महिलालाई फोन गरेर जिस्क्याउने दुईजना पक्राउ

वीरगञ्ज । फोन गरेर महिलालाई जिस्क्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको देवताल गाउँपालिका– २ बस्ने २० बर्षीय अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने १८ बर्षीय इन्दल यादव पक्राउ परेका हुन् ।पुस २० गतेदेखि आफूलाई फोन गरेर जिस्काएको र अपशब्द प्रयोग गरेको भनी कलैया उपमहानगरपालिका– १८ को एक महिलाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फोन गरी जिस्क्याउने र पटक पटक अपशब्द प्रयोग गरी धम्कीसमेत दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी गौतम मिश्रले जानकारी दिए । उनीहरुलाई प्रहरीले कलैया–१ बाटै नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिएर उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com