बिहीबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्छ । धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।

गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

बिहीबार सार्वजनिक विदा हो वा होइन भनेर झुक्किने धेरै भएपछि हामीले गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई सोध्यौं – धेरै क्यालेन्डरहरुमा रातो चिह्न लागेको छ, सरकारी विदा छ कि छैन ।

उनले भोलि विदा नरहेको स्पष्ट पारे । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन्, भोलि सार्वजनिक विदा दिइएको छैन’ उनले भने ।

अनलाइनखबर

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com