शाईन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीद्वारा बिधिबत रुपमा शैक्षिकपरामर्श शुरू

Image may contain: 3 people, including Pavita Prasai, people smiling, people standing, screen and indoor

लण्डन: लामो समयदेखि शैक्षिक परामर्श सेवाका अनुभवी व्यक्तिहरुद्वारा काठमाडौंको वानेश्‍वरमा शाइन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीले परामर्श शुरु गरेकोछ। आज वैलेंटाइन दिनको साईतपारेर पूजा गरी बिधिबातरूपमा पूर्णरूपले परामर्श शुरू गरिएकोछ । यो कंसल्टेंसी विद्यार्थीहरुलाई सही सूचना, कम लागत र उचित शुल्क लिएर सही,सत्य परामर्शदिदै संसारको
बिविन्न राष्ट्रमा उच्च शिक्षाका लागि सेवा प्रदान गर्ने लक्षय लिएकोछ ।

शाइन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीले विशेष गरी न्यूजिल्याण्डमा विद्यार्थीहरुलाई स्‍नातक र स्‍नातकोत्तर शिक्षासम्बन्धी परामर्श सेवा दिँदै आएको छ।न्यूजिल्याण्डका लागि केहि बिधार्थीहरुको वीसा समेत लगिसकेको र धेरैजनाले उच्च शिक्षाका लागि आबेदन दिईरहेकाछन ।

कन्सल्टेन्सीसँग अष्ट्रेलियामा २० भन्दा बढी , यूकेमा ७३, अमेरिका र क्यानडामा दुई सयभन्दा बढी कलेजर यूनिभर्सिटी प्रत्यक्ष जोडिएका छन्।

न्युजिल्याण्ड, अष्ट्रेलिया, यूके, क्यानडा तथा अमेरिकामा छ सय जनाभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको लागि पठाइसकेका अनुभव प्राप्त व्यक्ति भुवन प्रसाई यस संस्थाका प्रमुख कार्यकारी अधिकृत छन्। प्रसाईले बिगतमा अस्ट्रेलियामा माइग्रेसन भिसामा धेरै परिवारहरुलाइ स्थानान्तरण गराइसकेका छन्।

कन्सल्टेन्सी छेत्रमा २० वर्षभन्दा बढी वित्त तथा कार्यालय प्रशासनरसञ्चालनसम्बन्धी अनुभवी प्रकाश थापा पनि यसको सञ्चालकका रुपमा रहेका छन्।

परामर्श सेवा तथा पूर्वतयारी कक्षा सञ्चालन भइरहेको यस संस्थामा स्थापनायताको तीन महीनामै दर्जनौं विद्यार्थी उपस्थित भई परामर्श सेवा लिइसकेको शाइन ग्लोवल एजुकेशनलका प्रबन्ध निर्देशक बालकृष्ण दाहालले बताए।

प्राध्यापन र परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका दाहाल भन्छन्, ूविद्यार्थीहरुलाई गुणस्तरीय परामर्शसहितको कलेज तथा युनिभर्सिटी छनोट गराउनु नै हाम्रो मुख्य उद्देश्य हो।ू

यस कन्सल्टेन्सीले परामर्श सेवाको अतिरिक्त आयल्स, टोफेल र पीटीइको तयारी कक्षाहरु पनि सञ्चालन गरिरहेको छ।

संस्थाको कार्यालय नयाँ वानेश्वोर चौकस्थित संविधान सभा भवनको दक्षिण गेटको पारीपट्टी आधुनिक भवनमा छ।

Office Address:

Opposite to BICC South Gate, New Baneshwor (7,342.04 km)
44600 Kathmandu, Nepal

+977 1-4783100

www.shineglobal.edu.np

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com