मौषमको कारण क्याट युके “नेपालका लागी पद यात्रा १ महिना पछी सर्यो,अब १५ मार्चमा हुने

Image may contain: one or more people

लण्डन: चितवन एड ट्रस्ट (क्याट) युकेले यहि आइतबार १६ फ्रेबवुरी२०२०मा गर्न लागेको “नेपालको लागी पद यात्रा” (Walk for Nepal) हाल लाई स्थगित गरेको छ।
चितवन एड ट्रस्ट (क्याट) युकेले जारी गरेको बिज्ञप्ति अनुसार उक्त कार्यक्रम हुने दिन बिबिसी को मौषम बिभाग लगायत मौषम सम्बन्धि अरू स्रोतहरू बाट प्राप्त सुचना जानकारी अनुसार उक्त दिन कार्यक्रम हुने स्थानको वरपर क्षेत्रमा ठुलो हावा हुरीको साथै बारी बर्षा हुने देखिएको र हाम्रो कार्यक्रम पनि खुल्ला चौर मा हुने साथै पद यात्रा समेत भएको ले गर्दा कार्यक्रमको उध्देश्य अनुरूपमा हुन नसक्ने महशुस गर्दै हाललाई कार्यक्रम स्थगित गरिएको जानकारी हामीलाई संस्थाका महासचिव तोया रिजाल (टि यन)ले दिनु भयो।
बेलायत स्थित नेपाली राजदुतावास संग सहकार्य गर्दै स्थानिय संघ सस्था हरू आरजिएनयस ,नेप्लिज युथ एशोसियसन, एनआरएनए युके, बुद्ध फाउण्डेशन युके, पाशा पुच: साउथईस्ट, साउथईस्ट रेजिनल तमु धिं युके, ईनास युके, मगरसंघ साउथईस्ट लण्डन, थकाली समाज साउथईस्ट लण्डन , ठकुरी समाज साउथईस्ट लण्डन, प्रतिभा नक्षेत्र, चाल्टर्न नेपाली समाज, बेलेक्सी नेपाली समाज , डार्टफोर्ड नेपाली समाज, लगायत एनआरएनए ईगंल्याण्ड राज्य समिती को सहयोग मा कार्यक्रमको ब्यापक तयारी हुदा हुदै पनि मौषमको कारणले कार्यक्रम सार्न पर्दा समुदायमा पर्न गएको असुबिधाको लागी हामी क्षमा चाहन्छौं भन्दै संस्थाका अध्यक्ष जीवन सेनले अब कार्यक्रम आईतबार १५ मार्च २०२० का दिन सोही समय र स्थानमा हुने जानकारी गर्न लागिएकोले संपुर्ण संघ संस्थाहरूको सहयोगको लागी समेत हार्दिक अपिल गर्नु भयो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com