बालिका अपहरण आशंकामा एक जना पक्राउ जनमञ्च संवाददाता

बागलुङ– एक बालिका लाई अपरहरण गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रहदशा हेर्ने बाहनामा गाउँ छिरेका एक नक्कली सन्यासीले निसीखोला गाउँपालिकामा बालिका अपहरण गरेको स्थानीयले बताए ।
उनले निसीखोला २ का लोकबहादुर कुँवरकी १० बर्षिय छोरी मिनाक्षीलाई प्रलोभनमा पारेर बुर्तिवाङ लैजादै गरेको भेटिएको भन्दै स्थानीयले प्रहरीमा उजुरी गरेका थिए । गाउँलेले भेटेर उनलाई प्रहरीमा बुझाएका छन् । बाबुआमा नभएको मौकामा सोमबार उनले ती बालिका लाई कपडा किनिदिने भन्दै बुर्तिवाङ तर्फ लगेको बुझिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ । तर ती बालिका र सन्यासीको नातेदार पनि हुन सक्ने भन्दै अपहरण हो वा होइन अनुसन्धान पछि मात्र खुल्ने प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।

जनमञ्च

भर्खरै

Archives

छुटाउनुभयो कि?

आफ्नो हातमा परेको पारसमणिलाइ चिनौ र मनुष्य जीवनको सार्थकता खोजौ !

नेपालमा बाढी पहिरो र डुबान को दोषी ?

कोरोनाबाट जोगिन मोटोपना घटाउन आबश्यक छ : डा. संकल्प न्यौपाने

बेलायतले बीर गोर्खा सैनिकको तस्बिर अङ्कित पाउण्ड स्टर्लिङ्ग सिक्का निकाल्ने

नेदरल्यान्ड्स सरकारको बुद्धिमत्ता निर्णय, क्षति न्यूनिकरण गर्न सफल

सर्बसाधारणले ग्लोब्स लगाएर हिड्दा कोरोना फैलने खतरा – डा. माधब बिष्ट, बरिष्ठ मुटुरोग बिशेषज्ञ

‘लकडाउन खुकुलो बने पनि बेलायत कोरोनामुक्त भइसकेको छैन’ : डा. निर्मल अर्याल

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

Mobile Sliding Menu

Himalayamail.com