नेपाली डायस्पोराको कार्यक्रम घटाउने कि जुधाउने ??


लण्डन । वेलायती नेपाली डायस्पोराको बाक्लो वसोवास रहेको स्थानहरुमध्ये दक्षिण पूर्वि लण्डनको प्लमस्टेड, ब्लेक्सीहिथ, वुलवीच, डार्टफोड पर्दछन् । यहाँ जात, भाषा, धर्म, पेशा, व्यवसाय, क्षेत्रका आधारमा थुप्रै संघ संस्थाहरु विभिन्न उद्देश्यले गठन भई सास्कृतिक, सामाजिक, आर्थिक लगायत भाषागत कार्यकमहरु संचालन गर्दै आइरहेकाछन् । त्यसैकारण यो सेरोफेरोमा च्यारिटीको लागि होस् या मनोरञ्जनको लागि भनेर आयोजना गरिने दशैं, तिहार, नयाँ वर्ष, तिज, अग्रेजि नयाँ वर्षका नेपाली कार्यक्रमहरु प्रायजसो जुध्ने या केहि दिनको फरकमा मात्र पर्ने भएकोले संस्थाका प्रतिनिधिहरु लगायत सर्व साधारणलाई निम्तो स्वीकार्न एवं कार्यक्रममा सहभागी हुन हम्मे हम्मे परेको देखिन्छ । अर्कातिर कार्यक्रम जुद्धा सहभागीको संख्या कमि भएकाले आयोजकले घाटा समेत ब्यहोरेको अवस्था छ । यो अवस्थालाई मध्य नजर गर्दै सोसाइटी अफ नेप्लिज प्रोफेसनल यु के (एस ओ एन पि यु के ) ले आफ्नो अगुवाईमा लण्डनको प्लमस्टेडमा गत आईतवार ‘‘अन्तर समााज वैठक’’ सम्पन्न ग¥यो ।
एस ओ एन पि यु केका अध्यक्ष शेखर वाग्लेका अनुसार दक्षिण पूर्वि लण्डनमा वसोवास गर्ने नेपालीहरुको संंंंंंस्थालाइ क्षेत्रगत रुपमा आवद्ध गरि कसरी एकै थलोबाट प्रभावकारी कार्यक्रम गर्न सकिन्छ भनि छलफल गर्न पहिलो चोटी यस्तो खालको बैठक आयोजना गरेको बताए । अहिलेलाई यो थालनी भएकोले पाँचवटा संस्थाका प्रतिनिधिहरु मात्र ट्रायलको रुपमा आमन्त्रित गरिएको वताउदै उपस्थित सवैलाई स्वागत गरेका थिए ।
उक्त वैठकमा रोयल ग्रिनवीच नेपाली सोसाइटीको तर्फवाट क्रमश अध्यक्ष शर्मिला हिराचन थकाली, महा सचिव मञ्जु भण्डारी खरेल, निवर्तमान अध्यक्ष हरि गोविन्द गुरुङ्ग, चाल्र्टन नेपाली समाजका अध्यक्ष कृष्ण खरेल, डार्टफोर्ड नेपाली समाजका कोषाध्यक्ष हरि हड्खले, साहित्य चौतारीका वाशु शर्मा उपस्थित थिए । त्यसैगरी सोसाइटी अफ नेपाली प्रोफेसनल यु के का तर्फवाट उपाध्यक्ष रामकृष्ण अधिकारी, सचिव .अर्जुन पौडेल, सदस्य नमिता कार्की, भु पू अध्यक्ष नारायण भट्टराई, भु पू उपाध्यक्ष दीप गिरी, भु पू कोषाध्यक्ष विष्ण न्यौपाने, भु पू सह सचिव मनोज श्रेष्ठ, गैर आवासिय नेपाली संघका क्रमश सचिव जित रानाभाट र महिला सचिव रजिता मल्लको पनि उपस्थिति रहेको थियो ।
उपस्थित प्रतिनिधिहरुले आ आफनो संस्थाको परिचय, उद्देश्य र कार्यक्रमका वारेमा जानकारी दिदै आ आफनो विचार राखेका थिए । दाश्रो पुस्ताले नेपाली भाषा, संस्कृति तथा पहिचान नै गुमाउने डर भएको अवस्थामा हाल नेपाली भाषा कक्षा संचालन गरिरहेका संघ सस्थाले भने त्यसैलाई नियमित गर्नु पर्नेमा जोड दिएका थिए । एकाध वाहेक प्राय सबै संस्थाहरुको कार्यक्रमहरु दोहोरिएको पाइएपछि नजुधाइकन या सवै मिलेर एउटै कार्यक्रम गर्न सके राम्रो हुनेमा सवै सहमत थिए । यस छलफललाई मूर्त रुप दिन एक कार्यदल वनाइएको छ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल यु के का अध्यक्ष शेखर वाग्लेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ जसमा रोयल ग्रिनवीच नेपाली सोसाइटीकी अध्यक्ष शर्मिला हिराचन थकाली, महा सचिव मञ्जु भण्डारी खरेल, चाल्र्टन नेपाली समाजका अध्यक्ष कृष्ण खरेल, डार्टफोर्ड नेपाली समाजका कोषाध्यक्ष हरि हड्खले र ब्लेक्सीहिथ नेपाली समाजका महा सचिव हरिष ज्ञवाली रहेकाछन् ।
उक्त बैठकमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल यु के का भुुतपूर्व अध्यक्ष नारायण भट्टराईले संस्थाको परिचय र भावी कार्यक्रमको जानकारी गराउदै आगामी केहि वर्ष भित्रमा नेपाली डायस्पोराले भाग्नु पर्ने जल्दोवल्दो विषय अवकास जीवनको वारेमा सोच्नु पर्ने वेला भइसकेकोले यस वारेमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल यु के ले सोच्न शुरु गरि सकेको जानकारी दिए । आगामी फेब्रुअरी २२ तारिखमा ‘‘नेपाली डायस्पोरा –वुेढसकालको वेलायत वसाई” विषयमा एक कार्यशाला गोष्ठि आयोजना गरिएको बताए । उक्त गोष्ठीमा यस क्षेत्रमा वसोवास गर्दै आएका अल्प संख्यक भारतिय, श्रीलङ्ककन लगायत अन्य समुुदाय समेतलाई आमन्त्रित गरि उनिहरुको अनुभव लिईने र कार्यपत्र समेत पेश गरिने भएकोले सो गोष्ठी लाभकारी हुने हुँदा फाल्कनवुड कम्युनिटी सेन्टर, वेलिङ्गमा हुन लागेको सो गोष्ठीमा सहभागि हुन सबैलाई अनरोध पनि गरेका थिए । (समाचार: दीप गिरी , लंडन )

भर्खरै

Archives

छुटाउनुभयो कि?

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

Mobile Sliding Menu

Himalayamail.com