एनआरएनएमा १ सय ११ जानालाई मानार्थ सदस्यता प्रदान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मानार्थ सदस्य संख्या १ सय ११ जना पुगेकाछन् । संघको गत शनिवार सम्पन्न पदाधिकारी बैठकले अन्तिम नाम तयारगरी मानार्थ सदस्य तोकेको छ । बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको थियो । मानार्थ परिषद संघको विद्यानको धारा १७ (८) अन्तगर्तको अधिकार प्रयोग गर्दै गठन गरिएको र उक्त धारा अनुसार यो मानार्थ सदस्यहरुको एक समिति वा बिभाग सरह गठन भएको देखिन्छ । मानार्थ सदस्यहरुलाई एनआर एनको बिधानको धारा ७.४ को परिभाषा अनुसार बिशेष योगदान दिएका तर एन आर एनमा संग्लग्न नभएका/हुन नचाहने बयक्तिहरु र बिधानको धारा १०.४ ले निर्बाचनमा उम्मेदबार हुन र मतदान गर्नबाट बञ्चित गराएको छ , मानार्थ सदस्यता संघको आबस्यक्ता अनुरूप जतिपनि हुनसक्ने र हाललाई १ सय ११ जानालाई मनोनयन गरिएकोछ । साधारण सदस्यको भन्दा कम अधिकार छ तर यो बिशेष योगदानको कदर हो ।

बिधानमा मानार्थ परिषद भनेर कुनै बयबस्था नभएको भन्दै सामजिक सञ्जालमा नकारात्मक टिप्पणी भईरहेकोछ ।
धेरै एन आर एन सदस्यले यो मानार्थ सदस्यता भनेको एन आर एनमा बिशेष योगदान दिएको बयक्ति जो संस्थाको सदस्यता बन्न नमिल्ने वा जो सदस्यता लिन चाहदैन तेस्तै बयक्तिहरुलाई सम्मान प्रकट गर्न यस्तो सदस्यता दिने उदेस्य रहेको हो तर उक्त दफाको दुरुपयोग भएकोछ भन्दै संसारभरी प्रतिक्रया भईरहेकोछ । एकजना सक्रिय सदस्यले नाम नबताउने शर्तमा भन्नु भायोकि यो परिषद निर्बाचनमा सहयोग पुर्याउने प्रचार प्रसार समिति भन्दा पनी हुन्छ , केहि यस्ता बयक्तिहरुछन जो एन आर एनमा मानार्थ हुन योग्य छैनन र संघको छबि धमिलो हुनेछ भन्दै यस्ता बिक्रीतीहरु आगामी सम्मेलनमा उठाउने छौ भन्नु भयो ।


भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com