लण्डन । गैरआवासीय नेपाली संघ (एआरएनए) मा आवद्ध रहेर पनि नेपालको राजनितिक, धार्मिक, जातीय भातृसंगठनमा पद लिएका केही पदाधिकारीहरुले तुरुन्त राजीनामा नदिए एनआरएनएले निलम्बन गर्ने भएको छ ।
गैरआवासिय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले मंगलबार एक प्रेस विज्ञप्ती जारी गदै यस्तो चेतावनी दिएका हुन ।
प्रेस विज्ञप्ती :
अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु नेपालका विभिन्न राजनितिक दल, धार्मिक, जातीय भातृसंगठनको कार्यसमितिमा संलग्न रहेको जानकारीमा आएको छ’ विज्ञप्तीमा भनिएको छ– संघको निर्वाचन सम्बन्धी नियमावलीको दफा ७।६ मा संघको कार्यकारी पदमा रहेका व्यक्तिहरु राजनितिक, जातिय र धार्मिक संस्थाको कार्यकारी समििितको पदाधिकारी तथा सदस्यमा पदभार ग्रहण गरेको पाइएमा निजलाई पदबाट वर्खास्त गरिने व्यवस्था छ ।’
यसरी आवद्ध भएका केही पदाधिकारीहरुले आफु संलग्न भएको संगठनबाट राजीनामा दिएको स्वः घोषणा गरी यसको जानकारी फेब्रुअरी २० सम्म संघका महासचिवलाई लिखित जानकारी दिन आग्रह गरिएको छ ।
तोकिएको मिति सम्म कुनै जवाफ नआएको खण्डमा निजलाई पदबाट वर्खास्त गरी कार्वाही अगाडी बढाइने संघले विज्ञप्ती मार्फत जनाएको छ ।
महासचिबको उक्त बिज्ञप्ति र कार्यलाई धेरैले स्वागत गर्दै धमा धम उजुरी दिन थालिएकोछ ।
उक्त अभियानले एन आर एन भित्र अनुशासन र कम राजनीति हुने अपेक्षा गरिएको छ ।येस्तै बिज्ञप्ती आर्थिक पाटोमा पनि आबस्यक रहेको छ र आर्थिक बिबादमा परेका राष्ट्रीय समितिलाई पनि निश्चित समय दिएर छानबीन गर्न निर्देशन दिनु र उक्त समयमा पनि सामाधान नभएमा केंद्रीय अनुसंधान र छानबीन गर्नुपर्ने अपेक्षा साधारण सदस्यहरुको रहेको छ ।