रानाको घरमा आगलागि हुँदा १० लाख बराबरको क्षती

बागलुङ – रामरेखामा मंगलवार बिहान एक घरमा आगालागि भएको छ । धौलागिरी अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरको घरमा आगलागि भएको हो । आगलागिबाट घरको माथिल्लो तल्लामा रहेका १० लाख बराबरका सामग्री जलेर नष्ट भएको रानाले जानकारी दिए । आगलागिका कारण घरको छानामा क्षती पुगेको छ भने फ्रिज, टेवल, कुर्सि, भान्साका सामग्री, स्टोरमा राखीएका घरायसी सामग्री र भाडा कुँडा लगायतका सामानहरु जलेर नष्ट भएका प्रहरीले जनाएको छ । घरमको माथिल्लो तल्लामा राखीएको यन्भटर सट भएर आगालागि भएको हुन सक्ने प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले जानकारी दिए । बिहान करिव साडे चार बजेतीरबाट लागेको आगो प्रहरी र स्थानीयको सकृयतामा तत्कालै नियन्त्रणमा आएको थियो । तत्काल आगो नियन्त्रणमा आएका कारण थप क्षती हुन नपाएको रानाले बताए । उक्तघरमा उनी केवी राना र गंगा रानाको दम्पत्ति बस्दै आएका थिए ।

जनमञ्च

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com