण गुरूंग त्यस्तै सल्लाहकार यादव श्रेष्ठ कार्यसमिती लगायत संस्थामा आवद्ध उल्लेखनिय सदस्यहरुको सहभागिता हुवे कुरा संस्था का अध्यक्ष जीवन सेनले बताउनु भयो। चितवन एड ट्रस्ट(युके)ले देश मा आपत्त बिपत पर्दा संधै अग्रणी भुमिका खेल्दै सहयोग गर्दै आएको छ । बिशेष गरि स्वास्थ र शिक्षामा सहयोग गर्दै आईरहेको भए पनि डा महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र लगायत, हाम्रो घर , साहित्य परिषद जस्ता दर्जनौ सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको र हाल भ्रमण बर्ष२०२० लाई सफल पार्न नेपालको लागी पद यात्रा (Walk for Nepal) को कार्यक्रम लण्डनको एक पर्यटक क्षेत्र ग्रिनविच क्षेत्रमा यही १५ मार्च २०२० मा गर्न लागेको ले जानकारी संस्थाका महासचिव टियन रिजालले दिनु भयो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com