सही शैक्षिक परामर्श दिने नयाँ संस्था शाइन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीद्वारा परामर्श शुरू

लण्डन: लामो समयदेखि शैक्षिक परामर्श सेवाका अनुभवी व्यक्तिहरुद्वारा काठमाडौंको वानेश्‍वरमा शाइन ग्लोवल एजुकेशनल कन्सल्टेन्सीले परामर्श शुरु गरेकोछ। यो कंसल्टेंसी विद्यार्थीहरुलाई सही सूचना, कम लागत र उचित शुल्क लिएर सही,सत्य परामर्शदिदै संसारको
बिविन्न राष्ट्रमा उच्च शिक्षाका लागि सेवा प्रदान गर्ने लक्षय लिएकोछ ।

यो कन्सल्टेन्सीले विशेष गरी न्यूजिल्याण्डमा विद्यार्थीहरुलाई स्‍नातक र स्‍नातकोत्तर शिक्षासम्बन्धी परामर्श सेवा दिँदै आएको छ।

कन्सल्टेन्सीसँग अष्ट्रेलियामा २० भन्दा बढी , यूकेमा ७३, अमेरिका र क्यानडामा दुई सयभन्दा बढी कलेजर यूनिभर्सिटी प्रत्यक्ष जोडिएका छन्।

न्युजिल्याण्ड, अष्ट्रेलिया, यूके, क्यानडा तथा अमेरिकामा छ सय जनाभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको लागि पठाइसकेका अनुभव प्राप्त व्यक्ति भुवन प्रसाई यस संस्थाका प्रमुख कार्यकारी अधिकृत छन्।

प्रसाईले बिगतमा अस्ट्रेलियामा माइग्रेसन भिसामा धेरै परिवारहरुलाइ स्थानान्तरण गराइसकेका छन्।

कन्सल्टेन्सी छेत्रमा २० वर्षभन्दा बढी वित्त तथा कार्यालय प्रशासनरसञ्चालनसम्बन्धी अनुभवी प्रकाश थापा पनि यसको सञ्चालकका रुपमा रहेका छन्।

परामर्श सेवा तथा पूर्वतयारी कक्षा सञ्चालन भइरहेको यस संस्थामा स्थापनायताको तीन महीनामै दर्जनौं विद्यार्थी उपस्थित भई परामर्श सेवा लिइसकेको शाइन ग्लोवल एजुकेशनलका प्रबन्ध निर्देशक बालकृष्ण दाहालले बताए।

प्राध्यापन र परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका दाहाल भन्छन्, ूविद्यार्थीहरुलाई गुणस्तरीय परामर्शसहितको कलेज तथा युनिभर्सिटी छनोट गराउनु नै हाम्रो मुख्य उद्देश्य हो।ू

यस कन्सल्टेन्सीले परामर्श सेवाको अतिरिक्त आयल्स, टोफेल र पीटीइको तयारी कक्षाहरु पनि सञ्चालन गरिरहेको छ।

संस्थाको कार्यालय नयाँ वानेश्वोर चौकस्थित संविधान सभा भवनको दक्षिण गेटको पारीपट्टी आधुनिक भवनमा छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com