घटस्थापनाको शुभ साइतमा ईङ्ल्याण्ड राज्य समन्वय परिषद्को पहिलो बैठक सम्पन्न

लण्डन,२८ ,सेप्टेम्वर, २०१९ –गैर आवासीय नेपाली संघ वेलायतको निवर्तमान अध्यक्ष श्री योग कुमार फगामीको कार्य समितीले लिएको विकेन्द्रिकृत क्षेत्रीय अवधारणा र संरचना अन्तर्गतको हालै सम्पन्न चार राज्य समन्वय परिषद् को निर्वाचन मध्येको सवैभन्दा ठुलो र धेरै मतदाता भएको राज्य परिषद् हो, ईङ्ल्याण्ड राज्य समन्वय परिषद्। यसै गैर आवासीय नेपाली संघ ईङ्ल्याण्ड राज्य समन्वय परिषद्को नव निर्वाचित कार्य समितिको पहिलो वैठक कार्य समितीका नव निर्वाचित अध्यक्ष श्री दीपक श्रेष्ठ को अध्यक्षतामा लण्डन स्थित अल्डरसटको एम्पायर हलमा बस्यो।

नेपाली हिन्दुधर्मावलम्वीहरुको महान् चाड विजया दशमीको शुभारम्भ घटस्थापनाको पवित्र दिन पारेर बसेको उक्त कार्यसमितीको पहिलो वैठकबाट सम्पुर्ण वेलायतबासी नेपाली दाजुभाई दिदिबहिनीहरुमा शुभकामना ज्ञापन गर्दै विविध महत्वकांक्षी निर्णयहरु गरिएका छन्।
ईङ्ल्याण्ड राज्य समन्वय परिषद्का नव निर्वाचित सचिव श्री गोबिन्द शर्मा खरेलले संचालन गर्नुभएको सो वैठकमा इङ्ल्याण्ड् राज्य समन्वय परिषदका नव निर्वाचित पदाधिकारीहरु , सह सचिव श्री कृष्ण वैध्य, कोषाध्यक्ष श्री ध्रुवहरि वास्कोटा,सह कोषाध्यक्ष श्री चन्दन गुरुङ,सदस्यहरु श्रीमती वन्दना के सी र प्रकाश न्यौपानेको उपस्थिती रहेको थियो।बैठकमा उपस्थिति बाहेक उपाध्यक्ष एल. बि. जेड. (लाल बहादुर गुरुङ ) र सदस्यहरु मोहन ओली र सिता पन्त सहित १० जनाको कार्य समिति रहेको छ भने ३ जना कोओप- सदस्य चयन, ग्लोबल कन्फरेन्स पछाडी गरिने भएको छ ।

वैठकले गैर आवासीय नेपाली संघ,वेलायत ईङ्ल्याण्ड राज्य समव्वय परिषदको क्षेत्राधिकार भित्र रहेर सदस्यता विस्तार र वितरण तिव्र रुपमा लैजाने,वहु धार्मिक र सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने,युवाहरुलाई आकर्षित गर्न विभिन्न खेलकुद लगायत मनोरञ्जनात्मक कार्यक्रम र प्रतियोगिता आयोजना गर्ने,महिला हरुको समानुपातिक प्रतिनिधित्व र सम्लघ्नताको लागि प्रोत्साह गर्ने ,राज्य परिषदका सवै काम कार्वाही डिजिटल प्रणाली अन्तर्गत संचालनमा ल्याउने र सवै हिसाव किताव तथा आर्थिक पारदर्सिता अपनाउने लगायत विविध विषयहरुमा छलफल र निर्णयहरु गरिए।
साथै वैठकले, हालै सम्पन्न निर्वाचनमा सहयोग र मतदान गर्नुहने सवैमा धन्यवाद ज्ञापन र वडा दशैको शुभकामन प्रस्ताव समेत पारित गरेको छ।

एन आर एन युके क्षत्रिय अबधरणामा जाने नीतिअनुरूप यस बर्ष पहिलो पटक बेलायतका ४ वटै राज्यमा समन्वय परिषद निर्वाचित भएका हुन्।एन आर एन युकेको कुल साढे १३ हजार सदस्य मध्य १२ हजार बढि इङ्ग्ल्याण्ड मै रहेका कारण इंग्ल्याण्ड राज्य बढि चासोपुर्बक हेरिएको छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com