प्राण घातक क्यान्सर रोगलाई जितेका २ नेपाली पोखरा म्याराथन दौडदै

जगन कार्की , लन्डन : क्यान्सर रोग लागेको भन्ने बित्तिकै मानिसहरू अत्तालिएर मानसिक रुपमा बिरक्तिने देखि जिउने इच्छा नै त्याग्ने सम्मका आम घटना पाइन्छ । 
बेलायत  निवासी २ असाधारण नेपालीहरुले भने क्यान्सरलाई पनि जितेर अन्य शारीरिक रुपमा सवल र स्वास्थ्यहरुलाई सम्म दैनिक प्रेरणा भरेर हिडेका छन् ।  

आगामी २०२० फेब्रुवरी महिनाको १५ तारिख(फाल्गुन ३ गते) पोखरामा हुने १४ औं अन्तरास्ट्रिय पोखरा म्याराथनमा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उदेश्यले क्यांसर जस्तो प्राणघातक रोगलाई सम्म जितेका २ नेपालीहरू पाण्डव महतो र मञ्जु गुरुङ बेलायतबाट पोखरा पुगेर दौड़मा  भाग लिने भएका छन् । 

नेपालको सिराहा जिल्लामा जन्मिएका  बेलायत निवासी पाण्डव महतोलाई २००९ मा आमसयको क्यान्सर भएको थियो । एकातिर किमो उपचार अर्को तिर परिवार पाल्न  काम गर्न पर्ने बाध्यता ।  जीवनको कठिन घडीमा प्राण घातक बिरामीलाइ पनि  जितेर उनि बिस्तारै दौडमा सामेल भए । हाल उनले बिश्व बिख्यात ३ म्याराथन लण्डन ,  बर्लिन , सिकागो म्याराथन  दौडीसकेका छन् ।हाल दौड उनको नित्य कर्म जस्तो भएको छ । 

त्यस्तै अर्की आत्मा बलकी  धनि महिला हुन् मन्जु  गुरुङ । कुनै जमानाका नामी फुटबल खेलाडी स्व. लालकाजी गुरुङकी जेठी छोरी हुन् । पटियाला स्पोर्ट सेन्टर पंजाबबाट डिप्लोमा इन स्पोर्ट गरेकी  मन्जुले नेपाल राष्ट्रिय भलिबल प्रशिक्षक भएर धेरै बर्ष काम गरिन ।
१९९१ सालमा बेलायत छिरेकी मञ्जु  एक सन्तानकी  आमा हुन भने नेपाली गायक सपन राईकी जीवन संगिनी हुन् ।
 केहि बर्षयता मञ्जु नर्सिङ पेशामा अबद्ध छिन्। दिनभर सामाजिक काममा ब्यस्त ररहने र राती नर्शको कामले गर्दा उनलाई यस्तो रोगले समात्यो। क्यानसर, सुन्ने बित्तिकै ७५ प्रतिशत शरीर मर्दछ ।२००५ सालमानै बकिङहाम युनिभर्सिटीबाट नर्सिङमा डिप्लोमा गरिसकिकि मञ्जुले शरीर र स्वास्थको राम्रो ज्ञान भएकाले क्यानसरसँग लड्नका लागि पुरा तयारी गरिन्।

आत्मबल, सकरात्मक सोच, दिमाग र शरीरको संबन्ध, वेलनेश र होलनेश आदिमा समर्पित गर्दै लागिन।सेप्टेम्बर १०१७ मा पत्तालागेको रोगलाई मञ्जुले पुरै निकालेर फाल्न सफल भएका छन्।

अहिले मञ्जुमा भिन्नै खालको जोश-जागर देखिन्छ। जिवन र काल बीचको यात्राबाट उम्केकी निडर महिला कैयौं आफू जस्तै पिडितहरुलाई हौसलाका पाठ सिकाउँछिन।अध्यात्मिक चिन्तनले पनि बाँच्ने आधरलाई सुलभ बनाउँछ भन्ने अनुभव अरु माँझ बांडी हिडेकीछिन । 

पोखरामा हुन लागेको म्याराथनलाई सफल बनाउन  पोखरेली मंच बेलायत र नेपाल रनका दौड अभियन्ताहरु बिच लण्डन नर्थला पार्कमा भएको  एक छलफल कार्यक्रममा नेपालमा म्याराथनलाई दौड प्रतियोगिता मात्र हेरिने ग़लत संस्कारलाई चिरेर शारीरिक स्वास्थ्य, सामूहिक स्वास्थ्य , च्यारिटी , वातावरण चेतना र पर्यटन प्रबर्धनको अभियानको सेतु भएकोकुरा सवैले बुझेर चेतना  फैलाउनु पर्ने राय  पोखरा म्याराथनका संयोजक चन्द्र गुरुङले राखे ।

 बिश्वका मुख्य ६ म्याराथन दौडने प्रथम नेपाली सन्तोस राईले दौडको महत्व र चेतना अभिब्रिद्दी गर्न धरानमा सुरु गरिएको धरान रन हेरेर नेपाल भरका  स्थानीय निकायहरुले सिक्नु र अनुसरण गर्नु पर्ने राय व्यक्त गरे । 

दौड या म्याराथनलाई नेपालमा खेलकुदका रुपमा मात्र बुझिने ग़लत परिपाटी छ । दौड़ मार्फ़त शारीरिक तंदुरुस्ती मात्र हैन बिश्वमा हरेक वर्ष अरबौ च्यारिटी फ़ण्ड रेज गर्ने , मानिसहरूलाई निरोगी बन्न प्रेरित गर्ने , सामूहिक भावना जगाउने र स्वास्थ्य समाज निर्माण गर्ने साधनको रुपमा निकास गरीएको छ । बिश्वभर बिकसित हूँदै गएको यस्तो पार्करन संस्कृति नेपालमा पनि स्थापना गर्न नेपाल रन मार्फ़त प्रयास सुरु गरिएको कुरा संतोसले जानकारी दिए । 

पछिल्लो समय म्याराथन र दौडलाई खेलको रुपमा मात्र नलिएर शारीरिक तन्दुरुस्ती , च्यारिटी र जनचेतना फैलाउने माध्यमका रूपमा बिकसित गरिएको छ । युरोप अमेरिका तिर हरेक हप्ता बस्ति टोलका पार्क हरुका सामुहिक पार्क रन गरेर समुदायको स्वास्थ्य र त दुरुस्तीका लागि सरकारी र सामुदायिक संस्थाहरुले पहल गर्ने चलन बढेको छ ।

सुन्दर नगरी पोखरामा हुने उक्त म्याराथन दौड़ संग़ै नेपाल भ्रमण गर्न बेलायत लगायत संसारभरबाट भागलिनेहरूको संख्या बढ़ने क्रममा रहेको आयोजना सहयोगी मनप्रसाद गुरुंग बताऊँछन ।

कार्यक्रममा पोखरेली मंचका  चन्द्र बहादुर पुन , मन प्रसाद गुरुङ , कर्म  गुरुङ  , पुर्व खेलाडी संघका लोक गुरुङ लगायतले आफ्नो विचार राखेका थिए । 

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com